मुख्य समाचार
वीरगन्जमा प्रहरीले चोरीका सुनचँदीका गरगहनासहित चारजनालाई प्रहरीले पक्राउ
वीरगन्जमा प्रहरीले चोरीका सुनचँदीका गरगहनासहित चारजनालाई प्रहरीले पक्राउ

: वीरगन्जमा प्रहरीले चोरीका सुनचँदीका गरगहनासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । चोरीका करिब ३७ लाख रुपैयाँ मूल्य बराबरको सुन-चाँदीका गहनासहित तीन भारतीय र एक नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारतको बिहार राज्यको बेतिया जिल्ला बल्थर थानाको सरकिला गाउँका ३३ वर्षीय विजय राय, त्यहि ठाउँका ६० वर्षीय शेख बुनाद, बिहारको बेतियाको आरापिपरा बस्ने ३१ वर्षीय विनोद राउत र पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ टेढाँका २० वर्षीय विद्याकुमार नट रहेका छन् ।


प्रहरीका अनुसार, गत कात्तिक ३० गते वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ मा प्रहरीले शंका लागेर लु.९६ प ३७३३ नम्बरको स्कुटीलाई रोकेर त्यसमा सवार भारतको बिहार राज्यको बेतिया जिल्लाको बल्थर थाना सरकिला बस्ने ६० वर्षीय शेख बुनादको शरीर खानतलासी गरेको थियो ।


त्यसक्रममा उनले लगाएको पाइन्टको दाहिने खल्तीबाट सेतो रंगको रूमालमा सेतो रंगको कागजभित्र बिल बिजक नरहेको सुनका केहि गहना फेला परेको थियो । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

शेखले दिएको बयानका आधारमा प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ टेढाका नटको घरमा खानतलासी गर्दा घरभित्र लुकाएर राखिएका ३६ लाख ७० हजार ५१ रुपैयाँ मूल्य बराबरको सुनचाँदीका गहनाहरु भेटिएको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

नटको घरबाट सुनको सिक्री ११ थान, सुनको झुम्का २ थान,सुनको नथिया ३ थान,सुनको पोतेसहितको माला २ थान,सुनको लकेट १ थान,सुनको औंठी १ थान, सुनको मांगटीका २ थान,चाँदीको पाउजु १० थान,चाँदीका सिक्का २ थान,सुनको बिछिया ८ थान,चाँदीको हाथशंकर २ थान तथा सुनचाँदी तौल गर्ने तराजु १ थान बरामद भएको बस्नेतले जानकारी दिए ।यससंगै नगद नेपाली ३ लाख ७९ हजार रुपैयाँ र भारतीय ९ हजार २०० रुपैयाँपनि बरामद गरिएको उनले बताए ।

बरनामद गरिएका सुनचाँदीका गरगहनाहरु पर्सा र बाराका विभिन्न स्थानमा लागेका मेला ,र उत्सव र चाडबाडको भीडभाडबाट चोरी गरेको हुनसक्ने आशंका प्रहरीको छ । प्रहरी नायब उपरीक्षक बस्नेतले भने,' विभिन्न समयमा विभिन्न स्थानबाट चोरी गरिएका गरगहना रहेको आशंका छ । बिलबिजकसहित गहनाधनीहरू प्रहरीमा आए छानबिन गरेर फिर्ता दिन्छौं ।

पक्राउ गरिएका चारैजनाविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली सेना र अमेरिकी सेनाबीचको 'ल्यान्डफोर्स टक' आजबाट सुरू भएको छ। भद्रकालीस्थित सेना मुख्यालयमा छैटौं संस्करणको ल्यान्डफोर्स टक सुरू भएको सेनाले जानकारी दिएको छ। दुई राष्ट्रबीच विश्व शान्ति स्थापना कार्य, मानवीय सहयोग र विपद् प्रतिकार्यलगायतका विषयमा छलफल हुने सेनाको जनम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। कार्यक्रमका दौरान अमेरिकी सेनाका अधिकारीहरूले प्रधानसेनापति अशोक राज सिग्देलसँग ...
: नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले एमसीसी नेपाल कम्प्याक्टका लागि अतिरिक्त ५ मिलियन अमेरिकी डलर सहयोग सुनिश्चित गरेको छ। एमसीसी नेपाल सम्झौतामा अमेरिकाले ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ)को अनुदान रकम थप गर्ने घोषणा गरेको हो। यससँगै उक्त सम्झौताअन्तर्गत उपलब्ध कुल रकम ७४ करोड ७० लाख अमेरिकी डलर ...
: दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी विगु गाउँपालिका– २ देउलाङका २१ वर्षीय आङफुर्वा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। मोटरसाइकल छ्योतछ्योत बस्तीभन्दा माथि ठोङठोङ भीरबाट खसेको मृत्यु भएको प्रहरीले जनाएको छ।
: गृहमन्त्री ओमप्रकाश अर्यालले शीतलहर र हिमपात पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार सिंहदरबारमा आयोजना गरेको कार्ययोजना सम्बन्धी छलफल कार्यक्रममा गृहमन्त्री अर्यालले शीतलहर र हिमपातबाट नागरिकहरूलाई जोगाउनका लागि राष्ट्रिय कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका हुन्। मानवजीवन र सम्पत्तिको सुरक्षा ...
: प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी नहुने दलले अराजकता रोजेको ठहरिने बताएकी छन्। बुधबार प्रधानमन्त्री कार्यालयमा दलहरूसँगको संबादमा प्रधानमन्त्री कार्कीले निर्वाचन प्रक्रियामा सहभागी हुन दलहरूलाई आग्रह गरिन्। 'म सबै दलहरूलाई विनम्र आग्रहका साथै दृढतापूर्वक भन्न चाहन्छु, 'मंसिर १० गतेभित्र अनिवार्य रूपमा निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउनुहोस्। यो समयसीमा ...