मुख्य समाचार
काठमाडौंस्थित सुन्धारा कारागारबाट भागेका एक कैदीलाई प्रहरीले पक्राउ
काठमाडौंस्थित सुन्धारा कारागारबाट भागेका एक कैदीलाई प्रहरीले पक्राउ

— जेन-जी आन्दोलनको क्रममा काठमाडौंस्थित सुन्धारा कारागारबाट भागेका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।


भदौ २४ गते सुन्धारा कारागारबाट फरार भएका मकवानपुर मनहरी गाउँपालिका—६ का ६१ वर्षीय सिताराम थिङलाई शुक्रबार प्रहरीले घरबाटै पक्राउ गरेको हो । उनी घरमै लुकीछिपी बसेका थिए ।

अदालतले थिङलाई वन्यजन्तु बेचविखन एवं ओसारपसार मुद्दामा १५ वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना तोकेको थियो । कैद भुक्तानी र जरिवाना असुलीका लागि थिङलाई भीमफेदी कारागार पठाइएको छ । यसैगरी मकवानपुर प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दाका फरार अभियुक्तलाई हेटौंडामा पक्राउ गरेको छ ।

पर्सा जगनाथपुर —२ का ३२ वर्षीय राजु पाण्डेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनी वारदातपछि फरार रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जेनजी आन्दोलनको आवरणमा मोरङका प्रहरी कार्यालयमा आगजनी र तोडफोड गरेर विध्वंस मच्चाउने समूहका २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार विराटनगर र मोरङको जहदाबाट १० जना, पथरीशनिश्चरेबाट ६ र उर्लाबारीबाट ५ जनालाई पक्राउ गरिएको हो । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते मोरङको इलाका ...
— मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा गोली प्रहार गरी एकजनाको हत्या गरिएको छ । शुक्रबार बिहान १० बजेतिर राक्सिराङ–१, कोलगैरी ठकुरीडाँडाका ७५ वर्षीय वृद्धा इमानसिंह थोकरले सोही स्थानका ६४ वर्षीय ठूले गोलेको गोली प्रहार गरी हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पुरानो रिसिइबीका कारण हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । इलाका प्रहरी कार्यालय मनहरीका ...
: नेपाल प्रहरीका नवनियुक्त आइजीपी दानबहादुर कार्कीले भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने दाबी गरेका छन्। बिहीबार प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हालेका कार्कीले त्यसका लागि योजना बनाएर काम गरिरहेको बताए। अन्नपूर्णपोस्ट्का लागि अजवी पौड्यालले आइजीपी कार्कीसँग 'निर्वाचन सम्पन्न गर्न चुनौती छ?' भनी सोधेकी छन्। सरकारले तोकेको आगामी निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ। त्यसको तयारीमा हामी जुटिसकेका छौं। आन्तरिकरूपमा योजना ...
— धनुषामा प्रहरीले नै गोलीहानी एक वडाध्यक्षको हत्या गरेको छ । मिथिला बिहारी नगरपालिका-९ का वडाध्यक्ष बिन्देश्वर यादवको हत्या गरिएको हो । उनलाई धनुषा प्रहरीमा कार्यरत गाउँकै शम्भू यादवले गोली हानी हत्या गरेका छन् । उनलाई धनुषा प्रहरीले हिरासतमा लिएका छन् । गाउँमा श्राद्धको भोजमा दुई पक्षबीच भएको विवाद मिलाउन गएका वडाध्यक्षको हत्या गरिएको स्थानीयले ...
: निर्वाचन आयोगले मतदाता नामावलीमा नाम संकलनका लागि पाँच दिन म्याद थप गरेको छ। नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी आयोगले पाँच दिन म्याद थप गरेको हो। यसअघि शुक्रबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँगको टेलिफोन वार्तामा म्याद थपका लागि आग्रह गरिएको प्रधानमन्त्री सुशीला कार्कीले बताइन्। सोहीअनुसार आयोगले मतदाता नामावलीमा नाम संकलनका लागि ...