मुख्य समाचार
सरकार र विभिन्न शक्तिले नक्कली जेनजी परिचालन गरेर राजनीतिक दलका गतिविधिलाई निषेध गर्न खोजेको आरोप
सरकार र विभिन्न शक्तिले नक्कली जेनजी परिचालन गरेर राजनीतिक दलका गतिविधिलाई निषेध गर्न खोजेको आरोप

: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र विभिन्न शक्तिले नक्कली जेनजी परिचालन गरेर राजनीतिक दलका गतिविधिलाई निषेध गर्न खोजेको आरोप लगाएका छन्।


शुक्रबार काठमाडौंमा एमालेको स्वयंसेवी दस्ता नेसनल भोलेन्टियर फोर्स (एनभिएफ)को घोषणा गर्दै ओलीले विभिन्न शक्ति र सरकार पृष्ठभागमा बसेर नक्कली जेनजी परिचालन गरी राजनीतिक दलका गतिविधिलाई निषेध गर्न खोजेको आरोप लगाएका हुन्। अरूको निर्देशन मानेर जनेजीका नाममा उपद्रो मच्चाउन नपाइने उनले बताए।


अध्यक्ष ओलीले सरकारले निर्वाचनको रटान लगाएपनि शान्तिपूर्ण भेला सभा आयोजना गर्ने वातावरणसम्म बनाउन नसकेको जिकिर गरे। सरकार असफल भए देशमा झन् ठुलो विपत्ति हुन्छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति आएको भन्दै ओलीले आपत्ति जनाए।


अध्यक्ष ओलीले देशमा थप विध्वसं मच्चाउने योजना भए सपना नदेख्न सुझाव दिए। उनले संविधानबाट नभई असंवैधानिक बाटोबाट वर्तमान सरकार गठन भएको भन्दै लोकतन्त्रलाई सही बाटोमा फर्काउने उद्घोष गरे।

अध्यक्ष ओलीले १२५ दललाई वार्तामा बोलाएर प्रधानमन्त्रीले एमाले र कांग्रेसको अपमान गरेको जिकिर गरे। त्यस्तै उनले एमालेको महाधिवेशन भाँड्नका लागि विभिन्न प्रयास भइरहेको भन्दै भव्य रूपमा महाधिवेशन गरेर देखाउने बताए।

अध्यक्ष ओलीले नक्कली वामपन्थीलाई एमालेमा कुनै स्थान नभएको समेत स्पष्ट परे। उनले कसैका विरुद्ध नभई हिंसा र अराजकताका विरुद्ध भोलेन्टियर फोर्स गठन गरिएको बताए। फोर्सले एमालेको मात्र होइन एमालेसँग असहमत राख्नेहरूको पनि सुरक्षा गर्ने उनले बताए। कार्यक्रममा राष्ट्रिय युवा सङ्घका पूर्वउपाध्यक्ष पुष्पराज श्रेष्ठको संयोजकत्वमा नेसनल भोलेन्टियर फोर्स केन्द्रीय कमाण्ड घोषणा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— हत्या र यौनहिंसाका तथा सम्पति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ परी थुनामा रहेका रामबहादुर बम्जन थुनामुक्त हुनुपर्ने मागसहित सर्वोच्च पुगेको निवेदनमा पेशी तोकिएको छ । न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासमा पेशी रहेको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा पठाएपछि बम्जन ७३ नम्बर निवेदन लिएर सर्वोच्च आएका हुन् । तल्लो अदालतले ...
— जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका भारत पश्चिम बङ्गाल राज्यको दार्जिलिङका कर्णबहादुर लिम्बूको मृत्यु भएको छ । झापा जिल्ला कारागारका अनुसार उच्च रक्तचापका बिरामी लिम्बूको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
— हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ अतिक्रमण गरेर बनाइएका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा र संरचना हटाउन १५ दिने अल्टिमेटम दिइएको छ । सडकको मध्यभागबाट २५/२५ मिटर दायाँबायाँ बनेका संरचना हटाउन सडक डिभिजन कार्यालय हेटौंडाले शुक्रबार सार्वजनिक सूचना जारी गरेको हो । १५ दिनभित्र रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी ...
: क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काभ्रेको चौरीदेउराली गाउँपालिका-९ घर भएका ललितपुर महानगरपालिका-३ बस्ने २० वर्षीय आसमान विक पक्राउ परेका छन्। उनले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितका उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध ...
— २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा कांग्रेस दिशाहीन देखिएको छ भने एमाले एकसाथ चार बाटोमा अघि बढेको छ । कांग्रेसले अझै चुनावमा जाने कि नजाने निर्णय गर्न सकेको छैन । एमालेले प्रतिनिधिसभा पुनःस्थापना, त्यसका लागि सडक संघर्ष, प्रतिनिधिसभा विघटनविरुद्ध कानुनी लडाइँ लड्ने र निर्वाचनका लागि भित्री तयारी गर्ने गरी एकसाथ चार रणनीति लिएको छ । महाधिवेशनबारे ...