मुख्य समाचार
भारतस्थित प्रवासी नेपालीहरूले मतदानको अधिकारको माग
भारतस्थित प्रवासी नेपालीहरूले मतदानको अधिकारको माग

— भारतस्थित प्रवासी नेपालीहरूले मतदानको अधिकारको माग गरेका छन् । विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषय बहसमा रहेका बेला भारतमा रहेका नेपालीहरुले पनि आवाज पठाएका छन् ।


प्रवासी नेपालीहरुको संगठन नेपाली समाज भारतले मंगलबार दिल्लीस्थित नेपाली दूतावासमा उक्त माग राख्दै ज्ञापन बुझाएको छ । नेपालको संविधानले सबै नेपाली नागरिकलाई मतदानका अधिकार दिएको भन्दै नेपाली समाजले भारतमा रहेका प्रवासी नेपालीहरूलाई पनि आगामी निर्वाचनमा उक्त सुविधा प्रदान गर्न माग गरेको हो ।

नेपाली समाजको एक प्रतिनिधिमण्डलले नेपाली राजदूत शंकरप्रसाद शर्मालाई भेटेर प्रवासी नेपालीलाई मतदानको अधिकार प्रदान गर्न सर्वोच्च अदालतले गरेको फैसलातर्फ पनि ध्यानाकर्षण गराएको हो । समाजका महासचिव आरबी खड्काले लामो अवधि भइसक्दा पनि सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा नआएकाले नेपाल सरकारसँग दूतावास मार्फत त्यसको व्यवहारिक कार्यान्वयनका लागि माग गरिएको उनले बताए ।

समाजले अन्य विभिन्न विषयमा पनि दूतावासको ध्यानाकर्षण गराएको छ । भारतमा बैंक खाता खोल्न नेपालीहरूले भोगिरहेको समस्यालाई समाधान गर्न पहलका लागि आग्रह गरिएको खड्काले बताए । भारतका धेरै बैंकहरुले नेपाली पासपोर्ट, नागरिकता तथा नेपाली दूतावासले प्रमाणित गरेर दिएको पत्रलाई स्वीकार गरिरहेको छैन । त्यसले गर्दा अध्ययन र रोजगारीका लागि भारतमा रहेका नेपालीले बैंक खाता खोल्न नपाएको खड्काले बताए । ‘त्यसले गर्दा हजारौं श्रमिक, मजदुर, विद्यार्थी तथा व्यवसायीको आर्थिक गतिविधि ठप्प भएको छ,’ उनले भने, ‘दूतावासले भारतीय रिजर्भ बैंकसँग नेपालीले भोगिरहेको समस्या समाधानका लागि पहल गर्नुपर्ने आग्रह गरेका छौं ।’ नेपाली रहेको आधाकारिकताको प्रमाणका आधारमा खाता खोल्न दिइनुपर्ने नेपाली समाजको माग छ ।

विगतमा नेपाली नागरिकताकै आधारमा भारतमा नेपाली नागरिकले खाता खोल्न पाएका थिए । तर, पछिल्ला केही वर्षदेखि खाता खोल्नलाई आधारकार्ड र प्यानकार्ड अनिवार्य गरिएको छ । त्यसले नेपालीहरुलाई बैंकिङ कार्यमा समस्या परिरहेको छ । त्यस्तै, विभिन्न राज्यमा भारतको निर्वाचन आयोगले थालेको 'स्पेसल इन्टेन्सिभ रिभिजन'ले नेपाली नागरिकको बसोबास, रोजगारी, आवागमन तथा दैनिक जीवनमा प्रत्यक्ष असर परेकोसमेत देखिएको खड्काले बताएका छन् । दूतावासले भारत सरकारसँग कूटनीतिक माध्यमबाट प्रवासी नेपालीलाई उत्पन्न कठिनाइको समाधानका लागि पहल गर्नुपर्ने आफूहरुले राजदूत शर्मासँग माग राखेको उनले जानकारी दिए ।


भारतमा रहेका नेपालीहरुसँग समन्वय, सूचनाको आदान प्रदान तथा सहयोगका लागि दूतावासमा प्रवासी सहायता डेस्क स्थापनाको माग पनि नेपाली समाजले गरेको छ । भारतमा बसोबास गर्ने नेपाली नागरिकका साझा मुद्दाहरू समाधानका लागि सक्रिय कूटनीतिक पहलका लागि दूतावासलाई आग्रह गरिएको खड्काले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सिड्नीको एउटा व्यस्त पार्कमा एक घरविहीन युवाको स्तब्ध पार्ने मृत्युले अस्ट्रेलियामा नयाँ बहस सिर्जना गरेको छ । सामाजिक सुरक्षाको लागि अब्बल मानिने देशमा कसरी सहायता सेवाहरू नाकाम भइरहेको छ भन्ने अवस्था देखाउन यो घटनाले सहयोग गरेको विश्लेषण भइरहेको छ । न्यूज डट कम डट एयूमा प्रकाशित एक रिपोर्टका अनुसार, ३२ वर्षीय नेपाली विद्यार्थीको मृत्यु हुँदासमेत ...
— मलेसियाको अध्यागमन विभागले गत साता नेपाली व्यवसायी महेन्द्रजंग शाहसहित ९ जनालाई गैरकानुनी रूपमा विदेशी नागरिक मलेसिया भित्र्याउने र नक्कली भिसा बनाउने गिरोहको नेतृत्व गरेको आरोपमा पक्राउ गर्‍यो । पक्राउपछि अध्यागमन महानिर्देशक जकारिया शाबानले पत्रकार सम्मेलन गर्दै मानव तस्करी र नक्कली कागजात बनाउने गिरोहको जालो तोड्न सफल भएको बताएका थिए । महानिर्देशक शाबानका अनुसार शाह नेतृत्वको ...
: गत फागुन १४ गते कतारमा एउटा क्षेप्यास्त्र खसेको भिडियोले सामाजिक सञ्जालमा हलचल मच्चायो। भारतीयमूलका एक नागरिकले खिचेको उक्त भिडियो संसारभर डढेलोसरि फैलियो। अधिकांश नेपालीले सोही भिडियो ‘कट’ गर्दै सामाजिक सञ्जालमा पोस्ट गरे। भिडियो पोस्ट भएको केही घण्टा पनि नबित्दै उक्त सामग्री सार्वजनिक गर्ने व्यक्तिलाई कतार सरकारले नियन्त्रणमा लियो। त्यो एउटा सुरुवाती नजिर थियो। त्यसलगत्तै संयुक्त ...
: कतार सरकारले तीन जना नेपालीलाई आममाफी दिएको छ। पवित्र पर्व रमदानको अवसरमा कतार अमिरले तीन जना नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले कतारस्थित दूतावासको पहलमा उनीहरूलाई आममाफी दिएको बताए। नेपाल सरकारले आममाफी दिएकोमा कतार सरकारलाई धन्यवाद ज्ञापन गरेको छ।
: अमेरिकाले एकैपटक ४५ जना नेपालीलाई निष्कासन गरेको छ। विभिन्न समयमा पक्राउ परेका उनीहरूलाई अमेरिकाले निष्कासन गरी नेपाल पठाएको हो। निष्कासनमा परेका नेपालीहरू केहीबेर अघि काठमाडौं आइपुगेका हुन्। ओमनी एयरलायन्सको विमानबाट उनीहरू भारतको नयाँ दिल्ली हुँदै मंगलबार काठमाडौं आइपुगेको प्रहरीले स्रोतले जानकारी दिएको छ। प्रहरीको मानव बेचबिखन ब्युरोले उनीहरूसँग सोधपुछ गरेको छ। 'केहीबेर अघि ओमनी एयरलायन्सको ...