मुख्य समाचार
भारतमा जारी दृष्टिविहीन महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल अमेरिकालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश
भारतमा जारी दृष्टिविहीन महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल अमेरिकालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश

। भारतमा जारी दृष्टिविहीन महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल अमेरिकालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

भारतमा आज भएको खेलमा नेपालले अमेरिकालाई १० विकेटले पराजित गर्दै जित हासिल गरेको हो। यो जितसँगै नेपालले चार खेलबाट छ अङ्क जोडेको छ ।

यसअघि श्रीलङ्का र अष्ट्रेलियालाई पराजित गरेको नेपालले भारतसँग भने हार बेहोरेको थियो ।

अमेरिकाले प्रस्तुत गरेको १८ रनको लक्ष्य पच्छाएको नेपाल चार बलमा कुनै पनि विकेट नगुमाइ पूरा गर्‍यो।

नेपालका लागि दिलसरा धमलाले अविजित १२ रन बनाइन्। त्यसअघि टस जितेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिका नौ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १७ रनमै समेटियो।

अमेरिकाका कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । नेपालका लागि दिलसरा धमलाले तीन र सुनिता घिमिरेले समान एक÷एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटी बराबरीमा रोकिएको छ
। अखिल नेपाल फुटबल संघ (एन्फा) का केही पदाधिकारीहरूले एन्फाको आगामी निर्वाचनसम्बन्धी निर्णयप्रति असहमति जनाएका छन्। एन्फा अध्यक्षलाई असहमति पत्र लेख्दै उपाध्यक्ष विराट जंग शाही तथा सदस्यहरू रविन्द्र चन्द र रुपेश अधिकारीले माघ २८ गते गर्ने भनिएको एन्फाको अग्रिम निर्वाचन विधानविपरीत, अलोकतान्त्रिक र स्वेच्छाचारी ढंगले तय गरिएको दाबी गरेका छन्। एन्फा कार्यसमितिले निर्वाचन प्रक्रिया अघि बढाएकोप्रति आपत्ति ...
— टी–२० विश्वकप ट्रफी बुधबार काठमाडौंको बौद्धनाथ स्तूप परिसरमा प्रदर्शन गरिएको छ । भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी पुरुष ट्वान्टी-२० विश्वकप २०२६ को ट्रफी नेपाल ल्याइएको छ । नेपाल ल्याइएको उक्त ट्रफी सोमबार मात्रै राष्ट्रपति निवास शीतल निवासमा आयोजित विश्वकप ट्रफी सार्वजनिक गरेका थिए । ट्वान्टी-२० विश्वकपको ट्रफी पहिलोपटक नेपाल ल्याइएको हो । ...
: आइसीसी टी २० विश्वकप २०२६ खेल्ने नेपाली राष्ट्रिय पुरुष टिमको जर्सी सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ(क्यान)ले आइसीसी विश्वकप २०२६ को ट्रफीसँगै विश्वकप खेल्ने जर्सी सार्वजनिक गरेको हो। नेपालको जर्सी गाढा निलो रंगमा चन्द्र र सूर्य अङ्कित रहेको छ। समर्थकहरूका लागि जर्सी नेपाली रुपैयाँ ७९९ रुपैयाँमा उपलब्ध गराउने भाटभटेनी होल्डिङका म्यानेजर आलोक ...
— राष्ट्रपति रामचन्द्र पौडेलले ट्वान्टी-२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताएका छन् । उनले यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा व्यक्त गरेका हुन् । राष्ट्रपति भवन, शीतल निवासमा सोमाबार आयोजित विश्वकप ट्रफी सार्वजनिकीकरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, 'नेपाल आज खेलप्रेमी राष्ट्रको रूपमा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम