मुख्य समाचार
हाल गठन गरिएको सरकारलाई संविधानसम्मत नभएको आरोप लगाउँदै टिप्पणी
हाल गठन गरिएको सरकारलाई संविधानसम्मत नभएको आरोप लगाउँदै टिप्पणी

। नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले हाल गठन गरिएको सरकारलाई संविधानसम्मत नभएको आरोप लगाउँदै टिप्पणी गरेका छन् ।

नेकपा एमाले गुल्मीले शनिबार गुल्मी सदरमुकाम तम्घासमा नेकपा एमाले गुल्मीले राखेको संविधानको रक्षा र प्रतिगमन विरुद्ध जनसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

संवैधानिक प्रक्रिया र राजनीतिक मर्यादा विपरीत ‘टिका लगाएर सरकार बनाउने’ अभ्यासको कुनै वैधानिक हैसियत नहुने उनको दाबी छ ।

‘टिका लगाएर बनाइएको सरकारलाई संविधानले चिन्दैन,’ उनले भने, ‘सरकार गठनको आधार संसदीय समर्थन, संवैधानिक प्रक्रिया र जनादेश हो ।’

उनले संवैधानिक व्यवस्थालाई बेवास्ता गरेर गरिएको कुनै पनि शक्ति हस्तान्तरण लोकतन्त्रको अपमान भएको बताए ।

सरकार गठनका नाममा भइरहेको असंवैधानिक अभ्यासले देशलाई अस्थिरततर्फ धकेलिरहेको उनले बताए । संविधानले तोकेको बाटो छाडेर जहाँ–जसरी सरकार बनाइन्छ, त्यो स्वत: अवैध हुन्छ, उनले भने ।

एमालेले पछिल्लो घटनाक्रमको गम्भीर छानबिन र संवैधानिक प्रक्रिया अनुसार पुन: राजनीतिक व्यवस्थापन हुनुपर्ने माग अघि सारेको बताए ।

गत भदौ २३ र २४ गतेको प्रदर्शनलाई लक्षित गर्दै केही समूहले योजनाबद्ध रूपमा अराजकता फैलाएको र देशको लोकतान्त्रिक वातावरणलाई कमजोर पार्ने प्रयास भएको बताए । ‘कलिला विद्यार्थीमाथि आगो थोपर्ने जस्ता अमानवीय गतिविधि को कसले गर्‍यो भन्ने छानबिन अनिवार्य छ,’ उनले भने ।

सिंहदरबार, सर्वोच्च अदालतको भवनलगायत सयौँ सरकारी कार्यालय एवं निजी सम्पत्तिमा क्षति पुर्‍याउने महिनौँ अघिदेखि नै यस्ता गतिविधिका लागि तयारी भइरहेको प्रमाण देखिएको दाबी गर्दै सम्बन्धित पक्षको गम्भीर छानबिन माग गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल विद्यार्थी संघ (नेविसंघ)ले स्वतन्त्र विद्यार्थी युनियन, नेपाल (स्ववियु परिषद्, नेपाल) गठन गरेको छ । विश्वविद्यालयका कलेजमा निर्वाचित अध्यक्ष, पदाधिकारी एवं सदस्यहरुको प्रतिनिधिमूलक साँझा संस्थाका रुपमा स्ववियु परिषद् नेपाल गठन गरेको हो । नेविसंघले परिषद्को अधिवेशन मिति पनि तय गरेको छ । यसै सालको मंसिर ११, १२ र १३ गते त्रिभुवन विश्वविद्यालय परिसरमा अधिवेशन हुनेछ ...
। नेकपा (एमाले)का सचिव एवं पूर्वमन्त्री छविलाल विश्वकर्माले जेनजी आन्दोलनमा अपराधिक गतिविधिमा संलग्नहरूलाई सरकारले तत्काल कारबाही गर्नुपर्ने माग गरेका छन् । शनिबार वुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनमा घुसपैठ भई मुलुकमा गुण्डागर्दी गर्ने, निजी तथा सार्वजनि सम्पतीलाई धराशायी बनाउनेहरुलाई सरकारले अझै कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै आक्रोश समेत व्यक्त गरे । ‘जसले घुसपैठ गरे । ...
। जेनजी आन्दोलनका क्रममा चितवनका विभिन्न सरकारी कार्यालयमा तोडफोड र आगजनी गर्ने २८ जना पक्राउ परेका छन् । फोटो र भिडियोका आधारमा उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पक्राउ परेका मध्ये १२ जनालाई हाजिरी जमानीमा छाडिएको छ भने १६ जनालाई हिरासतमै राखेर अनुसन्धान गरिरहेको एसपी गोविन्द पुरीले जानकारी दिए । उनका अनुसार ...
। नेकपा एमालेका सचिव लेखराज भट्टले मुलुकको राष्ट्रियता, सार्वभौगिकता र राष्ट्रिय अखण्डताका निमित्त एमाले फेरि पनि संघर्ष गर्न तयार रहेको बताएका छन् । एमाले कैलालीले शनिबार धनगढीमा आयोजना गरेको जनसभाई सम्बोधन गर्दै पार्टीका सुदूरपश्चिम इन्चार्ज समेत रहेका नेता भट्टले देश र जनताको लागि जेसुकै बलिदान गर्न पनि तयार रहेको बताएका हुन् । टाइगर अभी जिन्दा हे भन्दै ...
। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीका नेता-कार्यकर्ताहरूलाई धैर्यता राखिदिन अनुरोध गरेका छन् । महाधिवेशनको विषयमा पार्टी निर्णयमा पुग्न ढिलाइ भइरहेका बेला शनिबार फेसबुकमार्फत् उनले नेता-कार्यकर्ताहरूलाई धैर्यता राखिदिन अनुरोध गरेका हुन् । हतारमा निर्णय गरेर पछि पछुताउनुभन्दा पार्टीलाई एकताबद्ध राखेर प्रतिकूल समयको पदचापलाई सामना गर्न सक्ने गरी निर्णय गर्न केही समय लागेको खड्काको भनाइ छ । ‘इतिहासमै ...