मुख्य समाचार
सरकारले लुम्बिनी विकास परिषद्को सदस्य सचिवमा दिपक श्रेष्ठलाई मनोनित गर्ने निर्णय
सरकारले लुम्बिनी विकास परिषद्को सदस्य सचिवमा दिपक श्रेष्ठलाई मनोनित गर्ने निर्णय

: सरकारले लुम्बिनी विकास परिषद्को सदस्य सचिवमा दिपक श्रेष्ठलाई मनोनित गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले परिषद सदस्यमा श्रेष्ठ मनोनित गर्ने निर्णय भएको जानकारी दिए।

यसैगरी बैठकले बंगलादेशको ढाकामा मंसिर १० र ११ गते हुने नेपाल–बंगलादेश ऊर्जा क्षेत्रमा सहकार्य गठन गठित संयुक्त कार्य समूह तथा संयुक्त सञ्चालन समितिको सातौ बैठकमा ऊर्जा मन्त्रालयका सचिव चिरञ्जिवी चटौत नेतृत्वको टोलीलाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ।


बैठकले मंसिर ८ देखि १२ सम्म चीनको ल्हासा शहरमा आयोजना हुने महिला सेमिनामा सहभागी हुन आदिवासी जनजाती आयोगका सदस्य रिना रानालाई स्वीकृत प्रदान गरेको छ ।


नयाँ सम्झौता अनुसार राहदानी जारी नहुँदा सम्मको अन्तरिम अवधिका लागि सात लाख थान विधुतीय राहदानी हालको आपूर्तिकर्ता कम्पनीसँग भेरियसन आदेशबाट खरिद गर्न राहदानी विभागलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको प्रवक्ता खरेलले जानकारी दिए।

बैठकले नेपाली सेनाका एकजना महासेनानीलाई सहायक रथीमा बढुवा र एकजना सहायक रथीलाई उपरथी दर्जामा विशेष बढुवा गर्ने निर्णय गरेको छ। उपभोक्ता अदालत र बाल अदालतको संगठन संरचना दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनयुद्धले उठान गरेका मुद्धाहरू पूरा नभएसम्म शान्ति सम्झौताको कार्यान्वयन सम्भव नहुने बताएका छन्। विस्तृत शान्ति सम्झौता १९ वर्ष पूरा भएको अवसरमा जारी सन्देशमा उनले जनयुद्धले उठान गरेका सामाजिक न्याय, सुशासन, आर्थिक समानता र समृद्धिका मुद्धाहरू पूरा नभएसम्म शान्ति सम्झौता पूरा नहुने बताएका हुन्। ‘जनयुद्धले उठान गरेका सामाजिक न्याय, ...
— ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले मधेशको लाइफलाइन मानिने हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा वर्षौंदेखि निर्माणाधीन पुलको निरीक्षण गरेका छन् । घिसिङले सिरहाका बासिन्दासमेत रहेका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक विजय जैशीलगायतलगायतलाई सँगै लगेर शुक्रबार कमला ...
: नेकपा एमालेले ‘नेसनल भोलेन्टियर फोर्स (एनभीएफ)’ घोषणा गर्नुअघि काठमाडौंमा र्‍याली निकालेको छ । बबरमहल बस स्टपबाट सुरु भएको जुलुस बानेश्वर हुँदै बबरमहलस्थित कार्की बैंकेट पुगेर घोषणा सभामा परिणत भएको छ।null मार्च पासमा एमाले नेता महेश बस्नेत, रामकुमारी झाँक्री, राजीव पहरी, युवा संघका अध्यक्ष क्षितिज थेबेलगायतले नेतृत्व गरेका छन् । एमाले नेता बस्नेतले जेनजीसँगका ...
— पूर्वी नवलपरासीको खजुरीखोला नजिकै सवारी दुर्घटना हुँदा २० जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गको मध्यबिन्दु नगरपालिका–८ मा नारायणगढबाट बुटवलतर्फ यात्रु बोकेर जाँदै गरेको लु २ ख २८४५ नम्बरको बस सडकबाट तल खस्दा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मधु नेपालका अनुसार चालकले नियन्त्रण गुमाउँदा सडकबाट अन्दाजी १० मिटर तल खाडलमा बस खसेको ...
: नेकपा एमालेका नेता महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स पार्टीको स्वयंसेवक र प्रतिरोधी संगठन भएको बताएका छन्। नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा गर्नुअघि काठमाडौंको बबरमहल क्षेत्रमा निकालेको र्‍यालीमा सहभागी बस्नेतले जेनजी आन्दोलनका क्रममा संसद, सर्वोच्च, सिंहदरबार, व्यापारिक प्रतिष्ठान र व्यक्तिका घरमा समेत आगजनीका घटना भएकाले अब मुलुकमा यस्तो अवस्था आउन नदिन पार्टीले स्वयंसेवक र ...