मुख्य समाचार
इटहरीबाट हराएकी मञ्जु पौडेल (निरौला)को शव धरान–४ स्थित सर्दु जलाधार क्षेत्रमा फेला
इटहरीबाट हराएकी मञ्जु पौडेल (निरौला)को शव धरान–४ स्थित सर्दु जलाधार क्षेत्रमा फेला

: सुनसरीको इटहरीबाट हराएकी मञ्जु पौडेल (निरौला)को शव धरान–४ स्थित सर्दु जलाधार क्षेत्रमा फेला परेको छ। उनको मृत्युको घटना शंकास्पद देखिएको भन्दै प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबू राईले बताए।

इटहरी उपमहानगरपालिका–२ बस्ने ३५ वर्षीया मञ्जु गत कात्तिक २४ गते बिहान ८:३० बजे घरबाट निस्किएर बेपत्ता भएकी थिइन्। परिवारजनले हराएको भनी इटहरी प्रहरीमा निवेदन दिएको तीन दिनपछि कात्तिक २७ गते धरान–०४ बौद्ध विहार नजिकको कोशी लोकमार्ग छेउमा रातो लेडिज स्विटर, कालो चप्पल, खैरो ब्याग र सल फेला परेपछि धरान प्रहरीले खोज तथा अनुसन्धान तीव्र पारेको थियो।


उक्त पहिचान परिवारले मञ्जुकै भएको पुष्टि गरेपछि इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी वरिष्ठ नायब निरीक्षक टिकाराम खत्रीको कमाण्डमा ९ जनाको टोली घटना क्षेत्रतर्फ पठाइएको थियो। उक्त प्रहरी टोलीले मंगलबार सर्दु जलाधार क्षेत्रको खोल्सामा मञ्जुको शव मृत अवस्थामा फेला पारेको हो।


इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबू राईका अनुसार शव भेटिएको स्थान, फेला परेका सामग्री र हराएको समय बीचको मेलका कारण घटना शंकास्पद देखिएको छ। सेन्टिङ, भौगोलिक अवस्था र शरीरको अवस्था हेर्दा घटना सामान्य जस्तो देखिँदैन, विस्तृत अनुसन्धान हुँदैछ, डीएसपी राईले भने।

शव फेला परेपछि अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न प्रनि जीवनकुमार कुँवर सहितको टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घटनास्थलको कानुनी प्रक्रिया अनुसार मुचुल्का तयार गरि शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ। मृत्युको कारण र घटनाको प्रकृति पोस्टमार्टम प्रतिवेदन तथा थप अनुसन्धानपछि मात्र स्पष्ट हुने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एमाले अध्यक्ष केपी शर्मा ओलीले जेन–जी विद्रोहअघि सामाजिक संजालमा चलाइएको 'नेपो बेबी' ट्रेन्डको विरोध गर्दै यो बालबालिकाविरुद्धको अपराध भएको बताएका छन् । मंगलबार एमालेको केन्द्रीय कार्यालय च्यासलमा आयोजित विघटित संसदीय दलको बैठकमा उनले यस्तो बताएका हुन् । यसअघि पनि ओलीले 'नेपो बेबी' ट्रेन्डको विरोध गर्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए । २ कार्तिकमा उनले कोटेश्वरमा पत्रकारहरूसँग कुराकानी ...
— जेन–जी आन्दोलनको क्रममा काठमाडौंस्थित सुन्धारा कारागारबाट फरार भएका एक कैदीलाई प्रहरी मंगलबार पक्राउ गरेको छ । जेन–जी आन्दोलनको क्रममा भदौ २४ गते सुन्धारा कारागारबाट फरार भएका मकवानपुर थाहा नगरपालिका–९ का ३२ वर्षीय भूपेन्द्र वस्नेतलाई प्रहरीले घरबाट नै पक्राउ गरेको छ । घरमा लुकीछिपी बसेको अवस्थामा ईलाका प्रहरी कार्यालय मकवानपुर प्रहरीले बस्नेतलाई पक्राउ गरेको हो । बस्नेतलाई ...
— मधेस प्रदेश सरकारको मुख्यमन्त्री नियुक्तिको विवाद अब सर्वोच्च अदालतमा केन्द्रीत भएको छ। उक्त विवादका सम्बन्धमा सर्वोच्चमा चार वटा रिट दायर भएका छन् । मुख्यमन्त्री नियुक्तिका तीन र सभामुखले हटाएका पाँच सांसदहरूले दायर गरेको एउटा मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छन् । मुख्यमन्त्री नियुक्तिकै विषयमा दुई वटा सार्वजनिक सरोकारका रिट छन् भने एउटा रिट मधेस प्रदेशका ७४ ...
: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि आजबाट कानुनी लडाइँ र सडक सघंर्ष सुरू भएको घोषणा गरेका छन्। च्यासलमा विघटित संसदीय दलको बैठकमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आन्दोलन घोषणा गरेका हुन्। उनले आफूहरूको आन्दोलन शान्तिपूर्ण र भयरहित रहने बताए। 'आजको बैठकपछि हामी कानुनी लडाइँ र सडक संघर्षमा जान्छौं। म स्पष्ट भाषामा भन्न ...
: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको बहस अधिवेशनको मितिमात्र नभएर पार्टीको सुधारको दिशाबारे भएको बताएका छन्। नियमित कि विशेष अधिवेशन वा निर्वाचन अघि कि पछि महाधिवेशन गर्ने विषयमा चौतर्फी बहस भइरहेका बेला महामन्त्री थापाले अब पुरानो शैलीले काम नचल्ने बताए। उनले सुधार गरेरमात्र विश्वास फर्किने भएकाले धैर्य गर्न नेता-कार्यकर्ताहरूलाई आह्वान गरेका छन्। 'कांग्रेसभित्र अहिले बहस ...