मुख्य समाचार
विप्लव नेतृत्वको दल दर्ता, चुनाव चिन्ह गुलाब
विप्लव नेतृत्वको दल दर्ता, चुनाव चिन्ह गुलाब

: नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) निर्वाचन आयोगमा दर्ता भएको छ । मंगलबार निर्वाचन आयोगले विप्लवलाई नेपाल कम्युनिस्ट पार्टी (माओवादी) दल दर्ताको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।

पार्टीको चुनाव चिह्न गुलाब रहेको छ। यसअघि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बाट राजनीतिक गतिविधि गर्दै आएको दलले अब नेपाल कम्युनिस्ट पार्टी (माओवादी) नामबाट पार्टीलाई अघि बढाउने नेत्रविक्रम चन्द विप्लवले जानकारी दिए।


उनले नयाँ अठोट, विश्वास र अभियानका साथ निर्वाचनमा जाने गरी नेकपा(माओवादी) दल दर्ता भएको बताए । विप्लवले अब देशव्यापी रुपमा पार्टीलाई अभियानका रुपमा लैजाने जिकिर गरे।


जनतानै इतिहासको निर्माता भएको भन्दै जनताले देख्ने परिवर्तनको बाटोमा अघि बढ्ने स्पष्ट पारे। उनले राष्ट्रिय सर्वपक्षीय अन्तरिम सरकार बन्न सके सबै दलहरूलाई चुनावमा लिएर जान र नयाँ व्यवस्था निर्माण गर्न सकिने बताए । उनले जेनजीलाई आफूहरूको समर्थन रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एमाले अध्यक्ष केपी शर्मा ओलीले जेन–जी विद्रोहअघि सामाजिक संजालमा चलाइएको 'नेपो बेबी' ट्रेन्डको विरोध गर्दै यो बालबालिकाविरुद्धको अपराध भएको बताएका छन् । मंगलबार एमालेको केन्द्रीय कार्यालय च्यासलमा आयोजित विघटित संसदीय दलको बैठकमा उनले यस्तो बताएका हुन् । यसअघि पनि ओलीले 'नेपो बेबी' ट्रेन्डको विरोध गर्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए । २ कार्तिकमा उनले कोटेश्वरमा पत्रकारहरूसँग कुराकानी ...
— जेन–जी आन्दोलनको क्रममा काठमाडौंस्थित सुन्धारा कारागारबाट फरार भएका एक कैदीलाई प्रहरी मंगलबार पक्राउ गरेको छ । जेन–जी आन्दोलनको क्रममा भदौ २४ गते सुन्धारा कारागारबाट फरार भएका मकवानपुर थाहा नगरपालिका–९ का ३२ वर्षीय भूपेन्द्र वस्नेतलाई प्रहरीले घरबाट नै पक्राउ गरेको छ । घरमा लुकीछिपी बसेको अवस्थामा ईलाका प्रहरी कार्यालय मकवानपुर प्रहरीले बस्नेतलाई पक्राउ गरेको हो । बस्नेतलाई ...
— मधेस प्रदेश सरकारको मुख्यमन्त्री नियुक्तिको विवाद अब सर्वोच्च अदालतमा केन्द्रीत भएको छ। उक्त विवादका सम्बन्धमा सर्वोच्चमा चार वटा रिट दायर भएका छन् । मुख्यमन्त्री नियुक्तिका तीन र सभामुखले हटाएका पाँच सांसदहरूले दायर गरेको एउटा मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छन् । मुख्यमन्त्री नियुक्तिकै विषयमा दुई वटा सार्वजनिक सरोकारका रिट छन् भने एउटा रिट मधेस प्रदेशका ७४ ...
: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि आजबाट कानुनी लडाइँ र सडक सघंर्ष सुरू भएको घोषणा गरेका छन्। च्यासलमा विघटित संसदीय दलको बैठकमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आन्दोलन घोषणा गरेका हुन्। उनले आफूहरूको आन्दोलन शान्तिपूर्ण र भयरहित रहने बताए। 'आजको बैठकपछि हामी कानुनी लडाइँ र सडक संघर्षमा जान्छौं। म स्पष्ट भाषामा भन्न ...
: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको बहस अधिवेशनको मितिमात्र नभएर पार्टीको सुधारको दिशाबारे भएको बताएका छन्। नियमित कि विशेष अधिवेशन वा निर्वाचन अघि कि पछि महाधिवेशन गर्ने विषयमा चौतर्फी बहस भइरहेका बेला महामन्त्री थापाले अब पुरानो शैलीले काम नचल्ने बताए। उनले सुधार गरेरमात्र विश्वास फर्किने भएकाले धैर्य गर्न नेता-कार्यकर्ताहरूलाई आह्वान गरेका छन्। 'कांग्रेसभित्र अहिले बहस ...