मुख्य समाचार
मन्त्री कुलमान घिसिङले त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियमलाई उज्यालो बनाउन पाउँदा धेरै खुसी लागेको र पहिलो चरणको निर्माण सम्पन्न
मन्त्री कुलमान घिसिङले त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियमलाई उज्यालो बनाउन पाउँदा धेरै खुसी लागेको र पहिलो चरणको निर्माण सम्पन्न

— सहरी विकासमन्त्री कुलमान घिसिङले त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियमलाई उज्यालो बनाउन पाउँदा धेरै खुसी लागेको र पहिलो चरणको निर्माण सम्पन्न भएको बताएका छन् ।


नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेल सोमबारदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियममा फ्लड लाइटमा सुरु हुँदैछ ।

सहरी विकास मन्त्रालयले त्रिवि क्रिकेट स्टेडियमको पहिलो चरणको निर्माणपछि नेपाल क्रिकेट संघ (क्यान) लाई आइतबार हस्तान्तरण गरेको छ ।

उक्त कार्यक्रममा मन्त्री घिसिङले क्रिकेट रंगशालालाई उज्यालो बनाउन पाउँदा उत्साहित भएको बताए । एनपीएल आयोजना सुरु हुनु अगावै सम्पन्न गर्न दुई महिनाअगाडि नै आफू निरीक्षण गर्न आएको उल्लेख गर्दै उनले यो पहिलो चरणको निर्माण सम्पन्न भएको बताएका छन् । मन्त्री घिसिङले निर्माण कम्पनीलाई समयमा सम्पन्न गर्न लगातार आग्रह गरेको र त्यसअनुरूप समयमा सम्पन्न गरेकोमा निर्माण कम्पनीलाई धन्यवाद दिए ।
.
उनले वर्तमान सरकारले दोस्रो चरणमा त्रिवि मैदानको निर्माण गर्न टेन्डर आह्वान भइसकेको बताएका छन् । २/३ वर्षभित्र यो रंगशाला निर्माणले पूर्णता पाउने र क्रिकेट समर्थकले खुसी पाउने उनले आशा गरेको बताए । साथै मन्त्री घिसिङले टी–२० विश्वकपमा छनोट भएको नेपाली टोलीको तयारीमा सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । उनले ठूलो अन्तर्राष्ट्रिय क्रिकेट नेपालमा आयोजना गराउने माध्यम सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यहाँबाट आर्थिक श्रोत पनि बनाउने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम