मुख्य समाचार
नेपाल प्रिमियर क्रिकेट लिगको (एनपीएल) को सुरक्षा प्रवन्ध र अन्तिम तयारीबारे ब्रिफिङ
नेपाल प्रिमियर क्रिकेट लिगको (एनपीएल) को सुरक्षा प्रवन्ध र अन्तिम तयारीबारे ब्रिफिङ

। गृहमन्त्री ओमप्रकाश अर्यालले सामेबारबाट सुरु हुन गइरहेको दोश्रो संस्करणको नेपाल प्रिमियर क्रिकेट लिगको (एनपीएल) को सुरक्षा प्रवन्ध र अन्तिम तयारीबारे ब्रिफिङ लिएका छन्।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी इश्वरराज पौडेलसहित काठमाडौं प्रहरी प्रमुख रमेश थापासँग एनपीएलको सुरक्षा तयारीबारे जानकारी लिएका हुन्।

गृहमन्त्रीको सचिवालय अनुसार बैठकमा अर्यालले क्रिकेट अवधिभर सुरक्षा व्यवस्था चुस्त, दुरुस्त राख्न र कुनै पनि अवान्छित घटना हुन नदिन सुरक्षा सतर्कता बढाउन निर्देशन दिए।

‘पहिलो पटक रात्रिकालीन समयमा पनि क्रिकेट हुने भएको यसपालिको सुरक्षा व्यवस्था झनै मजबुद र दुरुस्त हुन जरूरी भएकोले सोहि अनुसार प्रबन्ध मिलाउन हुन निर्देशन गर्दछ’, मन्त्री अर्यालले भने।

यसअघि पनि एनपीएलको उद्घाटन खेल घरमै बसेर हेर्न नेपाल क्रिकेट संघ (क्यान)ले आग्रह गरिसकेको छ।

क्यानका सचिव पारश खड्काले भिडिओ सन्देश जारी गर्दै उद्घाटन खेलका सबै टिकट बिक्री भइसकेकाले घरमै बसेर हेर्न आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटी बराबरीमा रोकिएको छ
। अखिल नेपाल फुटबल संघ (एन्फा) का केही पदाधिकारीहरूले एन्फाको आगामी निर्वाचनसम्बन्धी निर्णयप्रति असहमति जनाएका छन्। एन्फा अध्यक्षलाई असहमति पत्र लेख्दै उपाध्यक्ष विराट जंग शाही तथा सदस्यहरू रविन्द्र चन्द र रुपेश अधिकारीले माघ २८ गते गर्ने भनिएको एन्फाको अग्रिम निर्वाचन विधानविपरीत, अलोकतान्त्रिक र स्वेच्छाचारी ढंगले तय गरिएको दाबी गरेका छन्। एन्फा कार्यसमितिले निर्वाचन प्रक्रिया अघि बढाएकोप्रति आपत्ति ...
— टी–२० विश्वकप ट्रफी बुधबार काठमाडौंको बौद्धनाथ स्तूप परिसरमा प्रदर्शन गरिएको छ । भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी पुरुष ट्वान्टी-२० विश्वकप २०२६ को ट्रफी नेपाल ल्याइएको छ । नेपाल ल्याइएको उक्त ट्रफी सोमबार मात्रै राष्ट्रपति निवास शीतल निवासमा आयोजित विश्वकप ट्रफी सार्वजनिक गरेका थिए । ट्वान्टी-२० विश्वकपको ट्रफी पहिलोपटक नेपाल ल्याइएको हो । ...
: आइसीसी टी २० विश्वकप २०२६ खेल्ने नेपाली राष्ट्रिय पुरुष टिमको जर्सी सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ(क्यान)ले आइसीसी विश्वकप २०२६ को ट्रफीसँगै विश्वकप खेल्ने जर्सी सार्वजनिक गरेको हो। नेपालको जर्सी गाढा निलो रंगमा चन्द्र र सूर्य अङ्कित रहेको छ। समर्थकहरूका लागि जर्सी नेपाली रुपैयाँ ७९९ रुपैयाँमा उपलब्ध गराउने भाटभटेनी होल्डिङका म्यानेजर आलोक ...
— राष्ट्रपति रामचन्द्र पौडेलले ट्वान्टी-२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताएका छन् । उनले यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा व्यक्त गरेका हुन् । राष्ट्रपति भवन, शीतल निवासमा सोमाबार आयोजित विश्वकप ट्रफी सार्वजनिकीकरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, 'नेपाल आज खेलप्रेमी राष्ट्रको रूपमा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम