मुख्य समाचार
नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरणका सम्बन्धमा गठित छानबिन समितिले प्रतिवेदन बुझाए
नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरणका सम्बन्धमा गठित छानबिन समितिले प्रतिवेदन बुझाए

: नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरणका सम्बन्धमा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ। छानबिन समितिका संयोजक पूर्वसचिव मणिराम गेलालले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन्।

प्रतिवेदन बुझ्दै मन्त्री खरेलले मन्त्रालयको आन्तरिक प्रयोजनका लागि समिति गठन गरिएको उल्लेख गर्दै प्रतिवेदनका आधारमा नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रिया अवरुद्ध नहुने स्पष्ट पारे। ‘नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रियामा प्रतिवेदन आफैले अवरोध गर्दैन, नेपाल टेलिकम कानूनको परिधिभित्र रहेर निर्णय गर्नका लागि स्वतन्त्र छ’, उनले भने।


मन्त्री खरेलले बिलिङ खरिद प्रक्रियाका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट समेत चासो राख्दै पत्र प्राप्त भएकाले सन्दर्भ सामग्रीका रूपमा अध्ययन प्रतिवेदन तयार पारिएको बताए। आफूले भर्खरै प्रतिवेदन प्राप्त गरेको र अध्ययनको चरणमै रहेको उनको भनाइ थियो। प्रतिवेदनले दिएका सुझावहरु आगामी दिनमा खरिद प्रक्रियाका लागि सहयोगी हुने मन्त्री खरेलले बताए।


छानबिन समितिका संयोजक पूर्वसचिव गेलालले यस अध्ययन प्रतिवेदनले नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रियामा भएका गोप्य बोलपत्र मूल्यांकनलाई प्रभावित नहुने स्पष्ट पारे। ‘हामीले प्रतिवेदनमार्फत नेपाल टेलिकमले प्रतिष्पर्धी बजारमा आफूलाई स्थापित गराउन र सेवाग्राहीका व्यक्तिगत विवरणको गोपनीयता तथा सुरक्षाका सम्बन्धमा केही सुझाव पनि दिएका छौँ’, उनले भने।

पूर्वसचिव गेलाल संयोजक रहेको छानबिन समितिको सदस्यहरुमा सहसचिवत्रय गौरव गिरी, आदेश खड्का र कृष्ण पन्त, दूरसञ्चार प्राधिकरणका उपनिर्देशक प्रदीप पौडेल, नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका प्रबन्धक डा कमल लामिछाने र मन्त्रालयका उपसचिव राजेश थापा थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकको राजीनामा २ महिनापश्चात स्वीकृत भएको छ। प्रदेशसभा सचिवालयले आज सूचना जारी गर्दै सभामुख पाठकले २०८२ असोज १ गते नै राजीनामा दिएको जानकारी गराएको हो । उनले उपसभामुख अप्सरा चापागाईँलाई सम्बोधन गरी पदबाट राजीनामा दिएका थिए। प्रदेश सभा नियमावली २०७४ को नियम १८४ को उपनियम (२) बमोजिम प्रदेश सभा सदस्यहरूको ...
: नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले एमसीसी नेपाल कम्प्याक्टका लागि अतिरिक्त ५ मिलियन अमेरिकी डलर सहयोग सुनिश्चित गरेको छ। एमसीसी नेपाल सम्झौतामा अमेरिकाले ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ)को अनुदान रकम थप गर्ने घोषणा गरेको हो। यससँगै उक्त सम्झौताअन्तर्गत उपलब्ध कुल रकम ७४ करोड ७० लाख अमेरिकी डलर ...
: जेनजीका विभिन्न समूहहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई फिर्ता बोलाउनुपर्ने मागसहित राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापन पत्र बुझाएका छन्। जेनजी आन्दोलनको मर्मअनुसार काम गर्न नसकेको आरोप लगाउँदै २३ वटा जेनजी समूहहरूले प्रधानमन्त्री कार्कीलाई फिर्ता बोलाउन माग गरेका हुन्। प्रधानमन्त्री कार्कीसँग विभिन्न अपेक्षा राखिए पनि त्यो पूरा नभएको उनीहरूको गुनासो छ। 'मुलुकमा भएका ठूला भ्रष्टाचारका प्रकरणमा संलग्नलाई कारबाही, प्रत्यक्ष जन ...
: नेकपा एमालेका नेता महेश बस्नेतले सरकारको निर्देशनमा बारामा एमालेको कार्यक्रम भाँड्ने प्रयास भएको आरोप लगाएका छन्। काठमाडौंमा आयोजना कार्यक्रम बोल्दै बस्नेतले प्रधानमन्त्रीको निर्देशनमा बारामा एमालेको कार्यक्रम भाँड्ने प्रयास भएको आरोप लगाएका हुन्। उनले एमालेलाई जनतामा गएर देशलाई अघि बढाउने अभियान सञ्चालन गर्न कसैले रोक्न नसक्ने जिकिर गरे। बस्नेतले नेता बन्न रहर भए प्रतिस्पर्धाबाट ...
: वीरगन्ज नाका हुँदै नेपाल घुम्न आउने भारतीय पर्यटकको सुरक्षा जाँचलाई व्यवस्थित बनाउन वीरगन्ज नाकाको प्रवेशद्वारमै नेपाल प्रहरी र सशस्त्र प्रहरीको एकीकृत सीमा सुरक्षा बिट निर्माण गर्न थालिएको छ। वीरगन्ज महानगरपालिका-१६ शंकरचार्य प्रवेशद्वार नजिकको मितेरी पुल छेउमा एकीकृत सुरक्षा बिट निर्माण गर्न थालिएको हो। वीरगन्ज नाका हुँदै नेपाल घुम्न आउने भारतीय पर्यटकका सवारीसाधनलाई नाकादेखि पर्साको ...