मुख्य समाचार
मन्त्री महावीर पुनले गाउँ फर्किन जेन–जी युवाहरूलाई आग्रह
मन्त्री महावीर पुनले गाउँ फर्किन जेन–जी युवाहरूलाई आग्रह

। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले गाउँ फर्किन जेन–जी युवाहरूलाई आग्रह गरेका छन् ।

सोमवार सिंहदरबारस्थित मन्त्रालयमा जेन–जी २.० ले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उहाँले यस्तो आग्रह गरेका हुन् । उनले कतिपय मागहरू पूरा गर्न नसक्ने किसिमा रहेको भन्दै अब आगामी निर्वाचनबाट युवा जिताएर ल्याउन र आफ्नै सरकारबाट सबै मागहरू पूरा गर्न आग्रह गरे ।

आफैं निर्वाचनमा भाग लिएर जितेर आइ मागहरू पूरा गर्न उनले आग्रह गरे ।

‘अब यो तिमीहरूको सबै माग पूरा गर्ने हो भने तिमीहरू आफैं चुनाव लड्ने, सरकार बनाउने, यसपछि कुरा आफैँले गर्ने । यो भन्दा अर्को उपाय छैन । यहाँ क्यामेरा तेर्साएर बस्ने होइन,’ उनले भने, ‘यस्तो किसिमको माग मन्त्रालय आउँदै, मन्त्रीलाई माग राख्ने होइन, आफैँ गाउँ गाउँमा जाने हो । तिमीहरूको माग मात्रै पूरा गरेर हुन्छ, मेरो पनि त माग पूरा गर्नुपर्ने हुन्छ ।’

मन्त्रालय आउँदै मन्त्रीलाई ज्ञापन पत्र बुझाएर माग पूरा नहुने भन्दै आफैं गाउँ फर्किएर निर्वाचनमा भाग लिए निर्वाचन जितेर आएर आफ्नै सरकार बनाइ माग पूरा गर्न आग्रह गरे ।

‘अब जेन जीका भाई बहिनीहरू काठमाडौं बस्न छोडेर सबै आफ्नो गाउँमा जाने, युवा नेताहरू ल्याउने र यस्ता किसिमका मागहरू पूरा गर्ने । केही मागहरू विचार गर्न सकिन्छ, सबै माग पूरा गर्न सकिँदैन,’ उनले भने ।

जेन–जी २.० ले १६ वर्षको उमेरमा एस.ई.ई. पास गरी सिटिईभिटि मा पढेर देश विदेशमा काम गरी जीविका चलाउन तथा देश विकाशमा योगदान गर्न चाहाने विद्यार्थी र देशको भविष्यसँग जोडिएको प्राविधिक शिक्षाका निम्न समस्याहरूको समाधान १ हप्ताभित्र गर्न अल्टिमेटम दिएको छ ।

विद्यार्थीका मागहरू समयमा पूरा नगरे त्यस पछिको अवस्थाको जिम्मेवारी सिटिइभिटीको हुने बताएको छ । यसै वर्ष सिटिईभिटि को छनौट प्रक्रिया पूरा गरी स्टाफ नर्स पढ्न चाहेका १० हजार विद्यार्थीलाई स्टाफ नर्स पढ्ने व्यवस्था गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका नेता महेश बस्नेत केपी ओलीले निर्माण गरेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको कुलमान घिसिङले जुँगा मुसार्दै उद्घाटन गरेको टिप्पणी गरेका छन् । राष्ट्रिय युवा संघ नेपालले सोमवार आयोजना गरेको कार्यक्रममा उनले एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएपछि पहिलो निर्णय नै क्रिकेट रंगशाला बनाउने गरेको स्मरण गरे । क्रिकेट स्टेडियम तीव्र गतिमा बनाउने लक्ष्य लिएपनि ...
। नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले दलित भन्दै विभेद गर्ने हरूलाई आजीवन काराबासको हुने व्यवस्था गर्नुपर्ने बताएका छन् । सोमबार सिंहदरवारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सो प्रस्ताव गरेका हुन् । अहिले पनि संविधानमा नै दलित शब्द राख्ने काम पापकर्म भएको जिकिर गर्दै नेता गौतमले सो ...
। ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट कटहरिया नगरपालिका–१ ठेगाना भएका आकाश प्रसाद कुशवाहा छन् । नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) क्वालालम्पुरको समन्वयमा मलेसियामा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्न नेपाल फिर्ता ल्याइएको छ । उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास ...
। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सतर्कता केन्द्रलाई ४ बुँदे निर्देशन दिएकी छिन् । सार्वजनिक निकायहरुबाट हुने ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार सम्बन्धमा प्राप्त उजुरीका सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रको भूमिका थप प्रभावकारी बनाउन प्रधानमन्त्री कार्कीले निर्देशन दिएकी हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार, राष्ट्रिय सतर्कता केन्द्रका सचिव सरजुकुमार वैद्यसँग छलफलपछि प्रधानमन्त्री कार्कीले विभिन्न निर्देशन दिएकी हुन् । त्यसक्रममा उनले जेनजी आन्दोलनको मूल ...
। राष्ट्रिय परिवर्तन पार्टीले दल दर्ताको प्रमाणपत्र पाएको छ । अध्यक्षमा राजेश पटेल रहेका छन् । पटेल गत २४ भदौमा जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्ति हुन् । यो पार्टीको चुनाव चिह्न बाँसुरी रहेको छ । गत कात्तिक २ गते दल दर्ताको निवेदन दिएका दिए । सोमबार दल दर्ताको प्रमाणपत्र पाएका हुन् । निर्वाचन आयोगबाट पार्टीको आधिकारिक ...