। जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार थप एक कैदी पक्राउ परेका छन् ।
पालुङस्थित इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार मकवानपुरको थाहा नगरपालिका–९ बस्नेत टोल निवासी ३२ वर्षीय भूपेन्द्र बस्नेतलाई पक्राउ गरेको हो ।
उनलाई भीमफेदी कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसअघि काभ्रेको भुम्लु गाउँपालिका–३ का २२ वर्षीय विनय तामाङ पनि पक्राउ परेका थिए ।