मुख्य समाचार
एन्फा, ए डिभिजन क्लब र खेलाडी संघसहितको बैठक ७ मंसिरमा फेरि बस्ने
एन्फा, ए डिभिजन क्लब र खेलाडी संघसहितको बैठक ७ मंसिरमा फेरि बस्ने

। अखिल नेपाल फुटबल संघ (एनणफा) र ए डिभिजन क्लबहरुको बैठक सकिएको छ । यही मंसिर ७ गते फुटबल खेलाडी संघसहित फेरी बस्ने गरी बिहीबारको एन्फा र ए डिभिजन लिगका क्ललबहरूको बैठक सकिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

ए डिभिजन क्लबलहरुले बिहीबार बिहान ९ बजे एन्फा गेट अगाडि विभिन्न माग राख्दै धर्नामा उत्रिएका थिए । एन्फाले पनि ए डिभिजन क्लबहरुलाइ बिहीबार बिहान १० बजेका लागि बैठकमा बोलाएको थियो ।
क्लबहरूको धर्नापछि एन्फा मुख्यालयमा एन्फा र ए डिभिजन क्लबबीच बैठक बसेको थियो । जसमा क्लबहरूले यसअघि एन्फा र क्लबहरूबीच भएको सहमति पालना गर्नुपर्ने माग राखेको थियो ।
त्यसपछि मंसिर ७ गते खेलाडी संघलाईसमेत समावेश गरेर लिग बारे छलफल गर्नेगरी बैठक सकिएको हो ।

ए डिभजन क्लबले पूर्व सहमति अनुसार राष्ट्रिय लिग गर्नुपर्ने माग राख्दा खेलाडी संघले क्यालेन्डरमा उल्लेख भएअनुिार पुषबाटै ए डिभिजन लिग गर्नुपर्ने माग राखेको छ ।

यस्तै एन्फा पदाधिकारी, खेलाडी संघ र खेलकुद मन्त्रीसहितको बैठकमा भने चैतमा ए डिभिजन लिग आयोजना गर्ने सहमति भएको थियो । जसले गर्दा लिग नै अन्योल बनेको छ ।

त्यसैले एन्फाले अब तीन पक्षबीच नै बैठक आह्वान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई शृङ्खलामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । बिहीबार राति सम्पन्न खेलमा नेपाल घरेलु टोली नेदरल्यान्डस्ससँग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको १५८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४४.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले अविजित ६१ रन बनाए । नोआ ...
: काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलंकासँग पराजित भएको छ । पाकिस्तानको इस्लामाबादमा भएको खेलमा नेपाल श्रीलंकासँग ३–२ ले पराजित भएको हो । नेपाल श्रीलंकासँग पहिलो, चौथो र पाँचौं सेटमा हार व्यहो¥यो । नेपालले दोस्रो र तेस्रो लगातार २ सेट जित्दा चौथो सेटमा निकै प्रतिस्पर्धात्मक खेलमा हार व्यहोर्‍यो । त्यसपछि पाँचौं सेटमा भने नेपालले ८ ...
: एसियन गेम्स–२०२६ को महिला भलिबल अन्तर्गत नेपालले समूह ‘ए’ मा रहेर खेल्ने भएको छ । जापानमा हुने प्रतियोगितामा नेपालले समूह ‘ए’ मा रहेर जापान र इन्डोनेसियासँग खेल्ने छ । समूह ‘बी’ मा चीन, काजाकिस्तान र फिलिपिन्स रहेका छन् । समूह ‘सी’ मा थाइल्यान्ड, चाइनिज ताइपेइ, कीर्गिस्तान र मंगोलिया रहेका छन् । समूह ‘डी’ मा ...
: आइसीसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृंखलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १५८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। उट्रेचमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४४.४ ओभरमा १५७ रन बनाउँदै अलआउट भयो। आज पनि नेपालको ब्याटिङ चलेन। नेपालका लागि मध्य क्रममा आएका आरिफ शेखले सर्वाधिक ४१ रन बनाए। उनले ९० बलमा ४ ...
: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप क्रिकेट लिग–टुअन्तर्गत नामिबियासँगको खेलमा नेपालको ब्याटिङमै समस्या देखिएको छ। नेदरल्यान्ड्समा मंगलबार भएको विश्वकप क्रिकेट लिग–टुको त्रिकोणात्मक शृंखलाको आफ्नो पहिलोे खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको हो। नेपालले दिएको १ सय ५८ रनको मध्यम लक्ष्य नामिबियाले ३७.४ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो। नामिबियालाई फराकिलो जित दिलाउन जान ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम