मुख्य समाचार
गृहमन्त्री अर्यालले सुरु हुने दोस्रो संस्करणको नेपाल प्रिमियर क्रिकेट लिग (एनपीएल)को सुरक्षा प्रबन्ध र अन्तिम तयारीबारे ब्रिफिङ
गृहमन्त्री अर्यालले सुरु हुने दोस्रो संस्करणको नेपाल प्रिमियर क्रिकेट लिग (एनपीएल)को सुरक्षा प्रबन्ध र अन्तिम तयारीबारे ब्रिफिङ

: गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबारबाट सुरु हुने दोस्रो संस्करणको नेपाल प्रिमियर क्रिकेट लिग (एनपीएल)को सुरक्षा प्रबन्ध र अन्तिम तयारीबारे ब्रिफिङ लिएका छन्।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसहित काठमाडौं प्रहरी प्रमुख रमेश थापासँग गृहमन्त्री अर्यालले एनपीएलको सुरक्षा तयारीबारे जानकारी लिएका हुन्।


गृहमन्त्रीको सचिवालय अनुसार बैठकमा अर्यालले क्रिकेट अवधिभर सुरक्षा व्यवस्था चुस्त, दुरुस्त राख्न र कुनै पनि अवाञ्छित घटना हुन नदिन निर्देशन दिएका थिए। 'पहिलो पटक रात्रिकालीन समयमा क्रिकेट हुने भएको यसपालिको सुरक्षा व्यवस्था झनै मजबुद र दुरुस्त हुन जरूरी भएकाले सोहीअनुसार प्रबन्ध मिलाउन हुन निर्देशन गर्दछु,' मन्त्री अर्यालले बैठकमा भने।


क्यानले टिकट नपाएकाहरूले उद्‍घाटन खेल घरमै बसेर हेर्न आग्रह गरेको थियो। क्यानका सचिव पारस खड्काले भिडिओ सन्देश जारी गर्दै उद्‍घाटन खेलका सबै टिकट बिक्री भइसकेकाले घरमै बसेर हेर्न आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले अपि हिमाललाई समर्पित गर्दै नयाँ जर्सी सार्वजनिक गरेको छ। टोलीले जर्सीलाई ‘अपि एडिसन’ नाम दिएको छ । सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना र जैविक विविधतालाई प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको जर्सीले अपि हिमाललाई विशेष रूपमा सम्मान गरेको छ । जर्सीको पछाडिको भागमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने ...
: आइसीसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम शृंखलाको पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले क्यानडालाई २४ रनले पराजित गरेको हो। ओमानस्थित एल अमेरत क्रिकेट मैदान(ट्रफ-१)मा नेपालले क्यानडालाई २११ रनमा अलआउट गरेको हो। क्यानडाका लागि आरोन जहन्सनले सर्वाधिक ४४ रन बनाए। त्यस्तै समित गोहेलले ३५, हम्जा तारिकले २६, श्रेयस मुफाले २६ र अखिल कुमार ३० रनमा अविजित ...
: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकदिवसीय पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आइतबार क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमरातस्थित ओमान क्रिकेट मैदानमा हुने लिग–२ को अन्तिम शृंखला नेपालका लागि अंक तालिकामा आफ्नो अवस्था सुधार्ने र विश्वकप छनोटको सम्भावना बलियो बनाउने महत्त्वपूर्ण अवसर हो। यसअघिका शृंखलामा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको नेपाललाई अबका खेलमा नतिजामुखी प्रदर्शन आवश्यक छ। नेपाल ...
: दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको सहभागिता र पदकको सम्भावना बढाउन खेलाडी छनोटदेखि बन्द प्रशिक्षणसम्मको तयारीलाई व्यवस्थित रुपमा अघि बढाइएको छ। छनोटमा ९ हजारभन्दा बढी खेलाडी सहभागी छन्। प्रदेशका १४ जिल्लाबाट ९ हजार ३१० खेलाडीले नाम दर्ता गराएपछि उत्कृष्ट खेलाडी पहिचान गर्ने प्रतिस्पर्धा सुरु भएको हो। छनोटका विभिन्न चरण पार गरेर यकिन गरिएका ...
। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फिफा विश्वकप २०२६ छनोट अन्तर्गत नेपाल र बहराइनबीचको अन्तर्राष्ट्रिय खेलमा अखिल नेपाल फुटबल संघ एन्फा नेतृत्व मिलेमतो तथा अनियमिता गरेको निष्कर्ष निकालेको छ । सीआईबीले गरेको अनुसन्धानले दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मान्यताबाट अयोग्य बनाउन एन्फा नै लागेका निष्कर्ष निकालेको हो । विश्वकप छनोटको यमनसँगको खेलपछि बहराइनसँग खेल हुन करिब ...