मुख्य समाचार
चितवन राइनोजले कर्णाली याक्ससँग खेल्दै
चितवन राइनोजले कर्णाली याक्ससँग खेल्दै

: नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई काठमाडौं गोर्खाजले ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ। दोस्रो खेलमा आज पहिलो संस्करणमा प्लेअफ खेलेका २ टिमबिच प्रतिस्पर्धा हुँदैछ।




पहिलो सिजनमा तेस्रो भएको टोली चितवन राइनोजले चौथो भएको कर्णाली याक्ससँग खेल्दैछ। चितवन राइनोजको कप्तानी युवा खेलाडी मार्की कुशल मल्लले गर्दैछन्। कर्णाली याक्सको कमाण्ड सोमपाल कामीले सम्हालेका छन्।


एक युवा प्रतिभा त अर्का अनुभवी दुई राष्ट्रिय टोलीका खेलाडीको कप्तानीको परीक्षण मंगलबारको पहिलो हेडरको खेलमा हुनेछ। चितवन र कर्णाली दुवै टिमले नेपाली प्रशिक्षकलाई विश्वास गरेका छन् । कर्णाली याक्सको प्रशिक्षकमा नेपाली राष्ट्रिय टिमका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्ल रहेका छन्।


त्यस्तै, चितवनको प्रशिक्षकमा कलाम अली रहेका छन्। यी दुई नेपाली प्रशिक्षकको प्रशिक्षणको रुपमा यी दुई टोली पहिलो जितको खोजीमा रहनेछन्।

पहिलो सिजनबाट कर्णालीले प्रमुख प्रशिक्षकमा ज्ञानेन्द्रलाई विश्वास गरेको छ। दोस्रो सिजनमा चितवनको प्रशिक्षक फेरिएको छ। पहिलो सिजनमा उमेश पटवाल प्रशिक्षक रहेका चितवनको गत संस्करणमा बलिङ प्रशिक्षक रहेका कलाम अलीले टिमको प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गर्दैछन्।

नेपाली युवा र विदेशी अनुभवी खेलाडीको मिश्रण चितवन

मध्य नेपालको प्रतिनिधित्व गरेको टिम हो। युवा खेलाडी कुशल मल्लको नेतृत्वमा रहेको टिमले पहिलो संस्करणको छवि सुधार्ने लक्ष्यमा हुनेछ। कलाम अलीको रणनीतिले चितवनलाई यो संस्करणमा कहाँसम्म लग्नेछ भन्ने हेर्न बाँकी छ। कलामले पहिलो खेलमा नेपाली प्रशिक्षक ज्ञानेन्द्र मल्ललाई चुनौती दिनेछन्। नेपाली युवा प्रतिभा र विदेशी खेलाडीको अनुभवले राम्रो नतिजा पस्कने सोचमा रहेको छ। पहिलो खेलबाट सकरात्मक नतिजासहित चितवन अगाडी जान चाहन्छ।

पछिल्लो समय कुशल मल्ल केही समयको अन्तरालपछि राष्ट्रिय टिममा फर्किए। उनी हाल मध्यम फर्ममा छन्। राष्ट्रिय टिममा मौका बनाउन कुरिरहेका कमल सिंह ऐरी र केही समययता राष्ट्रिय टिमको सेटअपबाट बाहिर रहेका रिजन ढकाल पनि यो एनपीएलमा राम्रो प्रदर्शनसहित पुनः राष्ट्रिय टिममा मौका बनाउन चाहन्छन्।

केही प्रतिभाशाली युवा खेलाडीहरु पनि चितवनमा रहेका छन्। यू - १९ टिमका कप्तान रहेका देव खनाल दोस्रो सिजनको एनपीएलका लागि चितवनमा अनुबन्ध भएका छन्। उनी पनि क्षमता भएका खेलाडी हुन्। दिपक बोहोरा अर्का प्रतिभाशाली युवा खेलाडी हुन्। यी युवा खेलाडीलाई अनुभवी विदेशी खेलाडीको साथ मिल्नेछ। डविड मलान, सैब जैब, रवि बोपारा, अल्पेश रमजानी यस टिममा अनुबन्ध रहेका छन्।

प्लेअर टु वाच नेपाली खेलाडीः
कुशल मल्ल
चितवन राइनोजका कप्तान कुशल मल्ल हाल आफ्नो पुरानो फर्ममा फर्कने प्रयासमा रहेका छन्। केही समयको अन्तरालमा राष्ट्रिय टिममा फर्किएका कुशल आक्रमक ब्याटर हुन्। त्रिवि क्रिकेट मैदानको राम्रो जानकारी राख्ने कुशल बायाँ हाते आक्रमक ब्याटर हुन्। उनको टिमको दिशा निर्धारणमा उनको पनि महत्वपूर्ण भूमिका हुन्छन्। शिर्ष मध्यक्रममा आउने उनले ठूलो सट खेल्न सकेर केही महत्वपूर्ण रन टिमलाई दिलाउन सकेको खण्डमा चितवनलाई सहज हुनेछ।

कमल सिंह ऐरी
राष्ट्रिय टिमको सेटअपबाट केही पर रहेका कमल सिंह ऐरी हाल अष्ट्रेलियामा क्रिकेट खेलिरहेका छन्। तीव्र गतिका बलर कमल राम्रो पेस र लेन्थमा अनुशासित खेलाडी हुन्। उनले घरेलु प्रतियोगिताहरुमा राम्रो प्रदर्शन गर्दै आइरहेका छन्। पहिलो सिजनमा चितवनका लागि महत्वपूर्ण इनिङ्स खेलेपछि उनलाई टिमले रिटेन गरेको हो।

प्लेअर टु वाच विदेशी खेलाडीः
सोहिल तान्भिर
सोहिल तान्भिर चितवनका लागि पहिलो संस्करणमा सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले पहिलो संस्करणमा ८ खेल खेल्दै १४ विकेट लिएका थिए। उनले पहिलो संस्करणमा छोडेको छापले उनलाई चितवनले रिटेन गरेको हो।

सैफ जैब
पहिलो संस्करणमा सुदूरपश्चिम रोयल्समा अनुबन्धित रहेका ब्याटिङ अलराउन्डर सैफ जैब यो संस्करणमा चितवन राइनोजमा अनुबन्ध रहेका छन्। नेपाली समर्थकमाझ राम्रो छाप छोडेका सैफ यो पटक फरक जर्सीमा आफ्नो छाप सम्झाउने प्रयासमा रहनेछन्। उनले सुदूरपश्चिम रोयल्सका लागि खेलेका केही महत्वपूर्ण ब्याटिङ इनिङ्स नेपाली खेलाडीको मस्तिकमा ताजा नै हुनुपर्छ।

युवा जोशलाई अनुभवी सोमपालको नेतृत्व

नेपालका अनुभवी बलर सोमपाल कामीको नेतृत्वमा रहेको कर्णाली याक्स पहिलो सिजनमा भन्दा माथि जान चाहन्छ। सोमपाल कामीको आर्मीमा युवा खेलाडीको बाहुल्यता छ। गुल्सन झा, विपिन प्रसाद शर्मा तथा युवराज खत्रीको जोश रहनेछ। युवा जोशलाई सोमपालको अनुभवले दीशा दिनेछ। यसमा केही नाम चलेका विदेशी खेलाडीको साथ हुनेछ।

कर्णालीले दोस्रो संस्करणमा पनि ज्ञानेन्द्रको राणनीति पछ्याउनेछ। पहिलो संस्करणमा प्लेअफसम्म डोर्याएका ज्ञानेन्द्रले यो पटक केही परिष्कृत रणनीति बनाउनेछन्। नेपाली राष्ट्रिय टिमको सहायक प्रशिक्षक रहेका ज्ञानेन्द्रले आफ्नो सिक कर्णाली याक्समाथि प्रयोग गर्नेछन्।

प्लेअर टु वाच नेपाली खेलाडीः
गुल्सन झा
नेपाली राष्ट्रिय टिमका युवा अलराउन्डर गुल्सन झा यो प्रतियोगिता अघि खासै फर्ममा छैनन्। राष्ट्रिय टिमको टी २० विश्वकप छनोटको यात्रामा उनको प्रदर्शन तारिफयोग्य थियो। उनी तल्लो मध्यक्रममा आएर टिमलाई आवश्यक परेको बेला ठूलो सट खेल्ने क्षमता राख्दछन्। उनले यो एनपीएलमा आफ्नो क्षमता सुधार्ने राम्रो मौका हो।

विपिन प्रसाद शर्मा
युवा स्पिनर विपिन प्रसाद शर्मा एनपीएलको पहिलो संस्करणको ‘फाइन्ड अफ दी टुर्नामेन्ट’ हुन्। ट्यालेन्ट हन्टबाट टिममा डेब्यु गरेका उनले हाल उमेर समूहमा आफ्नो राम्रो पकड बनाएका छन्। उनले उमेर समूहमा राष्ट्रिय टिमको कप्तानी पनि गरिसकेका छन्। पहिलो संस्करणमा बनाएको छवि सुधार्ने मौका विपिनलाई हुनेछ।

प्लेअर टु वाच विदेशी खेलाडीः

प्रियांक पञ्चाल
भारतीय क्रिकेटर प्रियांक पञ्चाल नेपाल प्रिमियर लिगमा पहिलो पटक आउन लागेका हुन्। भारतीय क्रिकेटको छवि नेपालमा प्रदर्शन गर्ने उनको हेतु हुनेछ। ३५ वर्षीय प्रियांकले भारतीय क्रिकेट टिमका लागि हङकङ सिक्सेस २०२५ खेलेका थिए। उनले गुजरातबाट रणजी ट्रफी खेल्ने गर्छन्। उनको आगमनसँगै कर्णालीको टिममा ब्याटिङ लाइनअप बलियो भएको अनुभूति भने गर्नेछ।

म्याक्स ओ’डाउड
म्याक्स ओ’डाउड डचका अनुभवी ब्याटर हुन्। एशोसियट राष्ट्रबाट आएको हुँदा उनले नेपाली पिच र समर्थकमाझ आफ्नो छवि जिवन्त राख्न चाहन्छन्। ३१ वर्षीय ओ’डाउडले नेदरल्यान्ड्सको टिमबाट ८७ वटा टी २० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। उनले एनपीएलमा आफ्नो अनुभवको जादु छर्न सक्छन्।

चितवन राइनोजको टिम :
कुशल मल्ल (कप्तान), रिजन ढकाल, विपिन रावल, दिपक बोहोरा, अमर सिंह रौटेला, रञ्जित कुमार, गौतम केसी, कमल सिंह ऐरी, देव खनाल, अजुर्न साउद, विपिन आचार्य, सौगात ढकाल, रबि बोपारा, सोहिल तान्भिर, सैफ जैब, डविड मलान, अल्पेश रमजानी

प्रमुख प्रशिक्षकः कलाम अली

कर्णाली याक्सको टिम :
सोमपाल कामी(कप्तान), गुल्सन झा, नन्दन यादव, अर्जुन घर्ती, दिपक प्रसाद डुम्रे, दिपेन्द्र रावत, युनिश विक्रम सिंह ठकुरी, विपिन प्रसाद शर्मा, पवन सरार्फ, युवराज खत्री, इम्रान शेख, मनिष थापा, विल बासिस्टो, मार्क वाट, म्याक्स ओ’डाउड, नजिबुल्लाह जद्रान, प्रियांक पञ्चाल, जय किशान कोल्सावाला

प्रमुख प्रशिक्षकः ज्ञानेन्द्र मल्ल

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम