: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको दोस्रो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले हराएको छ।
मंगलबारको पहिलो खेलमा त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको कर्णालीले दिएको १६७ रनको विजयी लक्ष्य पछ्याएको चितवनले पावरप्लेमा २ विकेटको क्षतिमा ४१ रन बनाएको थियो।
कर्णालीले दिएको १६७ रनको लक्ष्य पछ्याएको चितवनले १९.१ ओभरमा ६ विकेट गुमाउँदै १७१ रनसहित लक्ष्य पूरा गर्यो।
चितवनका लागि रवि बोपाराले सर्वाधिक ५२ रनको अर्धशतकीय पारी खेले। उनले ३५ बलमा समान ३ चौका र ३ छक्का प्रहार गरे। एनपीएलमा उनको यो चौथो अर्धशतक हो। पहिलो संस्करणमा उनले ३ अर्धशतक प्रहार गरेका थिए।
चितवनले ओपनर डेविड मलान ६ र वान डाउन आएका देव खनाल २ रनमा पेभेलियन फर्किए।
ओपनर दीपक बोहराले ३६ बलमा ६ चौका र १ छक्कासहित ४२ रन बनाए। कुशल मल्लले १५ बलमा २ छक्कासहित २० रन बनाए। सैफ जैबले १६ बलमा २ चौका र ४ छक्कासहित ३८ रन बनाए। उनले पाँचौं विकेटको लागि रवि बोपारासँग ५१ रनको साझेदारी बनाउँदै चितवनलाई जितको नजिक पुर्याएका थिए। छैटौं विकेट रवि बोपाराको गयो। अर्जुन साउद ८ र सोहिल तान्भिर शुन्यमा अविजित रहे।
कर्णालीका लागि सोमपाल कामीले २ विकेट लिए। युनिस विक्रम सिंह ठकुरी र युवराज खत्रीले १–१ विकेट लिए।
त्यसअघि, ब्याटिङ गरेको कर्णालीका लागि ओपनर ब्याटर प्रियांक पञ्चालले सर्वाधिक ९० रन बनाए। उनले ४८ बलमा ७ चौका र ६ छक्का प्रहार गरे। अर्का ओपनर म्याक्सवेल ओ डोउडले २० र मार्क वाटले १६ रन बनाए।
पवन सर्राफ र नाजिबुल्लाह जद्रान क्रमशः २७ र ४ रनमा अविजित रहे। चितवनका लागि बलिङतर्फ सैफ जैब, रवि बोपारा र सोहिल तान्भिरले १–१ विकेट लिए। आजको दोस्रो खेल विराटनगर किंग्स र पोखरा एभेन्जर्सबिच हुनेछ।