मुख्य समाचार
प्रधानमन्त्री सुशीला कार्की दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (क्रिकेट) को उद्घाटन
प्रधानमन्त्री सुशीला कार्की दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (क्रिकेट) को उद्घाटन

— प्रधानमन्त्री सुशीला कार्की दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (क्रिकेट) को उद्घाटन गरेकी छन् । प्रधानमन्त्री कार्की सोमबार त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान पुगेर प्रतिस्पर्धी टोली काठमान्डु गोर्खाज र जनकपुर बोल्ट्सका खेलाडीसँग परिचय गर्दै एनपीएलको उद्घाटन गरेकी हुन् ।


उद्घाटन खेलमा काठमान्डुका कप्तान करणले टस जितेर डिफेन्डिङ च्याम्पियन जनकपुरविरुद्ध फिल्डिङ गर्ने निर्णय गरका थिए । गत सिजनमा जनकपुरले उपाधि यात्राको क्रममा काठमान्डुलाई ५ विकेटले पराजित गरेको थियो ।

काठमान्डुको टोलीबाट करण केसीसहित आकाश त्रिपाठी, भीम सार्की, सन्तोष यादव, आदिल अन्सारी, रशिद खान, शाहव आलम, रिकार्डो भास्कोनसेलोस, बेन चार्ल्सवर्थ, जेहर्राड इरसमस र मिलिन्द कुमार प्लेयिङ ११ बाट खेलिरहेका छन् ।

त्यस्तै जनकपुरबाट आसिफ शेख, कप्तान अनिल साह, किशोर महतो, ललित राजवंशी, मयन यादव, विकास आग्री, रुपेश सिंह, लाहिरु मिलान्था, लाहिरु समराकुन, यान निकोल लफ्टी इटन, सञ्जय कृष्णमुर्थी प्लेयिङबाट खेलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटी बराबरीमा रोकिएको छ
। अखिल नेपाल फुटबल संघ (एन्फा) का केही पदाधिकारीहरूले एन्फाको आगामी निर्वाचनसम्बन्धी निर्णयप्रति असहमति जनाएका छन्। एन्फा अध्यक्षलाई असहमति पत्र लेख्दै उपाध्यक्ष विराट जंग शाही तथा सदस्यहरू रविन्द्र चन्द र रुपेश अधिकारीले माघ २८ गते गर्ने भनिएको एन्फाको अग्रिम निर्वाचन विधानविपरीत, अलोकतान्त्रिक र स्वेच्छाचारी ढंगले तय गरिएको दाबी गरेका छन्। एन्फा कार्यसमितिले निर्वाचन प्रक्रिया अघि बढाएकोप्रति आपत्ति ...
— टी–२० विश्वकप ट्रफी बुधबार काठमाडौंको बौद्धनाथ स्तूप परिसरमा प्रदर्शन गरिएको छ । भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी पुरुष ट्वान्टी-२० विश्वकप २०२६ को ट्रफी नेपाल ल्याइएको छ । नेपाल ल्याइएको उक्त ट्रफी सोमबार मात्रै राष्ट्रपति निवास शीतल निवासमा आयोजित विश्वकप ट्रफी सार्वजनिक गरेका थिए । ट्वान्टी-२० विश्वकपको ट्रफी पहिलोपटक नेपाल ल्याइएको हो । ...
: आइसीसी टी २० विश्वकप २०२६ खेल्ने नेपाली राष्ट्रिय पुरुष टिमको जर्सी सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ(क्यान)ले आइसीसी विश्वकप २०२६ को ट्रफीसँगै विश्वकप खेल्ने जर्सी सार्वजनिक गरेको हो। नेपालको जर्सी गाढा निलो रंगमा चन्द्र र सूर्य अङ्कित रहेको छ। समर्थकहरूका लागि जर्सी नेपाली रुपैयाँ ७९९ रुपैयाँमा उपलब्ध गराउने भाटभटेनी होल्डिङका म्यानेजर आलोक ...
— राष्ट्रपति रामचन्द्र पौडेलले ट्वान्टी-२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताएका छन् । उनले यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा व्यक्त गरेका हुन् । राष्ट्रपति भवन, शीतल निवासमा सोमाबार आयोजित विश्वकप ट्रफी सार्वजनिकीकरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, 'नेपाल आज खेलप्रेमी राष्ट्रको रूपमा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम