मुख्य समाचार
एनपीएल-२ लाई नेपाल पर्यटन बोर्डको साथ
एनपीएल-२ लाई नेपाल पर्यटन बोर्डको साथ

— नेपालको खेल पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र क्रिकेट संघ नेपालबीच नेपाल प्रिमियर लिग सिजन–२ (एनपीएल–२) लाई सहयोग गर्ने समझदारी भएको छ। यस साझेदारीमार्फत एनपीएल–२ लाई नेपालमा क्रिकेट र खेलकुद पर्यटनको प्रमुख प्लेटफर्मका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।


समझदारीअनुसार, बोर्डले एनपीएल–२ को ब्रान्डिङ, प्रचार र अन्तर्राष्ट्रिय पहुँच बढाउन सक्रिय भूमिका खेल्नेछ। छोटो समयमै अन्तर्राष्ट्रिय स्तरको विश्वसनीय फ्रेन्चाइज क्रिकेट लिगको रूपमा स्थापित भएको एनपीएल–२ले नेपालमा क्रिकेट प्रेमी, विदेशी खेलाडी, कमेन्टेटर तथा खेलकुदमा रुचि राख्ने पर्यटकलाई आकर्षित गर्ने महत्वपूर्ण माध्यमको रूपमा काम गर्नेछ।

बोर्डका अधिकारीहरूले नेपाललाई क्रिकेटमार्फत अन्तर्राष्ट्रिय स्तरका इभेन्ट आयोजना गर्न सक्ने प्रमुख खेलकुद गन्तव्य बनाउने योजना रहेको बताए।

एनपीएल–२ को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने भएकोले विश्वभरका करोडौँ दर्शकसम्म नेपालको क्रिकेट र खेलकुद पर्यटनको प्रचार हुने बोर्डको विश्वास छ। त्यस्तै नेपालभित्र कान्तिपुर म्याक्सले समेत एनपीएलको प्रत्यक्ष प्रसारण गर्दैछ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले भने, ‘एनपीएल–२ नेपालको लागि विश्वमञ्चमा स्थापित हुने ठूलो अवसर हो। यसले नेपालको भौगोलिक र प्राकृतिक विविधतालाई अन्तर्राष्ट्रिय दर्शकसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्नेछ।’ उनले नेपाल अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आकर्षक गन्तव्य बन्न लागेको पनि उल्लेख गरे।


क्यानका महासचिव पारसले पनि सहकार्यप्रति खुशी व्यक्त गर्दै भने, ‘खेलकुद र पर्यटन दुबैलाई सँगै अघि बढाउन नेपाल पर्यटन बोर्डसँग हातेमालो गर्न पाउँदा हामी उत्साहित छौँ। पछिल्ला वर्षमा क्रिकेटको उभारले देशलाई विश्वभर प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ, र एनपीएल–२ यसलाई अझ उचाइमा पुर्‍याउनेछ।’

अन्तर्राष्ट्रिय खेलाडी, विश्वस्तरका कमेन्टेटर र उच्च गुणस्तरको प्रसारणसहित एनपीएल–२ले नेपालले विश्व–स्तरीय खेलकुद कार्यक्रम आयोजना गर्न सक्ने क्षमता देखाउने अपेक्षा गरिएको छ। बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार, लिगले फ्रेन्चाइज खेलकुदमार्फत नेपालमा पर्यटन अवसरहरू विस्तार गर्न, विविधता थप्न र नेपाललाई आकर्षक ‘स्पोर्ट्स टुरिज्म डेस्टिनेशन’का रूपमा स्थापित गर्न मद्दत गर्नेछ।



एनपीएल–२ को सफलताले नेपालले आफ्नो क्रिकेट क्षमता मात्र होइन, मनमोहक गन्तव्य, साहसिक अनुभव र सांस्कृतिक समृद्धि पनि विश्वसामु प्रस्तुत गर्दै दक्षिण एसियाको उदाउदो खेल पर्यटन हबको रूपमा आफ्नो पहिचान मजबुत बनाउने लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम