मुख्य समाचार
गृहमन्त्रीअर्यालले नवपुस्ताको भावना अनुरुप काम गर्न र न्यायको अनुभूति दिलाउने गरी कार्य गर्न आफू मातहतका निकायलाई निर्देशन
गृहमन्त्रीअर्यालले नवपुस्ताको भावना अनुरुप काम गर्न र न्यायको अनुभूति दिलाउने गरी कार्य गर्न आफू मातहतका निकायलाई निर्देशन

: गृहमन्त्री ओमप्रकाश अर्यालले नवपुस्ताको भावना अनुरुप काम गर्न र न्यायको अनुभूति दिलाउने गरी कार्य गर्न आफू मातहतका निकायलाई निर्देशन दिएका छन्।

आइतबार गृह मन्त्रालयमा आयोजित गृहसचिव रामेश्वर दंगालको अध्यक्षतामा बसेको नियमित ‘एसएमटी बैठकमा विशेष उपस्थिति जनाउँदै मन्त्री अर्यालले सम्पूर्ण कर्मचारीले आ–आफ्नो जिम्मेवारी निर्वाह गरी सम्पूर्ण ध्यान निर्वाचनको तयारीमा लगाउन निर्देशन दिए।


ʻअहिलेको सरकार भनेको कै निर्वाचनको सरकार भएकोले हामीलाई पुरानै संरचना र ऐन नियममा रहेरभन्दा पनि प्रविधिको प्रयोग गर्दै चुनावलाई अझ बढी सहभागिता मूलक बनाएर जनतालाई आफ्नो मताधिकारको सुनिश्चितता कायम गर्ने गरी जिम्मेवारी बहन गर्न निर्देश गर्दछु,ʼ उनले भने।


मन्त्री अर्यालले विभागीय प्रमुखहरूलाई आ–आफ्नो मातहतका कार्यालयको जिम्मेवारी प्रभावकारी ढंगबाट सम्पादन गर्न निर्देशन दिए। उनले गृह मन्त्रालयमा स्थापना गरिएको जेनजी समन्वय समिति र पीडितहरूका गुनासा बढी सुन्न र सम्बोधन गर्न सकिएमात्रै बाहिर अरूले बनाउने गलत र भ्रमपूर्ण भाष्यलाई चिर्न समेत मातहतका निकायलाई निर्देशन दिए।

गृहमन्त्री अर्यालले घाइतेको राहत कार्यविधि छिट्टै टुंग्याउने र जेनजी घाइतेलाई फिल्डमै राहत कार्ड वितरणमा गर्न समेत निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पर्साको जिराभवानी गाउँपालिका–१ बलुवा गाउँको खेतमा लुकाएर राखिएको ४५० थान मोबाइल सशस्त्र प्रहरीले बरामद गरेको छ। भारतबाट अवैध रूपमा ल्याएको ४५० थान मोबाइल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद मोबाइलको बजार मूल्य करिब ९ लाख रुपैयाँ रहेको र आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइएको पर्साका सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले ...
एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सेना परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद्‍मा सिफारिस
: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका तत्कालीन प्रमुख किशोर यादवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डिभिजन नम्बर -४ कलैया बाराका तत्कालीन डिभिजन प्रमुख यादव ,र लेखापाल प्रदिप दास, सान्दर्भिक मिडिया नेटवर्क प्रालि तथा उक्त कम्पनीको प्रबन्धक निसान्त सिग्देल, प्रभाव पब्लिकेशन प्रालिको बजार प्रबन्धक ...
: नेपाली कम्युनिष्ट पार्टीले देशैभर एकता सन्देश सभा गर्ने भएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको नवगठित नेपाली कम्युनिष्ट पार्टीको उपलब्ध पूर्वपदाधिकारीको बैठकले मंसिर ९ गतेदेखि प्रदेश, जिल्ला र पालिका तहमा एकता सन्देश सभा गर्ने निर्णय गरेको नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले जानकारी दिए। उनले पार्टी एकताको सन्देश प्रवाह गर्नका लागि अपिल प्रकाशित ...
: सुनसरीको धरान उपमहानगरपालिकाबाट प्रहरीले २६८ केजी अवैध लागूऔषध गाजा बरामद गरेको छ। शनिबार राति उक्त लागूऔषध बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषण बाबु राईले बताए। गाजाको भारी ल्याउने ११ जना फरार भएको प्रहरीले जनाएको छ। उक्त गाँजा धनकुटाको सागुरीगढीबाट धरानको बाटो हुँदै भारततर्फ लैजान तस्करले भरिया प्रयोग गरेको हुनसक्ने प्रहरीले जनाएको छ। ...