मुख्य समाचार
काठमान्डु गोर्खाजलाई २९ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले विजयी सुरुवात
काठमान्डु गोर्खाजलाई २९ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले विजयी सुरुवात

: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको चौथो खेलमा काठमान्डु गोर्खाजलाई २९ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले विजयी सुरुवात गरेको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम निर्धारित २० ओभरमा १४७ रन बनाउँदै अलआउट भएको थियो।


सुदूरपश्चिमले दिएको १४८ रनको विजयी लक्ष्य पछ्याएको काठमान्डु १६.५ ओभरमा ११८ रन बनाउँदै अलआउट भयो।


काठमान्डुका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ३४ रन बनाए। उनले ३० बलमा १ चौका र २ छक्का प्रहार गरे। एकतर्फबाट विकेट गइरहँदा क्रिजमा टिकेर काठमान्डुको इनिङ्स सम्हाल्दै खेलेका थिए।

वेन चार्लेसवर्थ ८ रन बनाउँदै हेमन्त धामीको बलमा क्याच आउट भए। दोस्रो विकेट वान डाउन आएका भीम सार्कीको गयो। उनले १० बलमा १ छक्कासहित १२ रन बनाउँदै हेमन्तको बलमा आरिफ शेखको हातमा क्याच भए।

सन्तोष यादव १ रनमा रनआउट भए। दीपेन्द्र सिंह ऐरीको थ्रोमा विकेटकिपर विनोद भण्डारीले ४.५ ओभरमा सन्तोषलाई रनआउट गराए। काठमान्डुले पावरप्लेमा ३ विकेट गुमाउँदै ५० रन बनाएको हो।

मिलडअर्डरमा भने कुनै पनि ब्याटरले काठमान्डुको लागि टिकेर रन बनाउन सकेनन्।

पावरप्लेपश्चात जोन सिम्पसन र आकाश त्रिपाठीले ४९ रनको साझेदारी गरेका थिए। चौथो विकेट जोन सिम्पसनको विकेट गयो। उनले १८ बलमा २ चौका र १ छक्कासहित २४ रन बनाएका थिए। पाँचौंं विकेटको लागि आकाश त्रिपाठीको विकेट गयो।

आदिल आलम डकआउट हुँदा काठमान्डुको ब्याटिङ धरापमा भएको हो। रासिद खान ६ रनमा स्कट केगुइलिनको बलमा एलबीडब्ल्यू भए। मिलिन्द कुमार ११ रनमा नरेन साउदको बलमा स्कट केगुइलिनको हातमा बाउन्ड्रीमा क्याच भए। अन्तिम विकेटको रूपमा सन्नी पटेल १० रनमा क्याच हुँदा काठमान्डुको इनिङ्स सकिएको हो।

सुदूरपश्चिम रोयल्सकाे लागि बलिङतर्फ हर्मीत सिंह, हेमन्त धामी, स्कट केगुइलिनले २–२ विकेट लिए। इशान पाण्डे, नरेन साउद र अभिनाश बोहोराले १–१ विकेट लिए।

त्यसअघि, ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सका लागि हर्मीत सिंहले सर्वाधिक ५३ रन बनाए। उनले २० बलमा २ चौका र ६ छक्का प्रहार गरे।

सातौं विकेटका लागि दीपेन्द्र सिंह ऐरी र हर्मीत सिंहले ६१ रनको साझेदारी गर्दै टिमलाई १ सयमाथि स्कोरमा पुर्याएका हुन्।

३ ओभरको खेल सकिँदा ४ रनमात्रै जोड्दै ३ विकेट गुमाएको सुदूरका लागि चौथो विकेटको रूपमा इशान पाण्डको विकेट गयो। इशानले ९ बलमा १ चौका र १ छक्कासहित ११ रन बनाए। पाँचौं विकेटको लागि आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले २३ रनको सानो साझेदारी बनाए।

आरिफले व्याक्तिगत २५ रन बनाए। दीपेन्द्र सिंह ऐरीले ३९ रन बनाए। अन्य कुनैपनि ब्याटरको ब्याटबाट दोहोरो रन बनेन। हेमन्त धामी ३ रनमा अविजित हुँदा अभिनाश बोहोरा १ रनमा बोल्ड भएका हुन्।

काठमान्डुका लागि करण केसीले सर्वाधिक ४ विकेट लिए। मिलिन्द कुमार, सन्नी पटेल र रासिद खानले २–२ विकेट लिए।

काठमान्डुले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको थियो। यो काठमान्डुको पहिलो हार हो। बिहीबार एक खेल हुनेछ। जसमा चितवन राइनोज र लुम्बिनी लायन्सले खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम