मुख्य समाचार
भारतको दक्षिण श्रीनगरको नौगाम प्रहरी चौकीमा बिस्पोट, इन्स्पेक्टरसहित १० जनाको मृत्यु
भारतको दक्षिण श्रीनगरको नौगाम प्रहरी चौकीमा बिस्पोट, इन्स्पेक्टरसहित १० जनाको मृत्यु

— फरिदाबादबाट चिकित्सकको घरबाट बरामद गरिएको अमोनियम नाइट्रेड शुक्रबार मध्यराति श्रीनगरको नौगाम प्रहरी चौकीमा विष्फोट भएको छ ।


विष्फोटमा चौकीको एकातर्फको पूरै क्षेत्र ध्वस्त भएको छ । साथै पार्किङमा राखिएका गाडीहरु पनि जलेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार विष्फोटमा एक प्रहरी इन्स्पेक्टरसहित १० जनाको मृत्यु भएको छ ।

विष्फोट हुँदा चौकीमा डीएसपी र्‍यांकका एक अधिकारी र तहसीलदारसहित ५० जना रहेको बताइएको छ । प्रहरीका अनुसार २७ जना घाइते भएका छन् । जसमा २४ जना प्रहरी हुन् । पाँच जना घाइतेलाई सेनाको बेस अस्पतालमा भर्ना गरिएको छ । बाँकीलाई श्रीनगरकै अन्य अस्पतालहरुमा भर्ना गरिएको छ ।

प्रहरीले यसलाई आतंकवादी आक्रमण नभइ दुर्घटना भएको बताएको छ । दिल्ली विष्फोटसँग जोडिएको जैश–ए–मोहम्मद र अंसार गजवात–उल–हिन्दसँग सम्बन्धित पक्राउ परेका चिकित्सहरुको गिरोहबाट फरिदाबादमा बरामद गरिएको अमोनियम नाइट्रेडमा विष्फोट भएको बताइएको छ ।

फरिदाबादमा पक्राउ परेकाहरु डा मुजम्मिलको घरबाट ३६० किलो अमोनियम नाइट्रेडको केही भाग एफएसएलले परीक्षणका लागि ल्याबमा ल्याएको थियो । बाँकी नौगाम चौकीको गोदाममा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने ...
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...