मुख्य समाचार
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारलाई निषेधको राजनीति नगर्न आग्रह
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारलाई निषेधको राजनीति नगर्न आग्रह

: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारलाई निषेधको राजनीति नगर्न आग्रह गरेका छन् । आज काठमाडौंबाट सिमरातर्फ एमालेका नेताहरुलाई जान रोकेको घटनातर्फ इंगित गर्दै शर्माले बुधबार निषेधको राजनीति नगर्न आग्रह गरेका हुन् ।

उनले प्रधानमन्त्री सुशिला कार्कीलाई मेन्सन गर्दै भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ भन्दै प्रश्न गरे।

शर्माले सिमरा घटना जेनजी पुस्ताको भावना नभएर दुरुपयोग भएको धारणा राखे। ‘सिमरा घटना दु:खद ! @pmsushilakarki लाई ध्यानाकर्षण- एक फेरा भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ ?’ शर्माले एक्समा प्रश्न गर्दै भनेका छन्,‘सामाजिक सञ्जाल निषेधविरुद्ध उभिने जेनजी कसैको ‘समाज भ्रमण अधिकार’ विरुद्ध उभिन सक्दैनन्। अतः सिमरा घटना जेनजी भावना होइन, त्यसको दुरुपयोग हो । निषेधको राजनीति कसैले नगरौं ।’


नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलाई रोक्न भन्दै सम्राट उपाध्यायसहितको नेतृत्वमा २०/२५ जनाले प्रदर्शन र तोडफोड गरेका थिए।

बाराको परवानीपुरमा मधेश प्रदेशस्तरीय युवा जागरण अभियानका लागि काठमाडौंबाट बुद्ध एयरको विमानमार्फत पोखरेल र बस्नेत जान लागेको थाहा पाएपछि जेनजीका नाममाबाहिर विरोध प्रदर्शन भएपछि एमाले कार्यकर्ताहरू पनि प्रतिरोधमा उत्रिएका थिए। जेनजीका नाममा युवाहरुले विमानस्थलको मुख्य प्रवेशद्वारमा रहेको फलामको गेट फुटाएका छन्।

स्थिति तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले दिउँसो १२:३० बजेदेखि बेलुका ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको छ। सिमरा विमानस्थल क्षेत्रमा तनाव बढेसँगै आजका लागि निर्धारित सबै उडान रद्द गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वीरगन्जमा प्रहरीले चोरीका सुनचँदीका गरगहनासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । चोरीका करिब ३७ लाख रुपैयाँ मूल्य बराबरको सुन-चाँदीका गहनासहित तीन भारतीय र एक नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारतको बिहार राज्यको बेतिया जिल्ला बल्थर थानाको सरकिला गाउँका ३३ वर्षीय विजय राय, त्यहि ठाउँका ६० वर्षीय शेख बुनाद, बिहारको बेतियाको ...
: नेपाली सेना र अमेरिकी सेनाबीचको 'ल्यान्डफोर्स टक' आजबाट सुरू भएको छ। भद्रकालीस्थित सेना मुख्यालयमा छैटौं संस्करणको ल्यान्डफोर्स टक सुरू भएको सेनाले जानकारी दिएको छ। दुई राष्ट्रबीच विश्व शान्ति स्थापना कार्य, मानवीय सहयोग र विपद् प्रतिकार्यलगायतका विषयमा छलफल हुने सेनाको जनम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। कार्यक्रमका दौरान अमेरिकी सेनाका अधिकारीहरूले प्रधानसेनापति अशोक राज सिग्देलसँग ...
: नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले एमसीसी नेपाल कम्प्याक्टका लागि अतिरिक्त ५ मिलियन अमेरिकी डलर सहयोग सुनिश्चित गरेको छ। एमसीसी नेपाल सम्झौतामा अमेरिकाले ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ)को अनुदान रकम थप गर्ने घोषणा गरेको हो। यससँगै उक्त सम्झौताअन्तर्गत उपलब्ध कुल रकम ७४ करोड ७० लाख अमेरिकी डलर ...
: दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी विगु गाउँपालिका– २ देउलाङका २१ वर्षीय आङफुर्वा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। मोटरसाइकल छ्योतछ्योत बस्तीभन्दा माथि ठोङठोङ भीरबाट खसेको मृत्यु भएको प्रहरीले जनाएको छ।
: गृहमन्त्री ओमप्रकाश अर्यालले शीतलहर र हिमपात पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार सिंहदरबारमा आयोजना गरेको कार्ययोजना सम्बन्धी छलफल कार्यक्रममा गृहमन्त्री अर्यालले शीतलहर र हिमपातबाट नागरिकहरूलाई जोगाउनका लागि राष्ट्रिय कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका हुन्। मानवजीवन र सम्पत्तिको सुरक्षा ...