मुख्य समाचार
ट्रम्पले बीबीसीविरुद्ध कानुनी प्रकियामा जाने बताए
ट्रम्पले बीबीसीविरुद्ध कानुनी प्रकियामा जाने बताए

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरुद्ध कानुनी प्रकियामा जाने बताएका छन् । शुक्रबार बेलुका पत्रकारसँगको कुराकानीमा उनले अर्को साता बीबीसीविरूद्ध एक अर्बदेखि पाँच अर्ब डलरसम्मको मुद्दा दायर गर्ने बताएका हुन् ।


प्यानोराको डकुमेन्ट्रीमा छलछामपूर्वक भिडियो सम्पादन गरेको भन्दै बीबीसीविरुद्ध कानुनी प्रक्रियामा जान लागेको ट्रम्पको भनाइ छ । यद्यपि बीबीसीले माफी मागिसकेको छ ।

के हो विवाद ?

पानारोमा सिरिजअन्तर्गतको 'ट्रम्प: अ सेकन्ड चान्स ?' डकुमेन्ट्रीमा प्रयोग गरिएको अमेरिकी राष्ट्रपति ट्रम्पको भाषणको अंशलाई लिएर बीबीसीमाथि प्रश्न उठेपछि महाप्रबन्धक डेभी र समाचार समाचार विभाग प्रमुख डेबोरा टर्नेसले आइतबार राजीनामा दिएका थिए । उक्त वृत्तचित्र सन् २०२४ को अमेरिकी चुनावको एक साताअघि प्रसारणमा आएको थियो ।

गत साता बेलायती पत्रिका टेलिग्राफमा बीबीसीको विश्वसनीयतामाथि प्रश्न गर्दै समाचार प्रकाशित भएपछि यो वृत्तचित्र विवादमा तानिएको हो । ट्रम्पले ६ जनवरी २०२१ मा वासिङ्टन डीसीमा गरेको भाषणमा भनेका थिए, 'हामी क्यापिटलतिर जानेछौँ । अनि हाम्रा साहसी सिनेटरहरू र कंग्रेसमेन/वुमनको हौसला बढाउनेछौँ।'

तर यस भिडियोको सिलसिला भंग गरेर एकैपटक अन्त्यतिरको भिडियो जोडिएको छ । 'हामी क्यापिटलतिर जानेछौँ। अनि त्यहाँ म तपाईँहरूसँगै हुनेछु। अनि हामीहरू लडाँइ गर्छौँ। हामी बेस्सरी लडाँइ गर्छौँ,' वृत्तचित्रमा देखाइएको छ ।

अमेरिकी संघीय सदन रहेका क्यापिटल कम्प्लेक्समा उक्त दिन रिपब्लिकन पार्टीका कार्यकर्ताले आक्रमण गरेका थिए । बीबीसीमाथि खराब एडिटिङ गर्दै वृत्तचित्र हेर्नेहरुलाई ट्रम्पले नै आक्रमणका लागि उकासेको जस्तो देखाउन खोजेको आरोप छ । ट्रम्पले चुनावको मुखमा आफ्नो छवि बिगार्नेगरी सुनियोजित रुपमै यस्तो गरिएको आरोप लगाएका छन् ।

बीबीसीका महाप्रबन्धक टिम डेभी र समाचार विभाग प्रमुख डेबोरा टर्नेसले त्रुटि स्विकार गर्दै राजीनामा दिइसकेका छन् । 'त्रुटिहरू भएका छन् । तर संस्थागत रूपमै बीबीसी पूर्वाग्रही छ भन्ने अहिलेका आरोपहरू गलत छन्,' नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएकी समाचार विभाग प्रमुख टर्नेसले भनेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने ...
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...