मुख्य समाचार
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक (साउन–कात्तिक) मै सरकारको खर्च र आम्दानी बीच ठूलो अन्तर
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक (साउन–कात्तिक) मै सरकारको खर्च र आम्दानी बीच ठूलो अन्तर

। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक (साउन–कात्तिक) मै सरकारको खर्च र आम्दानी बीच ठूलो अन्तर देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आव कात्तिक मसान्तसम्म सरकारको खर्च ४ खर्ब ६८ अर्ब ८८ करोड ९४ लाख रुपैयाँ बराबर भएको छ । यो बीचमा आम्दानी भने ३ खर्ब ३३ अर्ब रुपैयाँ मात्र भएको छ ।

यस प्रकार सरकारको खर्च र आम्दानीका बीचमा १ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको खाडल देखिन्छ । यस वर्ष सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।

कात्तिकसम्म भएको बजेट खर्च लक्ष्यको २२.८७ प्रतिशत हो । पहिलो चौमासिक अवधिमा सरकारले चालु प्रकृतिको खर्च ३ खर्ब २० अर्ब ९९ करोड रुपैयाँ बराबर भएको छ ।जुन लक्ष्यको २७.१८ प्रतिशत हो ।

चालु बजेट ११ खर्ब ८० खर्ब रुपैयाँ गर्ने लक्ष्य छ । पुँजीगत खर्च भने मात्र ६.२१ प्रतिशत भएको छ । चार महिनामा २५ अर्ब ३१ करोड पुँजीगत खर्च भएको छ । यस वर्ष सरकारले ४ खर्ब ७ अर्ब रुपैयाँ बराबर पुँजीगत खर्चको लक्ष्य राखेको छ ।

वित्तीय व्यवस्थामा भने पहिलो चौमासिकमै १ खर्ब २२ अर्ब रुपैयाँ खर्च भइसकेको छ । जुन लक्ष्यको ३२.६७ प्रतिशत हो । यस वर्ष वित्तीय व्यवस्थामा ३ खर्ब ७५ अर्ब रुपैयाँ बराबर खर्च गर्ने लक्ष्य रहेको छ । खर्च र आम्दानीका बीचमा खाडल हुँदा सरकार सार्वजनिक ऋणको भर पर्नु परेको छ ।

त्यसो त सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा लक्ष्यको ७७.४९ प्रतिशत मात्र राजस्व उठाउन सकेको छ । अर्थ मन्त्रालयका अनुसार यस अवधिमा सरकारले ४ खर्ब २५ अर्ब २३ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । संकलन भने ३ खर्ब २९ अर्ब ५१ करोड रुपैयाँ मात्र भएको छ । जुन लक्ष्यको ७७.४९ प्रतिशत मात्र हो ।

यस वर्ष सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । कात्तिक महिनामा मात्र सरकारले १ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो ।

कात्तिक महिनामा संकलन भने ७८ अर्ब ३३ करोड रुपैयाँ मात्र छ । जुन ७५.४९ प्रतिशत हो । ३० कात्तिकका दिन मात्र ३ अर्ब ६८ करोड रुपैयाँ राजस्व उठेको अर्थ मन्त्रालयको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन थालेका छन् । लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन चेकपोस्टका अनुसार कोरला नाकाबाट चार हुल भेडाच्याङ्ग्रा नेपाल भित्रिएको हो । गत वर्षको भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको यहाँस्थित नेपाल–चीन उत्तरी कोरला नाकाबाट कानुनी प्रावधानअनुसार तिब्बतबाट भेडाच्याङ्ग्रा नेपाल भित्रिन थालेका हुन् । पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख एवं वरिष्ठ पशुचिकित्सक ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानी र व्यापारका पर्याप्त अवसर रहेको बताएका छन् । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री वाग्लेले नेपालमा रहेको लगानीको अवसरलाई सदुपयोग गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ । नयाँदिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई)द्वारा शनिबार आयोजित व्यापार तथा लगानी अन्तर्क्रियामा अर्थमन्त्री वाग्लेले उदीयमान ...
। सरकारले धितोपत्रको कारोबारमा हुने लाभमा लाग्ने पुँजीगत लाभ कर घटाउने भएको छ । अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३ मार्फत सेयर कारोबारमा पुँजीगत लाभकर अधिकतम ५ प्रतिशत कायम गर्ने घोषणा गरेको हो । कार्ययोजना अनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको सेयरको हकमा व्यक्तिको हकमा तीन सय पैंसठ्ठी दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको ...
। नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ । उक्त परिमाणको ग्यास ३७ लाख १३ हजार ८९४ सिलिन्डर बराबर हो । इन्डियन आयल कर्पोरेसन –आईओसी) का विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट यही सेप्टेम्बर १० तारिखसम्म थप १९ हजार २१८ मेट्रिक टन ग्यास लोडिङ भइसकेको निगमका सहप्रवक्ता ...
। नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ-४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको छ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ)नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको छ । भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी-केरुङनाका र तातोपानीनाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम