मुख्य समाचार
एनपीएल-२ लाई नेपाल पर्यटन बोर्डको साथ
एनपीएल-२ लाई नेपाल पर्यटन बोर्डको साथ

— नेपालको खेल पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र क्रिकेट संघ नेपालबीच नेपाल प्रिमियर लिग सिजन–२ (एनपीएल–२) लाई सहयोग गर्ने समझदारी भएको छ। यस साझेदारीमार्फत एनपीएल–२ लाई नेपालमा क्रिकेट र खेलकुद पर्यटनको प्रमुख प्लेटफर्मका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।


समझदारीअनुसार, बोर्डले एनपीएल–२ को ब्रान्डिङ, प्रचार र अन्तर्राष्ट्रिय पहुँच बढाउन सक्रिय भूमिका खेल्नेछ। छोटो समयमै अन्तर्राष्ट्रिय स्तरको विश्वसनीय फ्रेन्चाइज क्रिकेट लिगको रूपमा स्थापित भएको एनपीएल–२ले नेपालमा क्रिकेट प्रेमी, विदेशी खेलाडी, कमेन्टेटर तथा खेलकुदमा रुचि राख्ने पर्यटकलाई आकर्षित गर्ने महत्वपूर्ण माध्यमको रूपमा काम गर्नेछ।

बोर्डका अधिकारीहरूले नेपाललाई क्रिकेटमार्फत अन्तर्राष्ट्रिय स्तरका इभेन्ट आयोजना गर्न सक्ने प्रमुख खेलकुद गन्तव्य बनाउने योजना रहेको बताए।

एनपीएल–२ को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने भएकोले विश्वभरका करोडौँ दर्शकसम्म नेपालको क्रिकेट र खेलकुद पर्यटनको प्रचार हुने बोर्डको विश्वास छ। त्यस्तै नेपालभित्र कान्तिपुर म्याक्सले समेत एनपीएलको प्रत्यक्ष प्रसारण गर्दैछ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले भने, ‘एनपीएल–२ नेपालको लागि विश्वमञ्चमा स्थापित हुने ठूलो अवसर हो। यसले नेपालको भौगोलिक र प्राकृतिक विविधतालाई अन्तर्राष्ट्रिय दर्शकसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्नेछ।’ उनले नेपाल अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आकर्षक गन्तव्य बन्न लागेको पनि उल्लेख गरे।


क्यानका महासचिव पारसले पनि सहकार्यप्रति खुशी व्यक्त गर्दै भने, ‘खेलकुद र पर्यटन दुबैलाई सँगै अघि बढाउन नेपाल पर्यटन बोर्डसँग हातेमालो गर्न पाउँदा हामी उत्साहित छौँ। पछिल्ला वर्षमा क्रिकेटको उभारले देशलाई विश्वभर प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ, र एनपीएल–२ यसलाई अझ उचाइमा पुर्‍याउनेछ।’

अन्तर्राष्ट्रिय खेलाडी, विश्वस्तरका कमेन्टेटर र उच्च गुणस्तरको प्रसारणसहित एनपीएल–२ले नेपालले विश्व–स्तरीय खेलकुद कार्यक्रम आयोजना गर्न सक्ने क्षमता देखाउने अपेक्षा गरिएको छ। बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार, लिगले फ्रेन्चाइज खेलकुदमार्फत नेपालमा पर्यटन अवसरहरू विस्तार गर्न, विविधता थप्न र नेपाललाई आकर्षक ‘स्पोर्ट्स टुरिज्म डेस्टिनेशन’का रूपमा स्थापित गर्न मद्दत गर्नेछ।



एनपीएल–२ को सफलताले नेपालले आफ्नो क्रिकेट क्षमता मात्र होइन, मनमोहक गन्तव्य, साहसिक अनुभव र सांस्कृतिक समृद्धि पनि विश्वसामु प्रस्तुत गर्दै दक्षिण एसियाको उदाउदो खेल पर्यटन हबको रूपमा आफ्नो पहिचान मजबुत बनाउने लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटी बराबरीमा रोकिएको छ
। अखिल नेपाल फुटबल संघ (एन्फा) का केही पदाधिकारीहरूले एन्फाको आगामी निर्वाचनसम्बन्धी निर्णयप्रति असहमति जनाएका छन्। एन्फा अध्यक्षलाई असहमति पत्र लेख्दै उपाध्यक्ष विराट जंग शाही तथा सदस्यहरू रविन्द्र चन्द र रुपेश अधिकारीले माघ २८ गते गर्ने भनिएको एन्फाको अग्रिम निर्वाचन विधानविपरीत, अलोकतान्त्रिक र स्वेच्छाचारी ढंगले तय गरिएको दाबी गरेका छन्। एन्फा कार्यसमितिले निर्वाचन प्रक्रिया अघि बढाएकोप्रति आपत्ति ...
— टी–२० विश्वकप ट्रफी बुधबार काठमाडौंको बौद्धनाथ स्तूप परिसरमा प्रदर्शन गरिएको छ । भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी पुरुष ट्वान्टी-२० विश्वकप २०२६ को ट्रफी नेपाल ल्याइएको छ । नेपाल ल्याइएको उक्त ट्रफी सोमबार मात्रै राष्ट्रपति निवास शीतल निवासमा आयोजित विश्वकप ट्रफी सार्वजनिक गरेका थिए । ट्वान्टी-२० विश्वकपको ट्रफी पहिलोपटक नेपाल ल्याइएको हो । ...
: आइसीसी टी २० विश्वकप २०२६ खेल्ने नेपाली राष्ट्रिय पुरुष टिमको जर्सी सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ(क्यान)ले आइसीसी विश्वकप २०२६ को ट्रफीसँगै विश्वकप खेल्ने जर्सी सार्वजनिक गरेको हो। नेपालको जर्सी गाढा निलो रंगमा चन्द्र र सूर्य अङ्कित रहेको छ। समर्थकहरूका लागि जर्सी नेपाली रुपैयाँ ७९९ रुपैयाँमा उपलब्ध गराउने भाटभटेनी होल्डिङका म्यानेजर आलोक ...
— राष्ट्रपति रामचन्द्र पौडेलले ट्वान्टी-२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताएका छन् । उनले यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा व्यक्त गरेका हुन् । राष्ट्रपति भवन, शीतल निवासमा सोमाबार आयोजित विश्वकप ट्रफी सार्वजनिकीकरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, 'नेपाल आज खेलप्रेमी राष्ट्रको रूपमा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम