मुख्य समाचार
'एआई बबल' फुट्यो भने हरेक कम्पनी प्रभावित हुन्छ'
'एआई बबल' फुट्यो भने हरेक कम्पनी प्रभावित हुन्छ'

— गुगलको मूल कम्पनी अल्फाबेटका प्रमुख सुन्दर पिचाईले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) को 'बबल' (बजारमा अत्यधिक मूल्यवृद्धि) फुट्यो भने हरेक कम्पनी प्रभावित हुने बताएका छन् । बीबीसीसँगको वार्ताका क्रममा उनले यसो बताएका हुन् ।


बीबीसी न्यूजसँगको कुराकानीमा सुन्दर पिचाईले कृत्रिम बुद्धिमत्तामा भइरहेको लगानीको वृद्धि एक "असाधारण " मानिए पनि हालको अवस्था अस्वभाविक रहेको बताए।

सिलिकन भ्याली र बाहिर पनि एआई प्रविधि कम्पनीहरूको मूल्य पछिल्लो समय आकाशिएको र कम्पनीहरूले यस बढ्दो उद्योगमा ठूलो लगानी गरिरहेकाले बजारमा 'बबल' को डर बढेको छ ।

एआई बबल फुटेको खण्डमा गुगल अछुतो रहन्छ कि रहँदैन भन्ने बीबीसीको प्रश्नमा पिचाईले यो सम्भावित खरतालाई 'टेक जाइन्ट'ले पार गर्न सक्ने बताए पनि एउटा चेतावनी दिए । उनले भने, 'मलाई लाग्छ हामीसहित कुनै पनि कम्पनी अछुतो रहने छैन।'

उनले ऊर्जा आवश्यकता, जलवायु लक्ष्यहरूलाई सुस्त बनाउने, बेलायतमा लगानी, आफ्नो एआई मोडेलहरूको सटीकता र एआई क्रान्तिको रोजगारीमा पर्ने प्रभावबारे पनि कुरा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ । २०८२ भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतलगायतका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सहयोग गरेको कम्पनीले जनाएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको हो ...
पालमा सञ्चालित उद्योग आधाभन्दा कम क्षमता उपयोगमा सञ्चालन भइरहेको राष्ट्र बैंकको आर्थिक गतिविधि प्रतिवेदनले औंल्याएको छ ।
— धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ । सन् २०२५ मा समग्रमा गत वर्षभन्दा १८ दशमलव ७१ प्रतिशतले पर्यटकको आवागमन वृद्धि भएको ...
— सातामा दुई दिन सोमबार र शुक्रबार काठमाडाैं-ताप्लेजुङ उडान गर्दै आएको नेपाल वायुसेवा निगमले अब बुधबार पनि उडान गर्ने भएको छ। यात्रुको चाप हेरेर सुकेटार विमानस्थलमा उडान थप गरिएको निमगको ताप्लेजुङका स्टेसन इन्चार्ज नारायण कुमार कार्कीले जानकारी दिए । निगमसँग अहिले दुई वटा ट्विनअटर जहाज चालु अवस्थामा भएकाले पनि निमगलाई उडान थप्न सहज भएको उनले बताए। अब ...
: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले निर्वाधरूपमा काम गर्न पाउने वातावरणको ग्यारेन्टी अझै पनि हुन नसकेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेका सर्वपक्षीय राष्ट्रिय संवादमा अध्यक्ष ढकालले समृद्धिका लागि निजी क्षेत्रको संरक्षणको विषय अझै पनि ओझेलमा परेको र निर्वाधरूपमा काम गर्न पाउने वातावरणको ग्यारेन्टी अझै पनि हुन नसकेको ...