मुख्य समाचार
ट्रम्पले जेफ्री इप्स्टेनसँग जोडिएका फाइलहरु खोल्नका लागि मतदान गर्न रिपब्लिकन पार्टीका तल्लो सदन (हाउस) सांसद्हरुलाई आव्हान गरेका छन्
ट्रम्पले जेफ्री इप्स्टेनसँग जोडिएका फाइलहरु खोल्नका लागि मतदान गर्न रिपब्लिकन पार्टीका तल्लो सदन (हाउस) सांसद्हरुलाई आव्हान गरेका छन्

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेफ्री इप्स्टेनसँग जोडिएका फाइलहरु खोल्नका लागि मतदान गर्न रिपब्लिकन पार्टीका तल्लो सदन (हाउस) सांसद्हरुलाई आव्हान गरेका छन् । आफ्नो पूर्व अडानबाट निर्णयबाट पछि हट्दै ट्रम्पले यस्तो आव्हान गरेका हुन् ।

‘हाउसका रिपब्लिकनहरुले इप्स्टेन फाइलहरु सार्वजनिक गर्नका लागि भोट गर्नुपर्छ । किनकी, हामीसँग लुकाउनुपर्ने केही छैन,’ आइतबार राति उनले आफ्नै स्वामित्वमा रहेको सामाजिक सञ्जाल ट्रुथमा लेखे ।

यसअघि नै रिपब्लिकन पार्टीका दर्जनौ सांसद्हरुले दस्तावेज सार्वजनिक गर्नका लागि मत गर्ने संकेत गरिसकेका थिए । यसै साता हाउसमा त्यस्तो विषयमा मतदान हुँदैछ , जसले न्याय विभागलाई सार्वजनिक रुपमा ती फाइलहरु खोल्न बाध्य गराउने छ । हाउसमा यस फाइल खोल्नका लागि पर्याप्त मत छ । र, सिनेटबाट पास हुने/ नहुने स्पष्ट भइसकेको छैन ।

व्यवसायी जेफ्री इप्स्टेनको सन् २०१९ मा जेलमै शंकास्पद मृत्यु भएको थियो । उनले क्यारेबिया समुद्र आसपास आलिसान रिसोर्टहरु सञ्चालन गर्ने र त्यहाँ किशोरीहरुलाई लगेर धनाढ्यहरुको सेवा गर्न लगाउने गरेको आरोप छ ।

यसक्रममा यौन दुव्यर्हार भएको गुनासो किशोरीहरुले गरेका छन् । बेलायतका अधिराजकुमार एन्ड्रयुले इप्स्टेनसँगको आफ्नो सम्बन्धलाई लिएर विवाद भएपछि दरबार छाड्ने निर्णय गरिसकेका छन् । यस्ता धेरै हाइप्रोफाइल व्यक्ति, राजनीतिज्ञ तथा व्यवसायी यस प्रकरणमा जोडिएका छन् ।

विगतमा इप्स्टेनसँग ट्रम्पको पनि सम्बन्ध रहेको आरोप लाग्दै आएको छ । इप्स्टेनका लिक फाइलहरुमा ट्रम्पको नाम पनि उल्लेख छ । यसलाई ट्रम्पले खारेज गर्दै आएका छन् । उनले राजनीतिक स्वार्थका लागि डेमोक्रेटिक पार्टीले आफुविरुद्ध गलत हल्ला फैलाएको दाबी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फिलीपिन्सको पालावान प्रान्तस्थित कोरोन क्षेत्र नजिकै समुद्रमा एक यात्रुवाहक फेरीमा भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ,भने ८७ जना यात्रु बेपत्ता भएका छन्। 'एमभी जुनियर एस्टर' नामको उक्त फेरी फिलिपिन्सको राजधानी मनिलाबाट पालावान प्रान्तको पर्यटकीय क्षेत्र कोरोनतर्फ जाँदै गर्दा अचानक आगलागी भएको हो। दुर्घटनाको खबर पाउनेबित्तिकै खटिएका कोस्ट गार्ड र उद्धारकर्ताहरूको टोलीले हालसम्म ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध आगामी नोभेम्बरमा हुने मध्यावधि (मिडटर्म) निर्वाचनलगत्तै समाप्त हुन सक्ने दाबी गरेका छन्। बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरान अब लामो समयसम्म युद्ध जारी राख्ने स्थितिमा नरहेको बताए। त्यसैगरी, निर्वाचन अघिसम्म इन्धनको मूल्य घट्ने सम्भावना नरहेको संकेत पनि उनले गरे। 'मलाई लाग्छ निर्वाचनको लगत्तै युद्ध सकिनेछ, किनभने उनीहरू ...
: पाकिस्तानले 'मक्का रक्षा सम्झौता' का तीन सदस्य राष्ट्रमध्ये कुनै एकमाथि आक्रमण भएमा त्यसलाई तीनै देशमाथिको संयुक्त आक्रमण मानिने स्पष्ट पारेको छ। उक्त प्रावधानका विषयमा कसैलाई पनि कुनै अन्योल नरहन पाकिस्तानले चेतावनी दिएको छ। बीबीसी फारसीलाई उद्धृत गर्दै पाकिस्तानी रक्षा मन्त्री ख्वाजा आसिफले साउदी अरबमाथि यमनका हुथी विद्रोहीहरूले शृङ्खलाबद्ध हमला गरेपछि यो सम्झौता लागू हुन सक्ने ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानेडियन मदिरा, केही दुग्धजन्य पदार्थ र ठूला मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। यस कदमले भन्सार महसुलबाट सुरु भएको व्यापार युद्धलाई अझ उग्र बनाएको छ। दशकौंदेखि आपसमा जोडिएको दुई देशको व्यापारिक सम्बन्धमा यस निर्णयले गम्भीर खटपट ल्याएको छ। यसले सीमाका दुवैतर्फका व्यवसायी तथा उपभोक्ताहरूलाई ठूलो असर पुर्याउने सम्भावना बढाएको छ। यो आयात ...
। इरानको रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) निकट समाचार एजेन्सीहरूले जोर्डनमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा मिसाइल आक्रमण भएको दाबी गरेका छन् । इरानी मिसाइलहरूले पूर्वी जोर्डनस्थित प्रिन्स हसन सैन्य आधार शिविरलाई निशाना बनाएको दाबी छ । इरानी स्रोतहरूले जोर्डनमा भएका मिसाइल आक्रमणको पहिलो चरणसँग सम्बन्धित धेरै भिडियो फुटेज प्रकाशित गरेका छन् । तीमध्ये केही भिडियोमा ‘इरानी मिसाइलहरू ...