मुख्य समाचार
एनपीएलको दोस्रो सिजनको पहिलो खेलका टिकटहरू सबै बिक्री
एनपीएलको दोस्रो सिजनको पहिलो खेलका टिकटहरू सबै बिक्री

— नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनको पहिलो खेलका टिकटहरू सबै बिक्री भएका छन् । खल्ती मोबाइल वालेटबाट टिकट काट्ने सुविधा रहेकोमा पहिलो दिन, मंसिर १ का लागि टिकट सोल्ड आउट भएका हुन् ।


क्यानका प्रवक्ता छुम्बी लामाले पहिलो दिनको सबै टिकट बीक्री भएको पुष्टि गरे । त्यस्तै खल्तीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्काले पनि शुक्रबार दिउँसोसम्म प्रिमियम र साधारण दुवैतर्फको सम्पूर्ण टिकट बिक्री भएको बताए । उनले पहिलो पटक (सिजन-१) को तुलनामा यसपटक अलि ढिलो गरी टिकट सोल्ड आउट भएको बताए ।

गत सिजनको अनुभव सुनाउँदै खड्काले भने, ‘पहिले टिकटहरू दुई घण्टा वा तीन घण्टामै सकिन्थ्यो भने यस पटक चाहिँ करिब २४ घण्टामा सोल्ड आउट भयो । यसले खेलप्रति दर्शकको आकर्षण र उत्साह कायमै रहेको देखाउँछ ।’

अत्यधिक ट्राफिक र मागलाई मध्यनजर गर्दै यस सिजनका लागि खल्तीले आफ्नो सर्भर क्षमता बढाएको खड्काले बताए । ‘यस पटक कीर्तिपुर मैदान अलि अर्गनाइज्ड भएको छ,’ उनले भने, ‘पहिला कम्पाउन्ड नहुँदा र मान्छेहरू जथाभावी छिरेका थिए भने अहिले सिट अरेन्जमेन्टहरू व्यवस्थित भइसकेका छन् । पहिले खुला चौरमा उभिएर वा बसेर हेर्नुपर्ने भएकाले व्यवस्थापन गाह्रो थियो ।’

अहिले सिट संख्या निश्चित भएकाले टिकट बिक्रीमा पनि सहजता भएको उनको अनुभव छ । खड्काका अनुसार क्यानले खल्तीलाई करिब ८ हजार टिकट बेच्न दिएको छ भने २ हजारजति टिकट खेलाडीका परिवार, प्रायोजक, आयोजकलगायतका लागि छुट्याइएका हुन्छन् ।

कुन टिकटको मूल्य कति ?

सोमबारबाट एनपीएल सुरु हुँदै छ । साधारण टिकटको मूल्य उद्घाटन खेल र शनिबारको खेलका लागि ५०० रुपैयाँ तोकिएको छ भने अन्य दिनका खेलका लागि पनि ५०० रुपैयाँ नै तोकिएको छ । प्ले अफ तथा फाइनलका लागि भने साधारण टिकटको मूल्य १००० रुपैयाँ पर्नेछ ।

यस्तै प्रिमियम टिकटको मूल्य उद्घाटन खेल र शनिबारको खेलका लागि १५०० रुपैयाँ तोकिएको छ । अन्य दिनका लागि प्रिमियम टिकटको मूल्य १००० रुपैयाँ छ । प्ले अफ तथा फाइनलका लागि २००० रुपैयाँको प्रिमियम टिकट किन्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: आइसीसी टी २० विश्वकप २०२६ खेल्ने नेपाली राष्ट्रिय पुरुष टिमको जर्सी सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ(क्यान)ले आइसीसी विश्वकप २०२६ को ट्रफीसँगै विश्वकप खेल्ने जर्सी सार्वजनिक गरेको हो। नेपालको जर्सी गाढा निलो रंगमा चन्द्र र सूर्य अङ्कित रहेको छ। समर्थकहरूका लागि जर्सी नेपाली रुपैयाँ ७९९ रुपैयाँमा उपलब्ध गराउने भाटभटेनी होल्डिङका म्यानेजर आलोक ...
— राष्ट्रपति रामचन्द्र पौडेलले ट्वान्टी-२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताएका छन् । उनले यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा व्यक्त गरेका हुन् । राष्ट्रपति भवन, शीतल निवासमा सोमाबार आयोजित विश्वकप ट्रफी सार्वजनिकीकरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, 'नेपाल आज खेलप्रेमी राष्ट्रको रूपमा ...
— इंग्ल्यान्डको लन्डनलाई केन्द्रित बनाएर व्यवसाय गर्दै आएको ‘माया ग्रुप’ ले ९ क्रिकेट खेलाडीलाई ब्रान्ड एम्बासडर बनाउँदै प्रायोजन सम्झौता गरेको छ । व्यवसायसँगै नेपाली क्रिकेट र खेलकुदमा दीर्घकालीन योजनाहरू बनाएर कार्य गर्दै आएको ‘माया ग्रुप’ सन् २०१८ मा स्थापना भएको थियो । ‘माया ग्रुप’ ले आइतबार एक कार्यक्रममार्फत नेपाली राष्ट्रिय टोली र उदीयमान खेलाडी गरी ९ खेलाडीसँग ...
— बंगलादेशले अहिलेकै स्थिति कायम रहने हो भने अर्को महिना हुने ट्वान्टी–२० विश्वकपका लागि आफ्नो टिम भारत नजाने आइतबार जनाएको छ । बंगलादेशी क्रिकेट बोर्ड (बीसीबी) ले आफ्ना खेल अन्यत्र सार्न भने अनुरोध गरेको छ । दुई देशबीच तनाव उत्पन्न भएपछि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को अनुरोधमा इन्डियन प्रिमियर लिग (आईपीएल) टिम कोलकाता नाइटराइडर्सले बंगलादेशी ...
— इन्जो फर्नान्डेजले दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा गरेको गोलको मदतले चेल्सीले इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर सिटीलाई १–१ को बराबरीमा रोकेको छ । इतिहाडमा भएको खेलमा टिजानी रेजिन्डर्सको गोलले सिटीले पहिलो हाफमा अग्रता लिएको थियो र जिततर्फ अग्रसर देखिएको थियो । यो नतिजापछि सिटी ४२ अंकमा दोस्रो स्थानमा उक्लेको छ । आर्सनल ४८ अंकमा शीर्षमा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम