मुख्य समाचार
धरौटीबापतको १० हजार रूपैयाँ बुझाउन नसक्दा जिल्ला कारागार मोरङ चलान गरिएका एकजना थुनुवाको उपचारका क्रममा मृत्यु
धरौटीबापतको १० हजार रूपैयाँ बुझाउन नसक्दा जिल्ला कारागार मोरङ चलान गरिएका एकजना थुनुवाको उपचारका क्रममा मृत्यु

: धरौटीबापतको १० हजार रूपैयाँ बुझाउन नसक्दा जिल्ला कारागार मोरङ चलान गरिएका एकजना थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ । कारागारका जेलर गौरव ढुंगेलका अनुसार अभद्र व्यवहार मुद्दाका थुनुवा मोरङको पथरीशनिश्चरे नगरपालिका–४ घर भएका ५७ वर्षीय गंगा लिम्बूको मृत्यु भएको हो । लिम्बूलाई अभद्र व्यवहार मुद्दामा गत साउन १४ गते कारागार चलान गरिएको थियो ।


जिल्ला प्रशासन कार्यालय मोरङले उनीसँग धरौटीबापत १० हजार रूपैयाँ मागेको थियो । उक्त रकम बुझाउन नसकेपछि कारागार चलान गरियो । प्रशासनको आदेश अनुसार पुर्पक्षका लागि मोरङ कारागार चलान गरिएका लिम्बूविरुद्ध मुद्दा भने हालसम्म विचाराधीन छ ।


आफूविरुद्धको मुद्दाको छिनोफानो हुन बाँकी रहेकै अवस्थामा उनको भने मृत्यु भएको हो । लिम्बूलाई अचानक श्वास फेर्न गाह्रो हुने र खुट्टा सुन्निने समस्या देखिएको थियो । समस्याका बारेमा थाहा पाउनेवित्तिकै उनलाई मंगलबार राति ८ बजेतिर कारागार प्रशासनले उपचारका लागि विराटनगरको कोशी अस्पताल लगेको थियो ।


कोशी अस्पतालमा उपचाररत अवस्थामै बुधबार बिहान १० बजेतिर लिम्बूको मृत्यु भएको जानकारी ढुंगेलले दिए । उनका अनुसार लिम्बूलाई स्वास्थ्यसम्बन्धी पुरानै समस्या थियो । साउनयता मात्रै कारागारमा राखिएका ६ जना कैदीबन्दीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वीरगन्जमा प्रहरीले चोरीका सुनचँदीका गरगहनासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । चोरीका करिब ३७ लाख रुपैयाँ मूल्य बराबरको सुन-चाँदीका गहनासहित तीन भारतीय र एक नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारतको बिहार राज्यको बेतिया जिल्ला बल्थर थानाको सरकिला गाउँका ३३ वर्षीय विजय राय, त्यहि ठाउँका ६० वर्षीय शेख बुनाद, बिहारको बेतियाको ...
: नेपाली सेना र अमेरिकी सेनाबीचको 'ल्यान्डफोर्स टक' आजबाट सुरू भएको छ। भद्रकालीस्थित सेना मुख्यालयमा छैटौं संस्करणको ल्यान्डफोर्स टक सुरू भएको सेनाले जानकारी दिएको छ। दुई राष्ट्रबीच विश्व शान्ति स्थापना कार्य, मानवीय सहयोग र विपद् प्रतिकार्यलगायतका विषयमा छलफल हुने सेनाको जनम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। कार्यक्रमका दौरान अमेरिकी सेनाका अधिकारीहरूले प्रधानसेनापति अशोक राज सिग्देलसँग ...
: नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले एमसीसी नेपाल कम्प्याक्टका लागि अतिरिक्त ५ मिलियन अमेरिकी डलर सहयोग सुनिश्चित गरेको छ। एमसीसी नेपाल सम्झौतामा अमेरिकाले ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ)को अनुदान रकम थप गर्ने घोषणा गरेको हो। यससँगै उक्त सम्झौताअन्तर्गत उपलब्ध कुल रकम ७४ करोड ७० लाख अमेरिकी डलर ...
: दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी विगु गाउँपालिका– २ देउलाङका २१ वर्षीय आङफुर्वा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। मोटरसाइकल छ्योतछ्योत बस्तीभन्दा माथि ठोङठोङ भीरबाट खसेको मृत्यु भएको प्रहरीले जनाएको छ।
: गृहमन्त्री ओमप्रकाश अर्यालले शीतलहर र हिमपात पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार सिंहदरबारमा आयोजना गरेको कार्ययोजना सम्बन्धी छलफल कार्यक्रममा गृहमन्त्री अर्यालले शीतलहर र हिमपातबाट नागरिकहरूलाई जोगाउनका लागि राष्ट्रिय कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका हुन्। मानवजीवन र सम्पत्तिको सुरक्षा ...