मुख्य समाचार
काठमान्डु गोर्खाजलाई २९ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले विजयी सुरुवात
काठमान्डु गोर्खाजलाई २९ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले विजयी सुरुवात

: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको चौथो खेलमा काठमान्डु गोर्खाजलाई २९ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले विजयी सुरुवात गरेको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम निर्धारित २० ओभरमा १४७ रन बनाउँदै अलआउट भएको थियो।


सुदूरपश्चिमले दिएको १४८ रनको विजयी लक्ष्य पछ्याएको काठमान्डु १६.५ ओभरमा ११८ रन बनाउँदै अलआउट भयो।


काठमान्डुका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ३४ रन बनाए। उनले ३० बलमा १ चौका र २ छक्का प्रहार गरे। एकतर्फबाट विकेट गइरहँदा क्रिजमा टिकेर काठमान्डुको इनिङ्स सम्हाल्दै खेलेका थिए।

वेन चार्लेसवर्थ ८ रन बनाउँदै हेमन्त धामीको बलमा क्याच आउट भए। दोस्रो विकेट वान डाउन आएका भीम सार्कीको गयो। उनले १० बलमा १ छक्कासहित १२ रन बनाउँदै हेमन्तको बलमा आरिफ शेखको हातमा क्याच भए।

सन्तोष यादव १ रनमा रनआउट भए। दीपेन्द्र सिंह ऐरीको थ्रोमा विकेटकिपर विनोद भण्डारीले ४.५ ओभरमा सन्तोषलाई रनआउट गराए। काठमान्डुले पावरप्लेमा ३ विकेट गुमाउँदै ५० रन बनाएको हो।

मिलडअर्डरमा भने कुनै पनि ब्याटरले काठमान्डुको लागि टिकेर रन बनाउन सकेनन्।

पावरप्लेपश्चात जोन सिम्पसन र आकाश त्रिपाठीले ४९ रनको साझेदारी गरेका थिए। चौथो विकेट जोन सिम्पसनको विकेट गयो। उनले १८ बलमा २ चौका र १ छक्कासहित २४ रन बनाएका थिए। पाँचौंं विकेटको लागि आकाश त्रिपाठीको विकेट गयो।

आदिल आलम डकआउट हुँदा काठमान्डुको ब्याटिङ धरापमा भएको हो। रासिद खान ६ रनमा स्कट केगुइलिनको बलमा एलबीडब्ल्यू भए। मिलिन्द कुमार ११ रनमा नरेन साउदको बलमा स्कट केगुइलिनको हातमा बाउन्ड्रीमा क्याच भए। अन्तिम विकेटको रूपमा सन्नी पटेल १० रनमा क्याच हुँदा काठमान्डुको इनिङ्स सकिएको हो।

सुदूरपश्चिम रोयल्सकाे लागि बलिङतर्फ हर्मीत सिंह, हेमन्त धामी, स्कट केगुइलिनले २–२ विकेट लिए। इशान पाण्डे, नरेन साउद र अभिनाश बोहोराले १–१ विकेट लिए।

त्यसअघि, ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सका लागि हर्मीत सिंहले सर्वाधिक ५३ रन बनाए। उनले २० बलमा २ चौका र ६ छक्का प्रहार गरे।

सातौं विकेटका लागि दीपेन्द्र सिंह ऐरी र हर्मीत सिंहले ६१ रनको साझेदारी गर्दै टिमलाई १ सयमाथि स्कोरमा पुर्याएका हुन्।

३ ओभरको खेल सकिँदा ४ रनमात्रै जोड्दै ३ विकेट गुमाएको सुदूरका लागि चौथो विकेटको रूपमा इशान पाण्डको विकेट गयो। इशानले ९ बलमा १ चौका र १ छक्कासहित ११ रन बनाए। पाँचौं विकेटको लागि आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले २३ रनको सानो साझेदारी बनाए।

आरिफले व्याक्तिगत २५ रन बनाए। दीपेन्द्र सिंह ऐरीले ३९ रन बनाए। अन्य कुनैपनि ब्याटरको ब्याटबाट दोहोरो रन बनेन। हेमन्त धामी ३ रनमा अविजित हुँदा अभिनाश बोहोरा १ रनमा बोल्ड भएका हुन्।

काठमान्डुका लागि करण केसीले सर्वाधिक ४ विकेट लिए। मिलिन्द कुमार, सन्नी पटेल र रासिद खानले २–२ विकेट लिए।

काठमान्डुले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको थियो। यो काठमान्डुको पहिलो हार हो। बिहीबार एक खेल हुनेछ। जसमा चितवन राइनोज र लुम्बिनी लायन्सले खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
: विभागीय टोली नेपाल पुलिस क्लब र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब नवौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । चार टोलीको सहभागिता रहेको प्रतियोगितामा राउन्ड रोविन लिगमा लगातार दोस्रो जित निकाल्दै पुलिस र न्यु डायमन्ड एक खेल अगावै फाइनलमा पुगेका हुन् । बिहीबार भएका दुवै खेलमा पुलिस र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम