मुख्य समाचार
मन्त्री कुलमान घिसिङले सम्पत्ति विवरण बुझाएका छन्
मन्त्री कुलमान घिसिङले सम्पत्ति विवरण बुझाएका छन्

। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले सम्पत्ति विवरण बुझाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मन्त्री घिसिङले आज सम्पत्ति विवरण बुझाएका हुन् ।

यसअघि प्रधानमन्त्री सुशीला कार्कीसहति सात जना मन्त्रीले सम्पत्ति विवरण बुझाइसकेका छन् । सम्पत्ति विवरण बुझाउनेमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योगमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषिमन्त्री मदनप्रसाद परियार र खेलकुदमन्त्री बब्लु गुप्ताले रहेका छन् ।

जेनजी आन्दोलनको बलमा बनेको कार्की नेतृत्वको मन्त्रीमण्डल १० सदस्यीय छन् । सञ्चारमन्त्री जगदीश खरेल र स्वास्थ्यमन्त्री सुधा शर्मा गौतमले भने सम्पत्ति विवरण बुझाउन बाँकी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई सुरक्षा चुनौती रहेको बताएका छन् । शनिबार मधेश प्रदेशवासीका नाममा सम्बोधन गर्ने क्रममा उनले आफूलाई आन्दोलनकारीबाट सुरक्षा चुनौती रहेको बताएका हुन् । मुख्यमन्त्री यादवले आफूलाई सुरक्षा निकायले सुरक्षा चुनौती देखिएको भन्दै सीमित कार्यक्रमहरूमा मात्रै सहभागी हुन भनेको पनि बताए । ‘सुरक्षा निकायकै रिपोर्टिङअनुसार मुख्यमन्त्रीज्यू विशेष कार्यक्रमहरू अलिकति कम गर्नुपर्‍यो । ...
एघारौं राष्ट्रिय महाधिवेशनको तयारीमा
। नेपाली कम्युनिष्ट पार्टीका नेता डा.भीम रावलले जेन–जी आन्दोलनको क्रममा भएको दमनको जिम्मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले लिनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाले सरकारको जिम्मेवार पदमा बसेको व्यक्ति घटनाबारेमा जिम्मेवार हुनुपर्ने बताए । उनले संसदीय प्रणालीमा कुनै घटना घटेको खण्डमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयको मन्त्रीले जिम्मेवारी ...
। ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार काठमाडौंको पूर्वी क्षेत्रस्थित बागमती नदी करिडोर क्षेत्रको फोहोरमैला व्यवस्थापन र सडक मर्मत सम्भार बारे स्थलगत निरीक्षण गरेका छन् । शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव केशव शर्मा, गोकर्णेश्वर नगरपालिका मेयर दीपक रिसाल लगायत सम्बन्धित ...
। प्रधानमन्त्री सुशीला कार्कीले राज्यले युवाको भावना समयमै नबुझ्दा जेनजी विद्रोह भएको बताएकी छन् । युवा परिषद्को वार्षिक प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले युवाको भावना राज्यले नबुझ्दा युवापुस्तामा निराशा र बेचैनी बढेको बताइन् । उनले नयाँ युवा पुस्ताको भावना र आवश्यकता सम्बोधन गर्दै राज्यले नै रचनात्मक मार्गतर्फ अग्रसर गराउनुपर्नेमा जोड दिइन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित ...