मुख्य समाचार
क्रिकेट खेलमैदान आसपास भिडभाड नगर्न प्रहरीको आग्रह
क्रिकेट खेलमैदान आसपास भिडभाड नगर्न प्रहरीको आग्रह

— नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालयस्थित अन्तर्राष्ट्रिय क्रिकेट खेलमैदान आसपास क्षेत्रमा अनावश्यक भिडभाड नगर्न आग्रह गरेको छ ।


जिल्ला प्रहरी परिसर काठमाडौँले सूचना जारी गर्दै आजदेखि नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका खेल सुरु भएकाले खेलमैदानबाहिर भिडभाड नगर्न आग्रह गरेको हो ।

प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले आजको खेलका सम्पूर्ण टिकट बिक्री भइसकेको जानकारी सम्बन्धित निकायबाट प्राप्त भएकाले खेलमैदानबाहिर गएर अनावश्यक भिडभाड नगर्न आग्रह गरेका हुन् ।

प्रहरीले खेलप्रेमीलाई आफ्नो अनुकूल स्थानमा रहेर हेर्न, खेलस्थलको बाहिर भिड नगरिदिनुहुन र सुरक्षा व्यवस्थापन गर्ने कार्यमा प्रहरीलाई सहयोग गरी नागरिक दायित्व निर्वाह गर्नसमेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसीसी राइजिङ स्टार्स एसिया कपमा नेपालले मंगलबार पाकिस्तान शाहीन्ससँग खेल्दैछ। समूह चरणको अन्तिम खेलमा नेपाललाई सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न जित्नैपर्ने दबाब छ। तर नेपालको छनोट समीकरण बिहान हुने भारत ए र यूएईबीचको खेलको नतिजामा पनि निर्भर हुनेछ। नेपालले पहिलो खेलमा भारत ए सँग २६ रनमै अलआउट हुँदै ३०६ रनको फराकिलो हार बेहोरेको थियो। दोस्रो खेलमा ...
। कुशल भुर्तेलको अलराउन्ड प्रदर्शन तथा सन्दीप लामिछानेको शानदार बलिङ प्रदर्शनमा नेपालले कतारमा जारी राइजिङ स्टार्स एसिया कपमा पहिलो जित हासिल गरेको छ । आइतबार भएको खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको हो । १२२ रनको लक्ष्य नेपालले २२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । यो नेपालको १००औं ओडीआई खेल थियो । नेपालले यस खेलमा ...
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ। शनिबार भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम च्याम्पियन बनेको हो। लुम्बिनीले दिएको १ सय ५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै बिना विकेट क्षति पूरा गर्‍यो। सुदूरपश्चिमका जर्ज मुन्सेले ४९ बलमा शतक पूरा गरे। उनले ८ चौका र ८ छक्का प्रहार गरे। विनोद भण्डारीले ...
। नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइन सट्टेबाजी गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । सट्टेबाजीको आरोपमा दाङ लमही नगरपालिका–५ रातोडाँडास्थित जस्मिन होटल एण्ड लजबाट ५ जनालाई प्रक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा १ जना नेपाली र ४ जना भारतीय नागरिक छन् । उक्त स्थानबाट सट्टेबाजीको कारोबारमा प्रयोग भएका विभिन्न कम्पनीका डेस्कटप कम्प्युटर २ ...
। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) बाट निलम्बन फुकुवा हुने प्रक्रिया अगाडि बढेको बताएका छन् । थाइल्यान्डमा फिफा र एसियन फुटबल महासंघ (एएफसी) संग छलफल गरी स्वदेश फर्किएका पोखरेलले नेपाली फुटबलको बारेमा फिफा र एएफसी सकारात्मक रहेको बताएका हुन् । ‘फिफाले नै निलम्बन फुकुवा गर्ने प्रक्रिया अगाडि बढाउछ । त्यसपछी सहमतिअनुसार डिसेम्बरसम्ममा ...