मुख्य समाचार
हलिउड स्टार टम क्रुजले ४ दशक लामो फिल्म करिअरमा पहिलोपटक अस्कर अवार्ड प्राप्त
हलिउड स्टार टम क्रुजले ४ दशक लामो फिल्म करिअरमा पहिलोपटक अस्कर अवार्ड प्राप्त

। हलिउड स्टार टम क्रुजले ४ दशक लामो फिल्म करिअरमा पहिलोपटक अस्कर अवार्ड प्राप्त गरेका छन् ।

फिल्ममा पुर्‍याएको योगदानको सम्मान गर्दै उनलाई अमेरिकी समयानुसार आइतबार राती १६ औं गभर्नस अवार्ड्स प्रदान गरिएको छ । यो अवार्ड मानार्थ अस्कर हो ।

एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेजद्वारा आयोजित समारोहमा अभिनेता क्रुजलाई पुरस्कार प्रदान गरियो ।

अवार्ड लिन मञ्चमा उत्रिएका फिल्मका यी दिग्गजले आफ्नो मन्तव्य फिल्म निर्माण गर्ने व्यक्तिप्रति समर्पित गरे । साथै, सिनेमाको एकताबद्ध शक्तिलाई महसुस गर्ने अवसरको रूपमा प्रयोग गरे ।

‘म जे गरिरहेको छु, त्यो फिल्म निर्माण होइन । यो भनेको म को हुँ भन्ने हो’ अस्कर अवार्ड ग्रहण गर्दै क्रुजले भने ।

‘सिनेमाले मलाई संसारभरि लैजान्छ’ क्रुजले भने, ‘यसले मलाई भिन्नताहरूको कदर गर्न र सम्मान गर्न मद्दत गर्छ । यसले हाम्रो साझा मानवता पनि देखाउँछ, हामी कति धेरै तरिकामा समान छौं र हामी जहाँबाट आए पनि, त्यो हलभित्र, हामी सँगै हाँस्छौं, सँगै महसुस गर्छौं, सँगै आशा गर्छौं, र त्यो यस कला रूपको शक्ति हो ।’

उनले मन्त्व्य टुंग्याए, ‘र त्यो प्रकाशको किरणले संसार खोल्ने इच्छा जगायो, र म त्यसबेलादेखि नै यसलाई पछ्याउँदै आएको छु ।’

प्रोडक्सन डिजाइनर विन थोमस र अभिनेत्री/निर्माता/नृत्यकार डेबी एलेनले पनि मानार्थ ओस्कर प्राप्त गरे । अभिनेत्री/गायक/गीतकार डली पार्टनले उनको परोपकारी कार्यको सम्मानमा जीन हर्शोल्ट मानवीय पुरस्कार प्राप्त गरिन् ।

सधैं जस्तै, गभर्नर अवार्ड यसपटक पनि दर्जनौं वर्तमान अस्करका आकांक्षीको अघि बाँडियो ।

जुनमा, जब अभिनेता क्रुजलाई पुरस्कार प्राप्तकर्ताको रूपमा घोषणा गरियो, एकेडेमीका अध्यक्ष जेनेट याङले क्रुजलाई ‘सबै समयका सबैभन्दा मान्यता प्राप्त र सर्वाधिक कमाउने अभिनेतामध्ये एक’ भनेर प्रशंसा गरिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतीय सिनेमाका वरिष्ठ तथा बहुप्रतिभावान अभिनेता नाना पाटेकर (विश्वनाथ पाटेकर) को ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। अस्पतालका डाक्टरहरूले उनलाई होसमा ल्याउन करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिएर बचाउने कोसिस गरे पनि कुनै ...
। लोकप्रिय नेपाली पप ब्यान्ड ‘मंगोलियन हार्ट’ तीन दशकपछि युरोप भ्रमणमा निस्कने भएको छ । ‘मंगोलियन हार्ट युरोप मिनी टूर २०२६’ अन्तर्गत ब्यान्डले ४ देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ । फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा टूर हुन लागेको हो । ब्यान्डको ८ सदस्यीय टोली २४ सेप्टेम्बरमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । टोलीको लिड भोकलिस्टमा राजु लामा, ...
। के-पप समूह ‘स्ट्रे किड्स’ का सदस्य ब्याङ चानले २० करोड वन (१ लाख ४४ हजार २९५ अमेरिकी डलर) दान गरेका छन् । यो रकम दक्षिण कोरियामा पुनर्स्थापना उपचार र नेपालमा गएको भीषण बाढीपछिको पुनर्लाभका कार्यमा प्रयोग हुने जेवाईपी इन्टरटेनमेन्टले शनिबार जनाएको छ । ब्याङ चानले सोल पुनस्र्थापना अस्पताल र युनिसेफका लागि कोरियाली समितिलाई १०-१० करोड ...
। गायक एड सिरनले आफ्नो पछिल्लो सांगीतिक कार्यक्रममा मञ्चमा एक्लै उपस्थित भएर आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। प्यालेस्टाइनको पक्षमा वक्तव्य दिएका अमेरिकी र्‍यापर म्याकलमोरलाई टुर प्रोग्रामबाट हटाइएपछि सिर्जित विवादलाई सम्बोधन गर्दै उनले केही ‘गल्ती’ भएको स्वीकारेका छन्। सिरनले भने, ‘म कहिल्यै पनि राजनीतिक रूपमा सक्रिय संगीतकार बन्न चाहन्नथेँ। यो घटनाले मलाई वाक् स्वतन्त्रता र विश्वकै सबैभन्दा जटिल ...
: सगरमाथा आरोहणका क्रममा गरिने साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को हङकङको हुङ होमस्थित सनबिम वाम्पो सिनेमा हलमा विशेष प्रदर्शन गरिएको छ। खचाखच दर्शकको उपस्थितिमा सम्पन्न विशेष प्रदर्शनमा हङकङमा बसोबास गर्ने नेपाली तथा भारतीय समुदायसँगै चिनियाँ, बेलायती, फिलिपिनो, अमेरिकी, इन्डोनेसियालीलगायत विभिन्न देशका दर्शकहरूको सहभागिता थियो। सगरमाथालाई ...