मुख्य समाचार
दुर्गा प्रसाईंलाई भेट्न गएका ८ जनालाई प्रहरीले नियन्त्रणमा
दुर्गा प्रसाईंलाई भेट्न गएका ८ जनालाई प्रहरीले नियन्त्रणमा

: मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भेट्न गएका ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईका अनुसार ठूलो भीडभाड र नाराजुलुस गर्दै जिल्ला प्रहरी कार्यालय पुगेका प्रसाईंका कार्यकर्तालाई 'स्क्रिनिङ'का लागि नियन्त्रणमा राखिएको हो।

नियन्त्रणमा लिएका केही व्यक्तिले सामाजिक सञ्जालमा प्रहरी कार्यालय तोडफोड गरेर भए पनि दुर्गा प्रसाईंलाई निकाल्नुपर्छ भन्दै अवाञ्छित सूचना फैलाएका थिए। उनीहरूका आपराधिक रेर्कड हेर्न र अराजक समूहको निगरानी गर्नका नियन्त्रणमा लिइएको प्रवक्ता भट्टराईले जानकारी दिए।


प्रसाईं पक्राउ गर्नासाथ उनका सर्मथकहरू नारावाजी गर्दै जिल्ला प्रहरी परिसर पुगेका थिए। प्रसाईंलाई छाड्नुपर्ने भन्दै विरोध गरेका थिए। प्रहरीका अनुसार उनीहरूको केही समूहले सामाजिक सञ्जालमा अनेक भ्रामक सूचना फैलाइरहेका छन्।


सोमबार राति पक्राउ परेका प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गर्न हिरासतमा राख्नका लागि ४ दिनको म्याद दिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एमाले अध्यक्ष केपी शर्मा ओलीले जेन–जी विद्रोहअघि सामाजिक संजालमा चलाइएको 'नेपो बेबी' ट्रेन्डको विरोध गर्दै यो बालबालिकाविरुद्धको अपराध भएको बताएका छन् । मंगलबार एमालेको केन्द्रीय कार्यालय च्यासलमा आयोजित विघटित संसदीय दलको बैठकमा उनले यस्तो बताएका हुन् । यसअघि पनि ओलीले 'नेपो बेबी' ट्रेन्डको विरोध गर्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए । २ कार्तिकमा उनले कोटेश्वरमा पत्रकारहरूसँग कुराकानी ...
— जेन–जी आन्दोलनको क्रममा काठमाडौंस्थित सुन्धारा कारागारबाट फरार भएका एक कैदीलाई प्रहरी मंगलबार पक्राउ गरेको छ । जेन–जी आन्दोलनको क्रममा भदौ २४ गते सुन्धारा कारागारबाट फरार भएका मकवानपुर थाहा नगरपालिका–९ का ३२ वर्षीय भूपेन्द्र वस्नेतलाई प्रहरीले घरबाट नै पक्राउ गरेको छ । घरमा लुकीछिपी बसेको अवस्थामा ईलाका प्रहरी कार्यालय मकवानपुर प्रहरीले बस्नेतलाई पक्राउ गरेको हो । बस्नेतलाई ...
— मधेस प्रदेश सरकारको मुख्यमन्त्री नियुक्तिको विवाद अब सर्वोच्च अदालतमा केन्द्रीत भएको छ। उक्त विवादका सम्बन्धमा सर्वोच्चमा चार वटा रिट दायर भएका छन् । मुख्यमन्त्री नियुक्तिका तीन र सभामुखले हटाएका पाँच सांसदहरूले दायर गरेको एउटा मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छन् । मुख्यमन्त्री नियुक्तिकै विषयमा दुई वटा सार्वजनिक सरोकारका रिट छन् भने एउटा रिट मधेस प्रदेशका ७४ ...
: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि आजबाट कानुनी लडाइँ र सडक सघंर्ष सुरू भएको घोषणा गरेका छन्। च्यासलमा विघटित संसदीय दलको बैठकमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आन्दोलन घोषणा गरेका हुन्। उनले आफूहरूको आन्दोलन शान्तिपूर्ण र भयरहित रहने बताए। 'आजको बैठकपछि हामी कानुनी लडाइँ र सडक संघर्षमा जान्छौं। म स्पष्ट भाषामा भन्न ...
: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको बहस अधिवेशनको मितिमात्र नभएर पार्टीको सुधारको दिशाबारे भएको बताएका छन्। नियमित कि विशेष अधिवेशन वा निर्वाचन अघि कि पछि महाधिवेशन गर्ने विषयमा चौतर्फी बहस भइरहेका बेला महामन्त्री थापाले अब पुरानो शैलीले काम नचल्ने बताए। उनले सुधार गरेरमात्र विश्वास फर्किने भएकाले धैर्य गर्न नेता-कार्यकर्ताहरूलाई आह्वान गरेका छन्। 'कांग्रेसभित्र अहिले बहस ...