मुख्य समाचार
देशको पछिल्लो सुरक्षा अवस्था र त्यसले पार्नसक्ने सम्भावित चुनौतीबारे छलफल
देशको पछिल्लो सुरक्षा अवस्था र त्यसले पार्नसक्ने सम्भावित चुनौतीबारे छलफल

। बिहीबार सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को कार्यालयमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले देशको पछिल्लो सुरक्षा अवस्था र त्यसले पार्नसक्ने सम्भावित चुनौतीबारे छलफल गरेको छ ।

बुधबार र बिहीबार मात्रै बाराको सिमरामा देखिएको जेनजी र नेकपा एमालेबीचको झडप, त्यसबाट उत्पन्न परिस्थित र समग्र देशको पछिल्लो सुरक्षा अवस्थाबारे परिषद्‌मा छलफल भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको अध्क्षतामा बसेको ४१ औं बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्य सचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्दले, रक्षा सचिव सुमनराज अर्याल सहभागी थिए ।

बैठकमा राष्ट्रिय सुरक्षामा आउनसक्ने चुनौती तथा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा देखा परेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभावबारे छलफल भएको रक्षा सचिव अर्यालले बताए ।

यस्ता चुनौतीहरूको सामना गर्न अपनाउनुपर्ने रणनीतिबारे पनि छलफल भएको बताइएको छ ।

त्यस्तै बैठकले परिषद्को आठौं वार्षिक प्रतिवेदनको मस्यौदामाथि समेत छलफल गरेको छ । मस्यौदालाई आवश्यक संशोधनसहित स्वीकृत गरी राष्ट्रपति समक्ष पेश गर्ने निर्णय बैठकले गरेको रक्षा सचिव अर्यालले बताए ।

त्यस्तै निर्वाचनका लागि सेना परिचालन गर्न सरकार समक्ष पेश गर्ने पनि निर्णय बैठकले गरेको छ । बैठकले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि सेना परिचालन गर्न सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

स्वतन्त्र, निश्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन सेना परिचालन गर्न सरकार समक्ष सिफारिस गर्ने निर्णय भएको रक्षा सचिव अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बन्चरेडाँडामा काठमाडौंको फोहोर विसर्जनमा स्थानीयबाट भइरहेको अवरोध हटाउने सहमति भएको छ । सहरी विकासमन्त्री कुलमान घिसिङको पहलमा बुधबार र बिहीबार भएको वार्ताले ११ बुँदे सहमति जुटाएको हो । सहमति जुटेसँगै फोहोरमैला विसर्जनमा भएको अवरोध शुक्रबारबाट खुल्ने भएको छ । सहमति अनुसार सरकारले स्थानीयलाई विगतमा चलाइएका मुद्दा फिर्ता लिने भएको छ । यसका लागि स्थानीय जनतालाई विगतमा ...
। सञ्‍चारमन्त्री जगदीश खरेलले नेपाल टेलिकमको नयाँ बिलिङ प्रणाली ठेक्कामा बाधक नबन्‍ने बताएका छन् । छानबिन समितिको प्रतिवेदन बुझ्‍दै सञ्‍चारमन्त्री खरेलले टेलिकमको आन्तरिक स्वायत्तामा मन्त्रालयले कुनै प्रकारको हस्तक्षेप नगर्ने बताएका हुन् । उनले भने, ‘हामीले प्रतिवेदनमा समावेश गरेका सुझाव र रायलाई सहज कार्यान्वयन गरी टेलिकमको बिलिङ सिष्टमका सामग्रीहरू खरिदका लागि अरु सहज हुन्छ । टेलिकमको बिलिङ सिस्टमको ...
। नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले बिहीबार साँझ काठमाडौंमा मसाल जुलुस निकालेको छ । सरकारले दललाइ निषेध गर्न खोजेको भन्दै अनेरास्ववियुले बिहीबार साँझ काठमाडौंको मीनभवन क्याम्पस बाहिर मसाल जुलुस निकालेको हो । स्वतन्त्र रुपमा राजनीतिक गतिविधि गर्न पाउने सवैको अधिकार भएपनि एमालेको कार्यक्रमलाई केही ठाँउमा निषेध गर्ने प्रयास सरकारबाटै भएको ...
। भारत सरकारले नेपाललाई फेरि १० वटा बेलिब्रिज (प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज) सहयोग उपलब्ध गराएको छ । गतवर्ष असोज अन्तिममा बाढीपहिरोबाट अवरुद्ध भएको सडक सञ्जाललाई जोड्न ३८ करोड मुल्यका १० वटा बेलिब्रिज दिएको भारतले यसवर्ष पनि १० वटा बेलिब्रिज सहयोग गरेको हो । हेटौंडामा आज बिहीवार सडक डिभिजन कार्यालयमा भएको एक कार्यक्रमका बीच नेपालका लागि भारतीय राजदूत नवीन ...
। ६ बुँदे घोषणापत्र जारी गर्दै काठमाडौंमा तीन दिनदेखि जारी अन्तर्राष्ट्रिय कर सम्मेलन २०२५ सम्पन्न भएको छ । विश्वका २० देशका करिब साढे ५ सय कर विज्ञ, व्यवसायी तथा नीति निर्माता सहभागी भएको सम्मेलन बिहीबार सम्पन्न भएको हो । एसिया-ओसियान ट्याक्स कन्सल्टेन्ट्स एसोसिएसन (एओटीसीए) को समन्वयमा हरेक वर्ष आयोजना हुँदै आएको यो सम्मेलन आगामी वर्ष हङकङमा ...