मुख्य समाचार
मध्यरातमा भक्तपुरस्थित निवासबाटै मेडिकल व्यवसायी प्रसाईं पक्राउ
मध्यरातमा भक्तपुरस्थित निवासबाटै मेडिकल व्यवसायी प्रसाईं पक्राउ

: राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार मध्यरातमा भक्तपुरस्थित निवासबाटै मेडिकल व्यवसायी प्रसाईं पक्राउ गरेका हुन्।

प्रसाईंका एक निकटस्थ सहयोगीका अनुसार सुतिसकेका प्रसाईंलाई पक्राउ गर्न ठूलो संख्यामा प्रहरी टोली मध्यरातमा निवासमा पुगेको थियो ।


मेडिकल व्यवसायी प्रसाईंको निवासबाट उनलाई निकाल्दै गरिएको भिडियोसमेत सार्वजनिक भएको छ । भिडियोमा प्रसाईंले आफू गाडी चढ्दै गरेको खिच्न भनिरहेका छन्।


उनले सोमबार दिउँसो पत्रकार सम्मलेन गरेका थिए। पत्रकार सम्मेलनपश्चात प्रधानमन्त्री सुशिला कार्कीमाथि प्रश्न उठाउँदै प्रसाईंले आफ्नो फेसबुकमा भिडियो समेत सार्वजनिक गरेका थिए।

प्रसाईंले मंसिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका छन्। आन्दोलनको तयारीमा रहेका उनी राति पक्राउ परेका हुन् । यस अगाडि गृह मन्त्रालयमा प्रसाईंका तर्फबाट २६ बुँदे माग पत्र पेश भएको थियो। माग पूरा नभए शान्तिपूर्ण आन्दोलन हुने प्रतिबद्धता जनाएको थियो ।

गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार बोलाएको सुरक्षा समिति बैठकमै पनि प्रसाईंलाई नियन्त्रणमा लिनेबारे छलफल भएको स्रोतको भनाई छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका नेता महेश बस्नेत केपी ओलीले निर्माण गरेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको कुलमान घिसिङले जुँगा मुसार्दै उद्घाटन गरेको टिप्पणी गरेका छन् । राष्ट्रिय युवा संघ नेपालले सोमवार आयोजना गरेको कार्यक्रममा उनले एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएपछि पहिलो निर्णय नै क्रिकेट रंगशाला बनाउने गरेको स्मरण गरे । क्रिकेट स्टेडियम तीव्र गतिमा बनाउने लक्ष्य लिएपनि ...
। नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले दलित भन्दै विभेद गर्ने हरूलाई आजीवन काराबासको हुने व्यवस्था गर्नुपर्ने बताएका छन् । सोमबार सिंहदरवारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सो प्रस्ताव गरेका हुन् । अहिले पनि संविधानमा नै दलित शब्द राख्ने काम पापकर्म भएको जिकिर गर्दै नेता गौतमले सो ...
। ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट कटहरिया नगरपालिका–१ ठेगाना भएका आकाश प्रसाद कुशवाहा छन् । नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) क्वालालम्पुरको समन्वयमा मलेसियामा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्न नेपाल फिर्ता ल्याइएको छ । उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास ...
। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सतर्कता केन्द्रलाई ४ बुँदे निर्देशन दिएकी छिन् । सार्वजनिक निकायहरुबाट हुने ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार सम्बन्धमा प्राप्त उजुरीका सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रको भूमिका थप प्रभावकारी बनाउन प्रधानमन्त्री कार्कीले निर्देशन दिएकी हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार, राष्ट्रिय सतर्कता केन्द्रका सचिव सरजुकुमार वैद्यसँग छलफलपछि प्रधानमन्त्री कार्कीले विभिन्न निर्देशन दिएकी हुन् । त्यसक्रममा उनले जेनजी आन्दोलनको मूल ...
। राष्ट्रिय परिवर्तन पार्टीले दल दर्ताको प्रमाणपत्र पाएको छ । अध्यक्षमा राजेश पटेल रहेका छन् । पटेल गत २४ भदौमा जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्ति हुन् । यो पार्टीको चुनाव चिह्न बाँसुरी रहेको छ । गत कात्तिक २ गते दल दर्ताको निवेदन दिएका दिए । सोमबार दल दर्ताको प्रमाणपत्र पाएका हुन् । निर्वाचन आयोगबाट पार्टीको आधिकारिक ...