मुख्य समाचार
नुवाकोटको एकै स्थानमा सञ्चालित १३ प्रकारका प्लास्टिक सर्जरी शिविर सम्पन्न
नुवाकोटको एकै स्थानमा सञ्चालित १३ प्रकारका प्लास्टिक सर्जरी शिविर सम्पन्न

: नुवाकोटको एकै स्थानमा सञ्चालित १३ प्रकारका प्लास्टिक सर्जरी शिविर सम्पन्न भएको छ। त्रिशूली अस्पतालमा सञ्चालित उक्त सर्जरी शिविर सम्पन्न भएको छ।


विदुर नगरपालिका, त्रिशूली अस्पताल, लायन्स क्लब अफ नुवाकोट त्रिशूली र सुष्मा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा सञ्चालित तीन दिने निःशुल्क प्लास्टिक सर्जरी शिविरको विदुर नपाकी उपमेयर प्रभा बोगटीले समापन गरिन्। उनले जलन सम्बन्धी र छालाका बिरामीहरूको सुविधाका लागि सञ्चालित उक्त शल्यक्रिया शिविरबाट आम सर्वसाधारणले लाभ लिएको बताइन्।


बोगटीले वृहत् र विशेषज्ञ रूपमा सञ्चालित उक्त शिविर प्रभावकारी भएको विश्वास व्यक्त गरिन्। उनले सो शिविरमा प्लास्टिक सर्जरी गर्न आवश्यक भएका बिरामीलाई सुविधा पुगेको बताइन्।


उक्त प्लास्टिक सर्जरी शिविर तीन दिनसम्म प्रत्येक दिन बिहान ८ बजेदेखि ३ बजेसम्म सञ्चालन गरिएको थियो। शिविरमा कुल दुई सय १४ जनाको परीक्षण गरिएको थियो।

जसमध्ये ६९ जनाको विशेष शल्यक्रियाका लागि रिसर भएको आयोजक विदुर नपाका जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीले जानकारी दिए। उनले शिविरमा जलन, दुर्घटना, जन्मजात विकृति तथा छाला सम्बन्धी बिरामीहरूले स्वास्थ्य सेवा प्रदान गरिएको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसले आसन्न १५ औं महाधिवेशनमा पार्टीका सबै तहका नेता–कार्यकर्तालाई सहभागी गराउन अन्तिम समयसम्म पहल गर्ने जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले महाधिवेशनमा कुनैपनि अग्रज नेता नछुटुन् भन्ने उद्देश्यले पार्टीले निरन्तर पहल गरिरहेको बताएका हुन् । उनका अनुसार पूर्वसभापति शेरबहादुर देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, ...
: भदौ १० गते भोटेकोसशीमा आएको बाढीबाट क्षतिग्रस्त धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनी अस्पताल पुनः सञ्चालनमा आएको छ। बाढीका कारण अस्पतालको भुइँतलामा हिलो र लेदो भरिनुका साथै औषधि, स्वास्थ्य सामग्री, उपकरण तथा अन्य सामग्रीमा क्षति पुगेको थियो। त्यसपछि अस्पतालको नियमित स्वास्थ्य सेवा प्रभावित भएको थियो। विपद्पछि अस्पतालको सरसफाइ तथा पुनःस्थापनाका लागि स्थानीयवासी, सुरक्षा निकाय, विभिन्न संघसंस्था र ...
। भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटमा पाँच शय्या अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ । त्रिशूली नदीको बाढीले त्रिशूली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढीपश्चात् फैलन सक्ने रोगको सङ्क्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले पाँच श्ययाको लेभल-१ अस्पताल विदुरमा सञ्चालमा ल्याएको हो । अस्पतालबाट विशेषज्ञ चिकित्सकमार्फत चौबिसै ...
: बाढीपछिको सम्भावित स्वास्थ्य जोखिमलाई मध्य नजर गर्दै जिल्लामा आजदेखि हैजाविरुद्धको खोप अभियान सुरू भएको छ । नौकुण्ड गाउँपालिकाबाहेक जिल्लाका चारवटा गाउँपालिकामा यो अभियान एक हप्तासम्म सञ्चालन हुनेछ जिल्ला जनस्वास्थ्य प्रमुख निर्धोज मगरले बताए । उनका अनुसार गाउँपालिका स्वास्थ्य आमा समूह र महिला स्वास्थ्य स्यंसेविका समेतको सहयोगमा स्वास्थ्यकर्मीहरूले खोप लाग्नेछन्। खोप अभियानअन्तर्गत लक्षित चार ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा सङ्क्रमणविरुद्धका खोप त्यसतर्फ पठाएको छ । आज नुवाकोटका लागि ८० हजार ५२३ डोज (२३ बक्स) हैजाविरुद्धको खोपसहित १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग पठाएको छ । रसुवामा आइतबार हेलिकप्टरमार्फत २१ हजार डोज खोप पठाइसकिएको छ । ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम