मुख्य समाचार
भारतको दक्षिण श्रीनगरको नौगाम प्रहरी चौकीमा बिस्पोट, इन्स्पेक्टरसहित १० जनाको मृत्यु
भारतको दक्षिण श्रीनगरको नौगाम प्रहरी चौकीमा बिस्पोट, इन्स्पेक्टरसहित १० जनाको मृत्यु

— फरिदाबादबाट चिकित्सकको घरबाट बरामद गरिएको अमोनियम नाइट्रेड शुक्रबार मध्यराति श्रीनगरको नौगाम प्रहरी चौकीमा विष्फोट भएको छ ।


विष्फोटमा चौकीको एकातर्फको पूरै क्षेत्र ध्वस्त भएको छ । साथै पार्किङमा राखिएका गाडीहरु पनि जलेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार विष्फोटमा एक प्रहरी इन्स्पेक्टरसहित १० जनाको मृत्यु भएको छ ।

विष्फोट हुँदा चौकीमा डीएसपी र्‍यांकका एक अधिकारी र तहसीलदारसहित ५० जना रहेको बताइएको छ । प्रहरीका अनुसार २७ जना घाइते भएका छन् । जसमा २४ जना प्रहरी हुन् । पाँच जना घाइतेलाई सेनाको बेस अस्पतालमा भर्ना गरिएको छ । बाँकीलाई श्रीनगरकै अन्य अस्पतालहरुमा भर्ना गरिएको छ ।

प्रहरीले यसलाई आतंकवादी आक्रमण नभइ दुर्घटना भएको बताएको छ । दिल्ली विष्फोटसँग जोडिएको जैश–ए–मोहम्मद र अंसार गजवात–उल–हिन्दसँग सम्बन्धित पक्राउ परेका चिकित्सहरुको गिरोहबाट फरिदाबादमा बरामद गरिएको अमोनियम नाइट्रेडमा विष्फोट भएको बताइएको छ ।

फरिदाबादमा पक्राउ परेकाहरु डा मुजम्मिलको घरबाट ३६० किलो अमोनियम नाइट्रेडको केही भाग एफएसएलले परीक्षणका लागि ल्याबमा ल्याएको थियो । बाँकी नौगाम चौकीको गोदाममा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल-तिब्बत सीमा क्षेत्रमा आएको बाढीका पीडित र प्रभावितलाई लक्षित गर्दै अनलाइनमा आएका रङ्गभेदी तथा विदेशीद्वेषी टिप्पणी गर्ने पाँच जनालाई सिंगापुर प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ। सिंगापुरका गृहमन्त्री तथा राष्ट्रिय सुरक्षा समन्वय मन्त्री के. षण्मुगमले सामाजिक सञ्जालमा आएका यस्ता टिप्पणीहरूलाई ‘लज्जास्पद, घिनलाग्दो र पूर्णतया अस्वीकार्य’ भन्दै प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएपछि प्रहरीले कारबाही अघि बढाएको ...
: युएईले थप राहत तथा उद्धार सामग्री नेपाललाई प्रदान गरेको छ। युएई एयरफोर्सको चार्टर्ड जहाजबाट मंगलबार राहत तथा उद्धार सामग्री ल्याइएको हो। नेपालका लागि युएईका राजदूत अब्दुल्लाह जरवान अलशाम्सीले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई करिब ४० टन राहत सामग्री हस्तान्तरण गरेका हुन्। युएईले राहतसँगै उद्धारका सामग्रीहरू प्रदान गरेको जनाएको छ। युएईले यसअघि करिब ६० टन ...
: भोटेकोशी बाढी पीडितका लागि नर्वे सरकारले राहत सामग्री पठाएको छ। सोमबार कतार एयरवेजको नियमित उडानबाट १८०० केजी राहत र मेडिकल सामाग्री काठमाडौं आएको हो। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई राहत सामाग्री हस्तान्तरण गरिएको हो। बाढी प्रभावित क्षेत्रका लागि हालसम्म चीन, भारत, स्विट्जरल्यान्ड, दक्षिण कोरिया, जापान, पाकिस्तान, श्रीलंका, बंगलादेश,अमेरिका, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, ...
। यमनमा रहेको साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले इरान समर्थित हुथी लडाकुहरूको आक्रमणबाट कम्तीमा ७३ जना घाइते भएको दाबी गरेको छ। बीबीसी फारसी सेवाका अनुसार गठबन्धनले यी आक्रमणहरूको निर्णायक जवाफ दिने बताएको छ। यमनको धेरै जनसंख्या भएको क्षेत्र र उत्तरी भागमा हुथी विद्रोहीहरूको नियन्त्रण छ। उनीहरूले जुलाई महिनामा साउदी अरबविरुद्ध नौसैनिक नाकाबन्दीको घोषणा गरेका थिए। ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली विमान निर्माता बोम्बार्डियरलाई अमेरिकामा विमान बिक्री जारी राख्न त्यहीँ उत्पादन गर्नुपर्ने सर्त अघि सार्दै बिक्री रोक्ने चेतावनी दिएका छन्। अमेरिका–क्यानाडाबीच व्यापारिक तनाव बढिरहेका बेला उहाँले यस्तो धारणा सार्वजनिक गरेका हुन्। ट्रम्पले अमेरिकामा बोम्बार्डियरका विमान बिक्री रोक्ने बताउँदै अमेरिकी बजार चाहने कम्पनीले अमेरिकामै उत्पादन गर्नुपर्ने उल्लेख गरे। बोम्बार्डियरले भने अमेरिकाभरि दशौँ ...