मुख्य समाचार
नियमित प्रक्रिया अवरुद्ध भएका कारण खुला चौरमा प्रदेशसभाको बैठक सञ्चालन गरे
नियमित प्रक्रिया अवरुद्ध भएका कारण खुला चौरमा प्रदेशसभाको बैठक सञ्चालन गरे

: मधेस प्रदेशसभाको बैठक शनिबार खुला चौरमा बसेको छ। उपसभामुख बबिता कुमारी राउत ईशरले नियमित प्रक्रिया अवरुद्ध भएका कारण खुला चौरमा प्रदेशसभाको बैठक सञ्चालन गरेको बताएकी छन्।

प्रदेशसभा भवनकै अगाडिको परिसरमा सांसदहरू भुइँमा बसेका थिए भने उपसभामुख ईशरको लागि एउटा कुर्सीको बन्दोबस्त गरिएको थियो जसको दुवैतिर नेपालको झण्डा राखिएको थियो।


नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णा यादवको प्रस्तावमा बैठक बोलाइएको थियो। ‘सभामुख रामचन्द्र मण्डलले सदनको मुख थुन्नका लागि बैठक आह्वान नगरेको र भए भरका कर्मचारीहरूलाई कार्यालयबाट भगाइदिएको हुँदा बाध्य भएर चौरमै बैठक गरेका हौं,’ उपसभामुख ईशरले भनिन्, ‘कानुन र संविधान अनुसार सभामुखले पदको गरिमा राख्नुपर्ने हो तर, उहाँ कानुन मिच्नतर्फ लागेका छन्।’

बैठक बसाउनका लागि प्रदेशसभाको बैठक कक्ष नखोलिएको र कर्मचारीहरूले समेत सहयोग नगर्दा विधायकीय कार्य अवरुद्ध हुन नदिन चौरमै बसेको जसपा नेपालका संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री सरोजकुमार यादवले बताए।

सभामुखले वातावरण सहज बनाएनन् भने प्रदेशसभाको अर्को बैठक जनकपुरका चौकहरूमा गरिने समेत सांसद यादवले बताएका छन्। सभामुख मण्डललाई पदमुक्त गर्नुपर्ने मागसहित मधेशमा सात दलीय गठबन्धनका सांसदहरू विरोध प्रर्दशनमा उत्रिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— वीरगन्ज भन्सार कार्यालयअन्तर्गत सिर्सिया सुक्खा बन्दरगाह परिसरमा ६ वर्षदेखि थन्किएका १ सय ८५ कन्टेनर फिर्ता गर्न अन्तर्राष्ट्रिय सिपिङ कम्पनीहरुले वीरगन्ज भन्सार कार्यालयलाई दबाब दिएका छन् । वीरगन्ज भन्सार कार्यालय प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले हालै ती कम्पनीहरुले पत्राचार गरी अविलम्ब आआफ्ना कन्टेनर फिर्ता गर्न दबाब दिएको बताए । कोरोना महामारीअघि नै २०७६ सालमा तेस्रो मुलुकबाट ...
— नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिले पूर्णता नपाउँदै विभिन्न समितिमा बस्न नेताहरुबीच हानथाप सुरु भएको छ । नेकपामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, भीम रावलको मातृभूमि अभियान लगायत १२ घटक छन् । निर्वाचन आयोगमा दर्ताका लागि पठाइएको केन्द्रीय समिति सूचीमा आफू नपरेपछि उनीहरुले निकट नेताहरुसँग ‘लबिङ’ सुरु गरेका छन् । त्यस्तै स्थायी, केन्द्रीय समितिमा ...
— कांग्रेस संस्थापन पक्षले निर्वाचनअगाडि पार्टीको कुनै पनि प्रकारको महाधिवेशन नगर्ने अडान कायम राखेको छ । संस्थापन पक्षमा रहेका २५ केन्द्रीय सदस्यहरुले भने निर्वाचन अगाडिनै १५ औं महाधिवेशन तालिका ल्याउन शुक्रबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको ध्यानाकर्षण गरेका थिए । शनिबार सात पूर्वपदाधिकारीले आयोजना गरेको संस्थपन पक्षीय भेलामा समेत उनीहरु उपस्थित थिएनन् । सहमहामन्त्री महेन्द्र यादवले निर्वाचनअगाडि कुनै ...
— एमाले उपाध्यक्ष रामबहादुर थापाले माओवादी, नेकपा एसलगायतका दलले गरेको पार्टी एकीकरणलाई १० क‍ोठे टहरो बनाएको टिप्पणी गरेका छन् । 'अलग-अलग कोठामा बसेका हाम्रा भूतपूर्व साथीहरूले अब हुने निर्वाचनहरूमा आफ्नो अस्तित्व ज‍ोगिन्न कि भनेर एउटा १० कोठे टहरो बनाएका छन्,' नेता थापाले भने । एमाले चितवनले शनिबार दिउँसो नारायणगढको पोखरा बसपार्कमा आयोजना गरेको सभामा बोल्दै नेता थापाले ...
: जिल्लाको फुङ्लिङ नगरपालिका-९ हाङदेवामा लडेर एक बालिकाको मृत्यु भएको छ। फुङ्लिङ-१० फुरुम्बुका वीरबहादुर नुगोका सात वर्षीय छोरी अर्पणा नुगो लिम्बूको लडेर मृत्यु भएको हो। फुङलिङ-९ हाङदेवामा बस्दै आएकी बालिकाको शुक्रबार साँझ लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक रोहित शर्मा बढईले बताए। उनका अनुसार निर्माणाधीन मादेन वंशको माङ्हिम मन्दिरबाट ...