मुख्य समाचार
बैंकमा थुप्रिएको पैसा नघटेपछि झन्डै ३ महिनाका लागि आजदेखि ५० अर्ब झिक्दै राष्ट्र बैंक
बैंकमा थुप्रिएको पैसा नघटेपछि झन्डै ३ महिनाका लागि आजदेखि ५० अर्ब झिक्दै राष्ट्र बैंक

— वित्तीय प्रणालीमा रहेको अधिक तरलता नघटेपछि आज (बुधबार) फेरि राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ झिक्न थालेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले पछिल्ला दिनमा लामो अवधिका लागि पैसा झिक्दै आएको छ । सोही क्रममा आज करिब ३ महिना अथवा ८४ दिनका लागि बजारबाट पैसा झिक्न लागेको हो ।


पछिल्लो तीन वर्षयता राष्ट्र बैंकले नियमित रूपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ ।

निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल गर्न सकिने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

निक्षेप संकलनमा घटिमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।


निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— दिक्तेलमा आगामी बैशाख ४, ५ र ६ गते जैविक विविधता रेडपाण्डा तथा थार अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले पुस २४ गते पत्रकार सम्मेलन गरी उक्त सम्मेलन आयोजना गर्ने जानकारी गराएका हुन् । भट्टराईका अनुसार वन, वातावरण, जैविक विविधताको संरक्षण गर्दै जलवायु परिवर्तनका असर न्युनीकरण गर्दै पर्यापर्यटन प्रबर्द्धनमा योगदान ...
सरकारले नेपाल नागरिकता नियमावली २०६३ मा चौथो संशोधन पारित गरी राजपत्रमा प्रकाशित गरेसँगै बाबुको पहिचान नखुलेका सन्तानलाई आमाको नामबाट नेपाली नागरिकता प्रदान गर्ने बाटो खुलेको छ
— प्रयोगशाला परीक्षणमा गुणस्तर नपुगेको भेटिएपछि औषधि व्यवस्था विभाग (डीडीए) ले तेस्रो पुस्ताको एन्टिबायोटिक लेभोफ्लक्स–५०० ट्याब्लेटलाई बजारबाट फिर्ता मगाउन निर्देशन दिएको छ । बारामा रहेको म्याग्नस फार्मा प्रा. लि. ले उत्पादन गरेको बीबी२४००१ ब्याच को औषधि आईपी२०२२ मापदण्डअनुसार घुलनशीलता परीक्षणमा असफल भएको विभागले जनाएको छ । शुक्रबार फिर्ता गर्न निर्देशन दिइएको लेभोफ्लक्सको नमूना सन् २०२५, फेब्रुअरीमा औषधि ...
: पाटन उच्च अदालतले नेपाल चिकित्सक संघ, केन्द्रीय कार्यकारिणि समितिको निर्वाचन यथास्थितिमा नगर्न/नगराउन अन्तरिम आदेश दिएपछि निर्वाचन अन्योल भएको छ । निर्वाचन समितिले रितपूर्वक वारेसनामा नभएको कारण देखाउँदै वरिष्ठ उपाध्यक्षका प्रत्याशी डा. अजयकुमार मि श्रलगायतको मनोनयन दर्ता गर्न अस्वीकार गरेको थियो । आफ्नो उम्मेदवारी दर्ता नभएपछि डा. मि श्रलगायतले पुस ९ गते चिकित्सक संघ, केन्द्रीय निर्वाचन समितिलाई ...
: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यधिक चिसो बढिरहेकाले स्वास्थ्य प्रतिकूल हुनसक्ने भन्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणमा अनुरोध गरेको छ। मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले चिसोले गर्दा रुघाखोकी, ज्वरो, दम बढ्ने वा सास फेर्न गाह्रो हुने, हाइपोथर्मियालगायत लक्षण भएका बिरामीको सङ्ख्या बढ्ने भएकाले चिसोमा बाहिर ननिस्कन अनुरोध गरेका हुन्। ‘जाडोयाम सुरु भएसँगै सामान्यभन्दा तापक्रम कम भएर विभिन्न ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम