मुख्य समाचार
ट्रम्पले बीबीसीविरुद्ध कानुनी प्रकियामा जाने बताए
ट्रम्पले बीबीसीविरुद्ध कानुनी प्रकियामा जाने बताए

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरुद्ध कानुनी प्रकियामा जाने बताएका छन् । शुक्रबार बेलुका पत्रकारसँगको कुराकानीमा उनले अर्को साता बीबीसीविरूद्ध एक अर्बदेखि पाँच अर्ब डलरसम्मको मुद्दा दायर गर्ने बताएका हुन् ।


प्यानोराको डकुमेन्ट्रीमा छलछामपूर्वक भिडियो सम्पादन गरेको भन्दै बीबीसीविरुद्ध कानुनी प्रक्रियामा जान लागेको ट्रम्पको भनाइ छ । यद्यपि बीबीसीले माफी मागिसकेको छ ।

के हो विवाद ?

पानारोमा सिरिजअन्तर्गतको 'ट्रम्प: अ सेकन्ड चान्स ?' डकुमेन्ट्रीमा प्रयोग गरिएको अमेरिकी राष्ट्रपति ट्रम्पको भाषणको अंशलाई लिएर बीबीसीमाथि प्रश्न उठेपछि महाप्रबन्धक डेभी र समाचार समाचार विभाग प्रमुख डेबोरा टर्नेसले आइतबार राजीनामा दिएका थिए । उक्त वृत्तचित्र सन् २०२४ को अमेरिकी चुनावको एक साताअघि प्रसारणमा आएको थियो ।

गत साता बेलायती पत्रिका टेलिग्राफमा बीबीसीको विश्वसनीयतामाथि प्रश्न गर्दै समाचार प्रकाशित भएपछि यो वृत्तचित्र विवादमा तानिएको हो । ट्रम्पले ६ जनवरी २०२१ मा वासिङ्टन डीसीमा गरेको भाषणमा भनेका थिए, 'हामी क्यापिटलतिर जानेछौँ । अनि हाम्रा साहसी सिनेटरहरू र कंग्रेसमेन/वुमनको हौसला बढाउनेछौँ।'

तर यस भिडियोको सिलसिला भंग गरेर एकैपटक अन्त्यतिरको भिडियो जोडिएको छ । 'हामी क्यापिटलतिर जानेछौँ। अनि त्यहाँ म तपाईँहरूसँगै हुनेछु। अनि हामीहरू लडाँइ गर्छौँ। हामी बेस्सरी लडाँइ गर्छौँ,' वृत्तचित्रमा देखाइएको छ ।

अमेरिकी संघीय सदन रहेका क्यापिटल कम्प्लेक्समा उक्त दिन रिपब्लिकन पार्टीका कार्यकर्ताले आक्रमण गरेका थिए । बीबीसीमाथि खराब एडिटिङ गर्दै वृत्तचित्र हेर्नेहरुलाई ट्रम्पले नै आक्रमणका लागि उकासेको जस्तो देखाउन खोजेको आरोप छ । ट्रम्पले चुनावको मुखमा आफ्नो छवि बिगार्नेगरी सुनियोजित रुपमै यस्तो गरिएको आरोप लगाएका छन् ।

बीबीसीका महाप्रबन्धक टिम डेभी र समाचार विभाग प्रमुख डेबोरा टर्नेसले त्रुटि स्विकार गर्दै राजीनामा दिइसकेका छन् । 'त्रुटिहरू भएका छन् । तर संस्थागत रूपमै बीबीसी पूर्वाग्रही छ भन्ने अहिलेका आरोपहरू गलत छन्,' नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएकी समाचार विभाग प्रमुख टर्नेसले भनेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल-तिब्बत सीमा क्षेत्रमा आएको बाढीका पीडित र प्रभावितलाई लक्षित गर्दै अनलाइनमा आएका रङ्गभेदी तथा विदेशीद्वेषी टिप्पणी गर्ने पाँच जनालाई सिंगापुर प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ। सिंगापुरका गृहमन्त्री तथा राष्ट्रिय सुरक्षा समन्वय मन्त्री के. षण्मुगमले सामाजिक सञ्जालमा आएका यस्ता टिप्पणीहरूलाई ‘लज्जास्पद, घिनलाग्दो र पूर्णतया अस्वीकार्य’ भन्दै प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएपछि प्रहरीले कारबाही अघि बढाएको ...
: युएईले थप राहत तथा उद्धार सामग्री नेपाललाई प्रदान गरेको छ। युएई एयरफोर्सको चार्टर्ड जहाजबाट मंगलबार राहत तथा उद्धार सामग्री ल्याइएको हो। नेपालका लागि युएईका राजदूत अब्दुल्लाह जरवान अलशाम्सीले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई करिब ४० टन राहत सामग्री हस्तान्तरण गरेका हुन्। युएईले राहतसँगै उद्धारका सामग्रीहरू प्रदान गरेको जनाएको छ। युएईले यसअघि करिब ६० टन ...
: भोटेकोशी बाढी पीडितका लागि नर्वे सरकारले राहत सामग्री पठाएको छ। सोमबार कतार एयरवेजको नियमित उडानबाट १८०० केजी राहत र मेडिकल सामाग्री काठमाडौं आएको हो। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई राहत सामाग्री हस्तान्तरण गरिएको हो। बाढी प्रभावित क्षेत्रका लागि हालसम्म चीन, भारत, स्विट्जरल्यान्ड, दक्षिण कोरिया, जापान, पाकिस्तान, श्रीलंका, बंगलादेश,अमेरिका, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, ...
। यमनमा रहेको साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले इरान समर्थित हुथी लडाकुहरूको आक्रमणबाट कम्तीमा ७३ जना घाइते भएको दाबी गरेको छ। बीबीसी फारसी सेवाका अनुसार गठबन्धनले यी आक्रमणहरूको निर्णायक जवाफ दिने बताएको छ। यमनको धेरै जनसंख्या भएको क्षेत्र र उत्तरी भागमा हुथी विद्रोहीहरूको नियन्त्रण छ। उनीहरूले जुलाई महिनामा साउदी अरबविरुद्ध नौसैनिक नाकाबन्दीको घोषणा गरेका थिए। ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली विमान निर्माता बोम्बार्डियरलाई अमेरिकामा विमान बिक्री जारी राख्न त्यहीँ उत्पादन गर्नुपर्ने सर्त अघि सार्दै बिक्री रोक्ने चेतावनी दिएका छन्। अमेरिका–क्यानाडाबीच व्यापारिक तनाव बढिरहेका बेला उहाँले यस्तो धारणा सार्वजनिक गरेका हुन्। ट्रम्पले अमेरिकामा बोम्बार्डियरका विमान बिक्री रोक्ने बताउँदै अमेरिकी बजार चाहने कम्पनीले अमेरिकामै उत्पादन गर्नुपर्ने उल्लेख गरे। बोम्बार्डियरले भने अमेरिकाभरि दशौँ ...