मुख्य समाचार
‘न्यु ग्लेन’ नामक अन्तरिक्षयान मंगल ग्रहतर्फ पठाएका छन्
‘न्यु ग्लेन’ नामक अन्तरिक्षयान मंगल ग्रहतर्फ पठाएका छन्

— अमेरिकी अर्बपति जेफ बेजसको अन्तरिक्षसम्बन्धी कम्पनी ब्लु अरिजिनले बिहीबार मात्रै ‘न्यु ग्लेन’ नामक अन्तरिक्षयान मंगल ग्रहतर्फ पठाएका छन् ।


अमेरिकी अन्तरिक्ष एजेन्सी नासासँगको सहकार्यमा ‘एनजी-२’ नाम दिइएको यस मिसनमा न्यु ग्लेनले ब्लु र गोल्ड नामक दुईवटा भूउपग्रह मंगलको कक्षमा पुर्‍याउने योजना छ । यो यान केही समयका लागि अन्तरिक्षमै रहने र पृथ्वी-मंगलबीचको रेखांकन मिलेपछि मात्रै त्यता उड्नेछ । सन् २०२७ ब्लु अरिजिन मार्सको कक्षमा पुग्ने समय तालिका छ ।

नासाको इस्पेकेड प्रोग्रामअन्तर्गत सञ्चालित यस मिसनले मंगलको वायुमण्डल र सौर्यवायु (सोलार विन्ड) सँग यसको सम्पर्कबारे अध्ययन गर्नेछ । कुल ३ सय २२ फुट अग्लो न्यु ग्लेन रकेटमा सातवटा बीई-४ इन्जिन छन् । मौसमका कारण कैयौंपटक प्रक्षेपण रद्द गर्दै अन्तत: फ्लोरिडाको केप क्यानाभेरलबाट यान प्रक्षेपण गरिएको थियो ।

नासा साइन्सका अनुसार इस्केपेड स्याटलाइटहरूले मंगलको परिक्रमा गर्दै भविष्यका सम्भावित मानव मिसनका लागि महत्वपूर्ण जानकारी पठाउनेछन् । ब्लु अरिजिनका लागि यो निकै महत्वपूर्ण क्षण रहेको छ । किनभने कम्पनीले यसअघि नासास्तरका वैज्ञानिक अन्तरिक्ष अभियानमा काम गरेको थिएन ।

नासाले यो मिसनका लागि लगभग ५ करोड ५० लाख डलर खर्च गरेको थियो । त्यसमध्ये ब्लु अरिजिनलाई न्यु ग्लेनको उडान शुल्कबापत १ करोड ८० लाख डलर भुक्तानी गरिएको थियो । यस मिसनको सबैभन्दा ठूलो सफलता न्यु ग्लेनको पुन: प्रयोग गर्न मिल्ने रकेट (फर्स्ट-स्टेज बुस्टर) को अवतरण थियो । कुल १७ तला अग्लो यो बुस्टर जेफ बेजसकी आमाको सम्मानमा ‘ज्याक्लिन’ नाम दिइएको जहाजमा सफलतापूर्वक अवतरण गरेको थियो । ब्लु अरिजिनका सीईओ डेभ लिम्पले यसलाई ठूलो सफलता भएको उल्लेख गरेका छन् ।

यो साता बेजसको ब्लु अरिजिनको चर्चा भइरहे पनि मंगल ग्रहसम्बन्धी महत्वा‌ंक्षी अभियानहरूमा अर्का अर्बपति इलन मस्कको कम्पनी स्पेस एक्स प्रभावशाली रहँदै आएको छ । मस्कले मंगलमा दीर्घकालीन मानव बस्ती खडा गर्ने र त्यसका लागि स्पेस एक्सले बनाएको स्टारसिप रकेटमार्फत अन्तरग्रहमा आवत-जावतको परिकल्पना गरेका छन् । स्पेस एक्सले स्टारसिपका एकभन्दा बढी यान बनाएर परीक्षण उडानसम्म गरिसकेको छ । मानवसहितको प्रक्षेपणका लागि पनि तयारी भइरहेको मस्कले बताउने गरेका छन् ।

स्पेस एक्सले सन् २०२६ सम्ममा पहिलो स्टारसिप प्रक्षेपण गर्ने तयारी गरिरहेको छ । तस्बिर: स्पेसएक्स

सन् २०२५ सम्ममा नासा र निजी कम्पनीहरूले ५० भन्दा धेरै मिसनहरू मंगल ग्रहमा पठाइसकेका छन् । त्यसमा अर्बिटर (परिक्रमा गर्ने यान), ल्यान्डर (अवतरण गर्ने यान) र रोभर (गुड्ने यान) हरू छन् । त्यहाँ अहिले पर्सिभरेन्स रोभर, क्युरोसिटी र इनसाइटजस्ता २० भन्दा धेरै सक्रिया भूउपग्रह र रोबटमा आधारित अन्वेषक (रोबोटिक एक्स्प्लोरर) हरू छन् ।

मंगल ग्रहको अवलोकनका लागि नासाको मार्स रिकन्साइन्स अर्बिटर, ईएसको मार्स एक्सप्रेस वा भारतको मंगलयानजस्ता उच्च-क्षमताका दूरबिन (टेलिस्कोप) हरू निर्माण गरिएका छन् । यस्ता टेलिस्कोप कुनै पृथ्वीमै छन् भने कुनै अन्तरिक्षमा छन् ।

यिनले मंगलको भूबनोट, मौसम र जीवनको सम्भावनाबारे पृथ्वीमा रहेका वैज्ञानिकहरूलाई बुझ्न मद्दत पुग्ने विभिन्न सूचना, तस्बिर, भिडियो पठाइरहेका छन् । कतिपयले त्यहाँको बालुवा, चट्टानजस्ता स्रोतको नमुना संकलन गर्ने गरेका छन्, जुन अर्को यानबाट पृथ्वीमा ल्याई अध्ययन गरिन्छ ।

मंगल ग्रहको अन्वेषणका लागि नासा, ईएसए, स्पेस एक्स, ब्लु अरिजिनसँगै अन्य एजेन्सीहरूले संयुक्त रूपमा १ सय अर्ब डलरभन्दा धेरै खर्च गरिसकेका छन् । ब्लु अरिजिनको न्यु ग्लेन निर्माण गर्न मात्रै अर्बौँ डलर खन्याइएको थियो । यसको सफल प्रक्षेपणले भविष्यका कर्मसियल पेलोड्स (पैसा तिरेर आफ्ना सामान अन्तरिक्षमा पठाउने) र मानवसहितको उडानका लागि बाटो खोलेको विश्लेषण भइरहेको छ ।

सन् २०२१ मा मंगल ग्रहको जेजिरो क्रेटरनजिक अवतरण गरेको नासाको पर्सिभरेन्स रोभर । प्रतिघण्टा ७९ हजार किलोमिटरको गतिमा उडेको यस यानलाई पृथ्वीबाट मंगलमा पुग्न ८ महिना लागेको थियो । तस्बिर: न

मंगल ग्रहसम्बन्धी खोज, अनुसन्धान र भविष्यमा त्यहाँ मानव उपनिवेश खडा गर्ने प्रयत्नमा अमेरिका, चीन, भारत, युरोपेली संघ र संयुक्त अरब इमिरेट्स मुख्य रूपमा लागिपरेका छन् । अमेरिकाले मंगलको सतह, वायुमण्डल र प्राचिन जीवनको संकेतसम्बन्धी अनुसन्धानमा जोड दिएको छ ।

सन् २०३० मा मंगलमा मानव मिसनको तयारी पनि अमेरिकाले गरिरहेको बुझिन्छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ ग्रहण गरेकै दिन इलन मस्कलाई छेउमा राखेर जतिसक्दो छिटो मंगलमा अमेरिकी अन्तरिक्ष यात्रीद्वार राष्ट्रिय झन्डा गाडेरै छोड्ने घोषणा गरेका थिए ।

चीनले ताइवेन-१ अभियानअन्तर्गत अर्बिटर, ल्यान्डर र झुरुङ रोभर मंगलमा पठाएको छ । भारतले पनि सन् २०१३ देखि नै मंगल ग्रहको खोज र अनुसन्धानमा प्रयत्न गर्दै आएको छ । त्यो बेला मंगलयान पठाएको भारतले सन् २०३० सम्ममा मंगलयान-२ प्रक्षेपण गर्ने लक्ष्य लिएको छ । मंगलयान-१ मा अर्बिटर मिसन रहेकोमा २ मा भने ल्यान्डर नै पठाउने भारतको तयारी छ । संयुक्त अरब इमिरेट्सले सन् २०२१ मा होप प्रोब पठाएको थियो । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फिलीपिन्सको पालावान प्रान्तस्थित कोरोन क्षेत्र नजिकै समुद्रमा एक यात्रुवाहक फेरीमा भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ,भने ८७ जना यात्रु बेपत्ता भएका छन्। 'एमभी जुनियर एस्टर' नामको उक्त फेरी फिलिपिन्सको राजधानी मनिलाबाट पालावान प्रान्तको पर्यटकीय क्षेत्र कोरोनतर्फ जाँदै गर्दा अचानक आगलागी भएको हो। दुर्घटनाको खबर पाउनेबित्तिकै खटिएका कोस्ट गार्ड र उद्धारकर्ताहरूको टोलीले हालसम्म ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध आगामी नोभेम्बरमा हुने मध्यावधि (मिडटर्म) निर्वाचनलगत्तै समाप्त हुन सक्ने दाबी गरेका छन्। बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरान अब लामो समयसम्म युद्ध जारी राख्ने स्थितिमा नरहेको बताए। त्यसैगरी, निर्वाचन अघिसम्म इन्धनको मूल्य घट्ने सम्भावना नरहेको संकेत पनि उनले गरे। 'मलाई लाग्छ निर्वाचनको लगत्तै युद्ध सकिनेछ, किनभने उनीहरू ...
: पाकिस्तानले 'मक्का रक्षा सम्झौता' का तीन सदस्य राष्ट्रमध्ये कुनै एकमाथि आक्रमण भएमा त्यसलाई तीनै देशमाथिको संयुक्त आक्रमण मानिने स्पष्ट पारेको छ। उक्त प्रावधानका विषयमा कसैलाई पनि कुनै अन्योल नरहन पाकिस्तानले चेतावनी दिएको छ। बीबीसी फारसीलाई उद्धृत गर्दै पाकिस्तानी रक्षा मन्त्री ख्वाजा आसिफले साउदी अरबमाथि यमनका हुथी विद्रोहीहरूले शृङ्खलाबद्ध हमला गरेपछि यो सम्झौता लागू हुन सक्ने ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानेडियन मदिरा, केही दुग्धजन्य पदार्थ र ठूला मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। यस कदमले भन्सार महसुलबाट सुरु भएको व्यापार युद्धलाई अझ उग्र बनाएको छ। दशकौंदेखि आपसमा जोडिएको दुई देशको व्यापारिक सम्बन्धमा यस निर्णयले गम्भीर खटपट ल्याएको छ। यसले सीमाका दुवैतर्फका व्यवसायी तथा उपभोक्ताहरूलाई ठूलो असर पुर्याउने सम्भावना बढाएको छ। यो आयात ...
। इरानको रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) निकट समाचार एजेन्सीहरूले जोर्डनमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा मिसाइल आक्रमण भएको दाबी गरेका छन् । इरानी मिसाइलहरूले पूर्वी जोर्डनस्थित प्रिन्स हसन सैन्य आधार शिविरलाई निशाना बनाएको दाबी छ । इरानी स्रोतहरूले जोर्डनमा भएका मिसाइल आक्रमणको पहिलो चरणसँग सम्बन्धित धेरै भिडियो फुटेज प्रकाशित गरेका छन् । तीमध्ये केही भिडियोमा ‘इरानी मिसाइलहरू ...