मुख्य समाचार
प्रधानमन्त्री सुशीला कार्की दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (क्रिकेट) को उद्घाटन
प्रधानमन्त्री सुशीला कार्की दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (क्रिकेट) को उद्घाटन

— प्रधानमन्त्री सुशीला कार्की दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (क्रिकेट) को उद्घाटन गरेकी छन् । प्रधानमन्त्री कार्की सोमबार त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान पुगेर प्रतिस्पर्धी टोली काठमान्डु गोर्खाज र जनकपुर बोल्ट्सका खेलाडीसँग परिचय गर्दै एनपीएलको उद्घाटन गरेकी हुन् ।


उद्घाटन खेलमा काठमान्डुका कप्तान करणले टस जितेर डिफेन्डिङ च्याम्पियन जनकपुरविरुद्ध फिल्डिङ गर्ने निर्णय गरका थिए । गत सिजनमा जनकपुरले उपाधि यात्राको क्रममा काठमान्डुलाई ५ विकेटले पराजित गरेको थियो ।

काठमान्डुको टोलीबाट करण केसीसहित आकाश त्रिपाठी, भीम सार्की, सन्तोष यादव, आदिल अन्सारी, रशिद खान, शाहव आलम, रिकार्डो भास्कोनसेलोस, बेन चार्ल्सवर्थ, जेहर्राड इरसमस र मिलिन्द कुमार प्लेयिङ ११ बाट खेलिरहेका छन् ।

त्यस्तै जनकपुरबाट आसिफ शेख, कप्तान अनिल साह, किशोर महतो, ललित राजवंशी, मयन यादव, विकास आग्री, रुपेश सिंह, लाहिरु मिलान्था, लाहिरु समराकुन, यान निकोल लफ्टी इटन, सञ्जय कृष्णमुर्थी प्लेयिङबाट खेलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम