मुख्य समाचार
कार्तिक पूर्णिमाको अवसरमा चार दिनसम्म पाल्पाको सत्यवती मेलाबाट ३९ लाख ७७ हजार भेटी संकलन
कार्तिक पूर्णिमाको अवसरमा चार दिनसम्म पाल्पाको सत्यवती मेलाबाट ३९ लाख ७७ हजार भेटी संकलन

— कार्तिक पूर्णिमाको अवसरमा चार दिनसम्म पाल्पाको सत्यवती मेलाबाट ३९ लाख ७७ हजार भेटी संकलन भएको छ । चिच्याएर वर माग्न पुगेका श्रद्धालुले चढाएको भेटी कार्तिक २० गते गणना सुरु भएर आइतबार सकिएको हो ।


कोलडाँडास्थित सत्यवती बज्यैको मन्दिरमा लागेको मेलामा संकलन भएको भेटी तिनाउ गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधि, समितिका प्रतिनिधि, सुरक्षाकर्मीको रोहबरमा गणना गरिएको थियो ।

मेलामा पुगेका श्रद्धालुले नगदी रसिदबाट १२ लाख १२ हजार, मेला स्थलको स्टल, परेवा बिक्री, बोका बिक्रीबाट ४ लाख ८७ हजार उठेको छ । श्रद्धालुले चढाएको भेटी २२ लाख ७७ हजार ८ सय ४५ रकम संकलन भएको सत्यवती मन्दिर ताल संरक्षण समितिका अध्यक्ष दानबहादुर गाहाले जानकारी दिए ।

जिल्लामै सबैभन्दा धेरै जनसहभागिता हुने सत्यवती तालमा लागेको मेलामा २ लाख बढी श्रद्धालुले ताल र सत्यवती बज्यै मन्दिरको दर्शन गरेको समितिले जनाएको छ । गत वर्ष भने सत्यवती तालमा लागेको मेलाबाट ३२ लाख ८१ हजार ८ सय ७० रुपैयाँ दान तथा भेटी संकलन भएको थियो । अध्यक्ष गाहाका अनुसार मेलामा भक्तजनले चाँदी र सुनका गहनासमेत सत्यवती बज्यैलाई चढाएको भेटिएको छ । श्रद्धालुले चाँदीका पाउजु, हातमा लगाउने ब्रासलेट, सुनको जन्तर र घाँटीमा लगाउने सिक्री चढाएका छन् ।

सत्यवतीमा संकलन भएको भेटीबाट मन्दिरको विकास तथा सत्यवती तालसम्म आउने सडक पूर्वाधार विकासमा खर्च गरिने समितिका अध्यक्ष गाहाले बताए ।


तिनाउ गाउँपालिका र मन्दिर व्यवस्थापन समितिको संयुक्त लगानीमा मन्दिर आउनेहरूका लागि शौचालय, सडक, खानेपानी, भक्तजन विश्रामस्थलका लागि भेटीबाट संकलन भएको रकमबाट खर्च गरिएको छ । सत्यवती जंगल क्षेत्रमा परापूर्वकालमा सत्यवती बज्यै जंगलको बिचमा तपस्या गरेपछि शक्ति प्राप्त गरेको किंवदन्ती छ ।

सत्यवती बज्यै कानले नसुन्ने बहिरी भएकाले भक्तजनले सत्यवती ताल नजिकै पुगेर चिच्याएर मनमा चिताएको वर माग्ने गर्छन् । बज्यैले मागेको वर पूरा गरिदिने जनविश्वासका आधारमा पुनः भाकल अनुसार श्रद्धालु आउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनामा निवेदन दर्ता भएको छ । राजदूत फिर्ता बोलाउने निर्णय पालना नगरेको भन्दै अधिवक्ता प्रेम सिलवालले अवहेलना निवेदन दायर गरेका हुन् । सर्वोच्च अदालतले राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश जारी भएपछि सरकारले परराष्ट्र मन्त्रालयमै हाजिर हुन निर्देशन दिएको थियो । हाल राजदूतहरु परराष्ट्रमै हाजिर भइरहेका छन् । अधिवक्ता ...
— जीपको छतबाट जस्तापाता खसेर लाग्दा गाडीमा सवार एक जना यात्रुको मृत्यु भएको छ । तम्घासबाट निस्ती जाँदै गरेको ग ३ च ४२६० नम्बरको डबल क्याप जीप मुसिकोट नगरपालिका-२ ठाँटी निस्तीमा उकालो बाटोमा जाँदै गर्दा छतमा राखिएको जस्तापाता खसेका थिए । जस्तापाताले टाउकोमा लागेर अचेत अवस्थामा रहेका सवार यात्रु सोही ठाउँका ४९ वर्षीय मीनबहादुर विकको मृत्यु ...
— सवारी दुर्घटनामा परी झापामा एक जनाको मृत्यु भएको छ । गौरादह नगरपालिका–१ गैरिया चोक नजिक भएको ‘अटो’ दुर्घटनामा परी ३७ वर्षीया खुश्बु खातुनको मृत्यु भएको हो । गत कात्तिक २१ गते साँझ गैरीया चोकबाट गौरादहतर्फ जाँदै गरेको मे १–ह ५७५४ नं को अटो धानलोड गरिरहेको प्रदेश १–०२–००१ ख ९०९३ नं को मिनी ट्रकको पछाडि ठक्कर ...
— मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले पदमुक्त गरेका ५ प्रदेश सभा सदस्यहरूको पक्षमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले सोमबार उक्त आदेश जारी गरेको हो । उर्मिलादेवी सिंह (नागरिक उन्मुक्ति पार्टी), मनिषकुमार सुमन (जसपा), संजयकुमार यादव (जसपा), सिंहासन साह कलवार (जसपा) र शारदाशंकरप्रसाद कलवार (जसपा)ले सभामुख ...
— मोरङ हुँदै झापा छिरेको हात्तीको बथान अहिले शिवसताक्षीस्थित रतुवामाई वृक्षरोपण आयोजनाअन्तर्गतको वन क्षेत्रमा रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । २५–३० वटाको संख्यामा हुल बाँधेर बच्चासहित हात्तीको बथान झापा छिरेपछि जिल्लाको उत्तरी क्षेत्रमा सतर्कतासहित माइकिङ तथा गस्ती सुरु गरिएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार शनिबारै शिवसताक्षीस्थित वन क्षेत्रमा आइपुगेको हात्तीको ...