मुख्य समाचार
कांग्रेस संस्थापन पक्षले निर्वाचनअगाडि पार्टीको कुनै पनि प्रकारको महाधिवेशन नगर्ने अडान कायम
कांग्रेस संस्थापन पक्षले निर्वाचनअगाडि पार्टीको कुनै पनि प्रकारको महाधिवेशन नगर्ने अडान कायम

— कांग्रेस संस्थापन पक्षले निर्वाचनअगाडि पार्टीको कुनै पनि प्रकारको महाधिवेशन नगर्ने अडान कायम राखेको छ ।


संस्थापन पक्षमा रहेका २५ केन्द्रीय सदस्यहरुले भने निर्वाचन अगाडिनै १५ औं महाधिवेशन तालिका ल्याउन शुक्रबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको ध्यानाकर्षण गरेका थिए । शनिबार सात पूर्वपदाधिकारीले आयोजना गरेको संस्थपन पक्षीय भेलामा समेत उनीहरु उपस्थित थिएनन् ।

सहमहामन्त्री महेन्द्र यादवले निर्वाचनअगाडि कुनै महाधिवेशनको पक्षमा आफूहरु नरहेको र भेलाको मुख्य निचोड पनि त्यही रहेको बताए । केन्द्रीय कार्यसमितिको मंसिर १ गते बस्ने बैठकले पार्टीको महाधिवेशनको विषयमा नभएर निर्वाचनका कार्यक्रम र उम्मेदवार छनोटको प्रक्रिया अघि बढाउन कार्यवाहक सभापति खड्काको ध्यानाकर्षण गराउने निर्णय भएको उनको भनाइ छ ।

‘निर्वाचनअगाडि महाधिवेशन गर्दा त्यसले कांग्रेसले ठूलो क्षति गर्ने भएकाले अहिले निर्वाचनसम्बन्धी कार्यक्रम मात्रै केन्द्रीय कार्यसमितिले अघि बढाउनुपर्ने निष्कर्ष हाम्रो छ । त्यसका लागि उम्मेदवार छनोट गर्ने संसदीय बोर्ड गठन, क्षेत्रबाट उम्मेदवारको सूची सिफारिस गर्नेलगायतका निर्वाचन कार्यक्रम ल्याउनुपर्छ भन्ने कुराकानी भएको छ,’ उनले भने, ‘निर्वाचनमा जाने हो भने त्यसअघि कुनै पनि प्रकारको महाधिवेशन गराउन हुन्न ।’

असोज २८ देखि सुरु भएको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा सबै पदाधिकारी र केन्द्रीय सदस्यहरुले धारणा राखिसके पनि महाधिवेशनको सवालमा समझदारी नबन्दा बैठकबाटै कुनै निर्णय आउन सकेको छैन । औपचारिक रुपमा कांग्रेसले निर्वाचनमा जाने निर्णयसमेत गरेको छैन । निर्वाचनमा जाने निर्णय औपचारिक रुपमा नभइरहेका बेला पार्टीभित्रको एउटा खेमाले प्रतिनिधिसभा पुनस्थापनाको एजेन्डा पनि अघि सारेको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने विशेष महाधिवेशनकै गृहकार्यमा जुटिसकेका छन् । थापाले बिहीबारको केन्द्रीय कार्यसमितिको बैठकमा निर्वाचनअगाडि महाधिवेशन गराउने पक्षमा संस्थापन पक्ष तयार नभएपछि मंसिर २७–२८ मा विशेष महाधिवेशनकै प्रस्ताव राखेका थिए । मंसिर २७ बाट वर्तमान केन्द्रीय कार्यसमितिको कार्यकालसमेत समाप्त हुन्छ । महामन्त्री थापाले महाधिवेशन नगरीकन कार्यकाल बढाउने प्रस्ताव नलैजाने अडानसमेत लिँदै आएका छन् ।

महामन्त्री थापाले राखे विशेष महाधिवेशनको प्रस्ताव
महामन्त्री थापाले राखे विशेष महाधिवेशनको प्रस्ताव


कार्यवाहक सभापति खड्काले तीन दिन बैठक स्थगित गरेर महाधिवेशन निर्वाचनअगाडि कि पछाडि भन्ने विवादमा सहमति जुटाउन महामन्त्रीद्वय र संस्थपन पक्षका नेताहरुसँग छलफल गरेका छन् । संस्थापन पक्षीय कतिपय नेताहरु महाधिवेशनको सन्दर्भमा सभापति शेरबहादुर देउवासँगको परामर्शमा समेत जुट्न थालेका छन् ।

कार्यवाहक सभापति खड्कालाई अहिले दुवै पक्षले निर्णय गर्न नसकेको भनेर आलोचना गर्दै आइरहेका छन् । खड्काको निर्णय क्षमतामाथि प्रश्न उठाउँदै उनीहरुले आलोचना गर्न थालेपछि खड्काले शनिबार बिहानै सामाजिक सञ्जालमा 'हतारमा निर्णय गरेर पछुताउनुभन्दा निर्णय प्रक्रियामा ढिलाइ गरेको' बताएका छन् । ‘इतिहासमा देश र पार्टीमाथि देखिएको प्रतिकूल अवस्थालाई ध्यानमा राखेर निर्णय गर्न केही समय ढिला भए पनि, हतारमा निर्णय गरेर पछि पछुताउनुभन्दा पार्टीलाई एकताबद्ध राखेर प्रतिकूल समयको पदचापलाई सामना गर्न हाम्रा विगतका गल्ती कमजोरी र स्वीकारी जनतासँग माफी मागेर विगतमा जस्तै समाधानको नेतृत्व फेरि एकपटक कांग्रेसले लिन सक्ने गरी पार्टीको उपयुक्त निर्णय गर्न समय लागेको छ,' उनले लेखेका छन्, 'साथीहरु सबैले एकताबद्ध भएर यो मर्मलाई बुझिदिन धैर्य राखिदिन विशेष अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— वीरगन्ज भन्सार कार्यालयअन्तर्गत सिर्सिया सुक्खा बन्दरगाह परिसरमा ६ वर्षदेखि थन्किएका १ सय ८५ कन्टेनर फिर्ता गर्न अन्तर्राष्ट्रिय सिपिङ कम्पनीहरुले वीरगन्ज भन्सार कार्यालयलाई दबाब दिएका छन् । वीरगन्ज भन्सार कार्यालय प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले हालै ती कम्पनीहरुले पत्राचार गरी अविलम्ब आआफ्ना कन्टेनर फिर्ता गर्न दबाब दिएको बताए । कोरोना महामारीअघि नै २०७६ सालमा तेस्रो मुलुकबाट ...
— नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिले पूर्णता नपाउँदै विभिन्न समितिमा बस्न नेताहरुबीच हानथाप सुरु भएको छ । नेकपामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, भीम रावलको मातृभूमि अभियान लगायत १२ घटक छन् । निर्वाचन आयोगमा दर्ताका लागि पठाइएको केन्द्रीय समिति सूचीमा आफू नपरेपछि उनीहरुले निकट नेताहरुसँग ‘लबिङ’ सुरु गरेका छन् । त्यस्तै स्थायी, केन्द्रीय समितिमा ...
— एमाले उपाध्यक्ष रामबहादुर थापाले माओवादी, नेकपा एसलगायतका दलले गरेको पार्टी एकीकरणलाई १० क‍ोठे टहरो बनाएको टिप्पणी गरेका छन् । 'अलग-अलग कोठामा बसेका हाम्रा भूतपूर्व साथीहरूले अब हुने निर्वाचनहरूमा आफ्नो अस्तित्व ज‍ोगिन्न कि भनेर एउटा १० कोठे टहरो बनाएका छन्,' नेता थापाले भने । एमाले चितवनले शनिबार दिउँसो नारायणगढको पोखरा बसपार्कमा आयोजना गरेको सभामा बोल्दै नेता थापाले ...
: जिल्लाको फुङ्लिङ नगरपालिका-९ हाङदेवामा लडेर एक बालिकाको मृत्यु भएको छ। फुङ्लिङ-१० फुरुम्बुका वीरबहादुर नुगोका सात वर्षीय छोरी अर्पणा नुगो लिम्बूको लडेर मृत्यु भएको हो। फुङलिङ-९ हाङदेवामा बस्दै आएकी बालिकाको शुक्रबार साँझ लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक रोहित शर्मा बढईले बताए। उनका अनुसार निर्माणाधीन मादेन वंशको माङ्हिम मन्दिरबाट ...
— एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वर्तमान सरकारले चुनाव गर्न नसक्ने दाबी गरेका छन् । एमालेले धनकुटामा गरेको सभालाई सम्बोधन गर्दै कार्कीले अहिले एमालेको मुख्य माग संसद् पुनःस्थापना भएकाले निर्वाचनको नाटक मञ्चन नगर्न सरकारलाई आग्रह गरे । उनले लोकतान्त्रिक शक्तिहरुलाई विश्वासमा लिएर प्रतिनिधिसभा पुनःस्थापना गरेर अहिले उठेका माग सम्बोधन गर्ने ...