मुख्य समाचार
रौतहट प्रहरीले जग्गा किर्तेमा दुई र कुटपिट, अंगभंग मुद्दामा फरार एक जनालाई पक्राउ
रौतहट प्रहरीले जग्गा किर्तेमा दुई र कुटपिट, अंगभंग मुद्दामा फरार एक जनालाई पक्राउ

— रौतहट प्रहरीले जग्गा किर्तेमा दुई र कुटपिट, अंगभंग मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ ।
कटहरिया नगरपालिका–१ स्थित ९ बिघा १८ कठ्ठा १५ धुर क्षेत्रफलको २४ कित्ता जग्गा किर्ते गरी आफ्नो नाममा दर्ता गरेको आरोपमा हेटौंडा उपमहानगरपालिका–८ का ५२ वर्षीय राधाकृष्ण उपाध्यायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।

जिल्ला प्रहरीका अनुसार पक्राउ परेका उपाध्यायले अदालतको फैसला र पत्र सरकारी छाप दस्तखत किर्ते गरी नक्कली कागजात तयार पारी किर्ते फैसला र पत्रको आधारमा योजनाबद्ध तरिकाले जग्गा आफ्नो नाममा गराएका थिए । घटना सार्वजनिक भएपछि सम्बन्धित धनी केशरप्रसाद पौडेलले केही समय अघि प्रहरीमा निवेदन दिएका थिए ।

सोही जग्गा किर्ते मुद्दा कटहरिया–१ का ४२ वर्षीय रामपुकार महतो कोइरीलाई कातिक १३ गते नै प्रहरीले पक्राउ गरिसकेको छ । दुवैजनामाथि लिखितसम्बन्धी कसुर तथा किर्ते जग्गा दर्ता प्रकरणमा छानबिन सुरु गरेको प्रहरीले जनाएको छ । जग्गा किर्ते गरे पछि उपाध्याय र महतो लामो समय देखि फरार थिए । उनीहरुलाई शनिबार प्रहरीले सार्वजनिक गरेको छ ।

यता अंगभंग मुद्दामा फरार राजपुर नगरपालिका १ बहुअर्वा गाउका वीरेन्द्र राय यादव शुक्रबार पक्राउ परेका छन् । यादवले बहुअर्बा गाउँस्थित माइती बस्दै आएकी गायत्री देवीलाई रिसिबी साध्ने उद्देश्यले कात्तिक ७ गते बाँसको लाठीले कुटपिट गरी घाइते बनाई फरार भएको प्रहरी निरिक्षक रुद्र कँडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— वीरगन्ज भन्सार कार्यालयअन्तर्गत सिर्सिया सुक्खा बन्दरगाह परिसरमा ६ वर्षदेखि थन्किएका १ सय ८५ कन्टेनर फिर्ता गर्न अन्तर्राष्ट्रिय सिपिङ कम्पनीहरुले वीरगन्ज भन्सार कार्यालयलाई दबाब दिएका छन् । वीरगन्ज भन्सार कार्यालय प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले हालै ती कम्पनीहरुले पत्राचार गरी अविलम्ब आआफ्ना कन्टेनर फिर्ता गर्न दबाब दिएको बताए । कोरोना महामारीअघि नै २०७६ सालमा तेस्रो मुलुकबाट ...
— नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिले पूर्णता नपाउँदै विभिन्न समितिमा बस्न नेताहरुबीच हानथाप सुरु भएको छ । नेकपामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, भीम रावलको मातृभूमि अभियान लगायत १२ घटक छन् । निर्वाचन आयोगमा दर्ताका लागि पठाइएको केन्द्रीय समिति सूचीमा आफू नपरेपछि उनीहरुले निकट नेताहरुसँग ‘लबिङ’ सुरु गरेका छन् । त्यस्तै स्थायी, केन्द्रीय समितिमा ...
— कांग्रेस संस्थापन पक्षले निर्वाचनअगाडि पार्टीको कुनै पनि प्रकारको महाधिवेशन नगर्ने अडान कायम राखेको छ । संस्थापन पक्षमा रहेका २५ केन्द्रीय सदस्यहरुले भने निर्वाचन अगाडिनै १५ औं महाधिवेशन तालिका ल्याउन शुक्रबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको ध्यानाकर्षण गरेका थिए । शनिबार सात पूर्वपदाधिकारीले आयोजना गरेको संस्थपन पक्षीय भेलामा समेत उनीहरु उपस्थित थिएनन् । सहमहामन्त्री महेन्द्र यादवले निर्वाचनअगाडि कुनै ...
— एमाले उपाध्यक्ष रामबहादुर थापाले माओवादी, नेकपा एसलगायतका दलले गरेको पार्टी एकीकरणलाई १० क‍ोठे टहरो बनाएको टिप्पणी गरेका छन् । 'अलग-अलग कोठामा बसेका हाम्रा भूतपूर्व साथीहरूले अब हुने निर्वाचनहरूमा आफ्नो अस्तित्व ज‍ोगिन्न कि भनेर एउटा १० कोठे टहरो बनाएका छन्,' नेता थापाले भने । एमाले चितवनले शनिबार दिउँसो नारायणगढको पोखरा बसपार्कमा आयोजना गरेको सभामा बोल्दै नेता थापाले ...
: जिल्लाको फुङ्लिङ नगरपालिका-९ हाङदेवामा लडेर एक बालिकाको मृत्यु भएको छ। फुङ्लिङ-१० फुरुम्बुका वीरबहादुर नुगोका सात वर्षीय छोरी अर्पणा नुगो लिम्बूको लडेर मृत्यु भएको हो। फुङलिङ-९ हाङदेवामा बस्दै आएकी बालिकाको शुक्रबार साँझ लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक रोहित शर्मा बढईले बताए। उनका अनुसार निर्माणाधीन मादेन वंशको माङ्हिम मन्दिरबाट ...