: मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले केही दलले आफूलाई मधेशवादी रहेको झुटा नाटक गरिरहेको आरोप लगाएका छन्।
शनिबार प्रदेशवासीका नाममा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले जसपा, लोसपा लगायत केही दलले आफूलाई मधेशवादी रहेको झुटा नाटक गरिरहेको आरोप लगाएका हुन्। आफूलाई मधेशवादी भन्दैमा कोही मधेशवादी नहुने भन्दै उनले व्यवस्थामा पुष्टि गर्न सक्नुपर्ने बताए।
मुख्यमन्त्री यादवले मधेश प्रदेश सरकार गठनको मुद्दा अदालतमा विचाराधीन रहेका अवस्थामा त्यसलाई लिएर प्रदर्शन गर्नुको कुनै अर्थ नरहेको बताए। उनले अदालतलाई विश्वास गर्दै आन्दोलन अन्त्य गर्न र संवादमा आउन आन्दोलनरत दललाई आग्रह समेत गरे। उनले आफ्नो प्रतिस्पर्धा कुनै दलसँग नरहेको र मधेशको गरिब, शान्ति सुरक्षा र समृद्धि नै आफ्नो प्राथमिकतामा रहेको बताए।
मुख्यमन्त्री यादवले मधेश प्रदेशमा विपक्षीले जारी राखेको आन्दोलनमा भारतको हस्तक्षेप भएको आरोप समेत लगाए। उनले मधेश प्रदेशमा शान्तिसुरक्षा भंग गर्ने प्रयास भइरहेको समेत टिप्पणी गरे।