मुख्य समाचार
निर्वाचनको घोषणापछि केही दलले संसद पुनर्स्थापनाको माग र सरकारको वैधानिकतामाथि प्रश्न उठाउने कार्यले अस्थिरता निम्तिने
निर्वाचनको घोषणापछि केही दलले संसद पुनर्स्थापनाको माग र सरकारको वैधानिकतामाथि प्रश्न उठाउने कार्यले अस्थिरता निम्तिने

: प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको घोषणापछि केही दलले संसद पुनर्स्थापनाको माग र सरकारको वैधानिकतामाथि प्रश्न उठाउने कार्यले अस्थिरता निम्तिने बताएकी छन्।

प्रधानमन्त्री कार्यालयमा दलहरूसँग निर्वाचनका विषयमा छलफल गर्दै प्रधानमन्त्री कार्कीले लोकतन्त्रमा निर्वाचनबाट भाग्नुको विकल्प नहुने बताइन्। 'निर्वाचनको घोषणापछि पनि कुनै कुनै दलमा राजनीतिको छेउकुनामा देखिएको अन्योल, संसद् पुनःस्थापनाको माग र सरकारको वैधानिकतामाथि प्रश्न उठाउने कार्यले राष्ट्रलाई फेरि अस्थिरताको चक्रमा धकेल्न सक्छ।


अब संसद् पुनःस्थापनाको अडान लिने हो भने त्यस कार्यले केवल विगतको राजनीतिक दुर्घटनालाई दोहोर्‍याउन खोजेको पुष्टि हुन्छ। लोकतन्त्रमा विश्वास गर्ने शक्तिहरूका लागि निर्वाचनबाट भाग्नु कुनै विकल्प होइन। तसर्थ लोकतन्त्रमा विश्वास गर्ने कुनै पनि दलले जनमतको सम्मान नगरी पुनःस्थापनाको कुरा गरेर संवैधानिक दायित्वबाट पलायन नहोस् भनी म विशेष आग्रह गर्दछु,' उनले भनिन्।


लोकतन्त्रका वाहक शक्ति राजनीतिक दल नै रहेको बताउँदै प्रधानमन्त्री कार्कीले दलको साथ, सहयोग र सहभागिता बिना चुनावको परिकल्पना असम्भव रहेको बताइन्। मंसिर १० गतेभित्र अनिवार्य रूपमा निर्वाचन आयोगमा दल दर्ता गराएर राष्ट्रप्रतिको न्यूनतम राजनीतिक प्रतिबद्धताको कसीमा उभिन उनले आह्वान गरिन्।

उनले निर्वाचनको संघामा केही नेताहरुको अभिव्यक्तिलाई लिएर पन आपत्ति जनाइन्। उनले त्यस्ता अभिव्यक्ति दिनेहरूलाई सरकारले कारबाहीको दायरामा ल्याउने चेतावनी दिइन्।

'निर्वाचनको संघारमा हामीले राजनीतिक आचार र अभिव्यक्तिमा पनि ध्यान दिनु आवश्यक छ। केही नेताहरूले प्रयोग गर्नुभएका द्वेषपूर्ण शब्दावलीहरूले राजनीतिक र सामाजिक वातावरणलाई दूषित बनाएका छन्। आचारसंहिताको गम्भीर उल्लङ्घन मान्दै त्यस्ता द्वेषपूर्ण अभिव्यक्ति र हेट स्पीच विरुद्ध तत्काल र सार्वजनिक कारबाही गर्न सरकारले निर्वाचन आयोगलाई पूर्ण सहयोग गर्नेछ। हामीले हाम्रा शब्दहरूको मर्यादा कायम गर्नुपर्छ, किनकि राजनीतिमा संस्कार र अनुशासन पनि अनिवार्य छ,' उनले भनिन्।

प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगको सबलीकरण निर्वाचनका लागि अनिवार्य शर्त रहेको बताउँदै आफू निर्वाचन आयोगलाई बलियो र प्रभावकारी बनाउन, यसको सदृढीकरणका लागि आवश्यक सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वीरगन्जमा प्रहरीले चोरीका सुनचँदीका गरगहनासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । चोरीका करिब ३७ लाख रुपैयाँ मूल्य बराबरको सुन-चाँदीका गहनासहित तीन भारतीय र एक नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारतको बिहार राज्यको बेतिया जिल्ला बल्थर थानाको सरकिला गाउँका ३३ वर्षीय विजय राय, त्यहि ठाउँका ६० वर्षीय शेख बुनाद, बिहारको बेतियाको ...
: नेपाली सेना र अमेरिकी सेनाबीचको 'ल्यान्डफोर्स टक' आजबाट सुरू भएको छ। भद्रकालीस्थित सेना मुख्यालयमा छैटौं संस्करणको ल्यान्डफोर्स टक सुरू भएको सेनाले जानकारी दिएको छ। दुई राष्ट्रबीच विश्व शान्ति स्थापना कार्य, मानवीय सहयोग र विपद् प्रतिकार्यलगायतका विषयमा छलफल हुने सेनाको जनम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। कार्यक्रमका दौरान अमेरिकी सेनाका अधिकारीहरूले प्रधानसेनापति अशोक राज सिग्देलसँग ...
: नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले एमसीसी नेपाल कम्प्याक्टका लागि अतिरिक्त ५ मिलियन अमेरिकी डलर सहयोग सुनिश्चित गरेको छ। एमसीसी नेपाल सम्झौतामा अमेरिकाले ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ)को अनुदान रकम थप गर्ने घोषणा गरेको हो। यससँगै उक्त सम्झौताअन्तर्गत उपलब्ध कुल रकम ७४ करोड ७० लाख अमेरिकी डलर ...
: दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी विगु गाउँपालिका– २ देउलाङका २१ वर्षीय आङफुर्वा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। मोटरसाइकल छ्योतछ्योत बस्तीभन्दा माथि ठोङठोङ भीरबाट खसेको मृत्यु भएको प्रहरीले जनाएको छ।
: गृहमन्त्री ओमप्रकाश अर्यालले शीतलहर र हिमपात पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार सिंहदरबारमा आयोजना गरेको कार्ययोजना सम्बन्धी छलफल कार्यक्रममा गृहमन्त्री अर्यालले शीतलहर र हिमपातबाट नागरिकहरूलाई जोगाउनका लागि राष्ट्रिय कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका हुन्। मानवजीवन र सम्पत्तिको सुरक्षा ...