मुख्य समाचार
आफ्नै पार्टीबाट निर्वाचित पालिका अध्यक्षको घर जलाउने पक्राउ
आफ्नै पार्टीबाट निर्वाचित पालिका अध्यक्षको घर जलाउने पक्राउ

: जेनजी आन्दोलनका क्रममा आफ्नै पार्टीबाट निर्वाचित गाउँपालिका अध्यक्षको घरमा आगजनी गर्ने नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका क्षेत्रीय अध्यक्षसहित चार जनालाई पूर्वी नवलपरासी(नवलपुर) प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पूर्वी नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा ‘ख’का तरुण दल अध्यक्ष अमित गिरीसहित चार जना छन्। उनीहरुलाई हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेको घरमा आगजनी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डफएसपी मधु नेपालले जानकारी दिए। अध्यक्ष पाण्डे नेपाली कांग्रेसबाट निर्वाचित हुन। ‘उनीहरु कुन दलमा थिए थाहा भएन, प्रमाणका आधारमा पछिल्लो पटक पक्राउ पर्ने चार जना गाउँपालिका अध्यक्ष पाण्डेको घरमा आगजनी गर्ने हुन्’, डीएसपी नेपालले भने।


अध्यक्ष पाण्डेलगायत जनप्रतिनिधिहरूको किटानी जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। योसँगै आगजनी र तोडफोडको अभियोगमा जिल्लामा पक्राउ पर्नेको संख्या ११ पुगेको छ। यसअघि हुप्सेकोट गाउँपालिकाको प्रहरी चौकीमा आगजनी गर्ने ७ जनालाई अदालतमा म्याद थप गरेर मुद्दा चलाइएको डीएसपी नेपालले बताए।


भदौ २४ गते संगठन परित्याग गरेको भन्दै फेसबुकमा स्ट्याटस लेखेका कावासोती नगरपालिका-८ बस्ने गिरी त्यसअघि प्रदेश सभा‘ख’ को अध्यक्ष रहेको तरुण दलका जिल्ला अध्यक्ष राजन सुवेदीले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनामा निवेदन दर्ता भएको छ । राजदूत फिर्ता बोलाउने निर्णय पालना नगरेको भन्दै अधिवक्ता प्रेम सिलवालले अवहेलना निवेदन दायर गरेका हुन् । सर्वोच्च अदालतले राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश जारी भएपछि सरकारले परराष्ट्र मन्त्रालयमै हाजिर हुन निर्देशन दिएको थियो । हाल राजदूतहरु परराष्ट्रमै हाजिर भइरहेका छन् । अधिवक्ता ...
— जीपको छतबाट जस्तापाता खसेर लाग्दा गाडीमा सवार एक जना यात्रुको मृत्यु भएको छ । तम्घासबाट निस्ती जाँदै गरेको ग ३ च ४२६० नम्बरको डबल क्याप जीप मुसिकोट नगरपालिका-२ ठाँटी निस्तीमा उकालो बाटोमा जाँदै गर्दा छतमा राखिएको जस्तापाता खसेका थिए । जस्तापाताले टाउकोमा लागेर अचेत अवस्थामा रहेका सवार यात्रु सोही ठाउँका ४९ वर्षीय मीनबहादुर विकको मृत्यु ...
— सवारी दुर्घटनामा परी झापामा एक जनाको मृत्यु भएको छ । गौरादह नगरपालिका–१ गैरिया चोक नजिक भएको ‘अटो’ दुर्घटनामा परी ३७ वर्षीया खुश्बु खातुनको मृत्यु भएको हो । गत कात्तिक २१ गते साँझ गैरीया चोकबाट गौरादहतर्फ जाँदै गरेको मे १–ह ५७५४ नं को अटो धानलोड गरिरहेको प्रदेश १–०२–००१ ख ९०९३ नं को मिनी ट्रकको पछाडि ठक्कर ...
— मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले पदमुक्त गरेका ५ प्रदेश सभा सदस्यहरूको पक्षमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले सोमबार उक्त आदेश जारी गरेको हो । उर्मिलादेवी सिंह (नागरिक उन्मुक्ति पार्टी), मनिषकुमार सुमन (जसपा), संजयकुमार यादव (जसपा), सिंहासन साह कलवार (जसपा) र शारदाशंकरप्रसाद कलवार (जसपा)ले सभामुख ...
— मोरङ हुँदै झापा छिरेको हात्तीको बथान अहिले शिवसताक्षीस्थित रतुवामाई वृक्षरोपण आयोजनाअन्तर्गतको वन क्षेत्रमा रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । २५–३० वटाको संख्यामा हुल बाँधेर बच्चासहित हात्तीको बथान झापा छिरेपछि जिल्लाको उत्तरी क्षेत्रमा सतर्कतासहित माइकिङ तथा गस्ती सुरु गरिएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार शनिबारै शिवसताक्षीस्थित वन क्षेत्रमा आइपुगेको हात्तीको ...