: पाकिस्तानको पञ्जाब प्रान्तको फैसलाबाद शहरमा रहेको एक कारखानामा भएको विस्फोटमा कम्तीमा १५ जनाको मृत्यु भएको उद्धार कार्यमा संलग्न अधिकारीहरूले पुष्टि गरेका छन्।
आपतकालीन सेवाका प्रवक्ता फारुक अहमदले भने,'प्रारम्भिक अनुसन्धानले ग्यास चुहावटका कारण विस्फोट भएको देखाएको छ।'
उनले विस्फोटबाट कारखाना नजिकैका नौ घर प्रभावित भएको बताए। मृत्यु हुनेमध्ये तीन जना कामदार थिए भने बाँकी स्थानीय बासिन्दा भएको विश्वास गरिएको छ।
पञ्जाबका मुख्यमन्त्री मरियम नवाजले पीडित र उनीहरूका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।