मुख्य समाचार
जनयुद्धले उठान गरेका मुद्धाहरू पूरा नभएसम्म शान्ति सम्झौताको कार्यान्वयन सम्भव नहुने
जनयुद्धले उठान गरेका मुद्धाहरू पूरा नभएसम्म शान्ति सम्झौताको कार्यान्वयन सम्भव नहुने

: नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनयुद्धले उठान गरेका मुद्धाहरू पूरा नभएसम्म शान्ति सम्झौताको कार्यान्वयन सम्भव नहुने बताएका छन्। विस्तृत शान्ति सम्झौता १९ वर्ष पूरा भएको अवसरमा जारी सन्देशमा उनले जनयुद्धले उठान गरेका सामाजिक न्याय, सुशासन, आर्थिक समानता र समृद्धिका मुद्धाहरू पूरा नभएसम्म शान्ति सम्झौता पूरा नहुने बताएका हुन्।

‘जनयुद्धले उठान गरेका सामाजिक न्याय, सुशासन, आर्थिक समानता र समृद्धिका मुद्धाहरू पूरा नभएसम्म शान्ति सम्झौताको सम्पूर्ण कार्यान्वयन सम्भव हुँदैन । शान्ति सम्झौताको जीवित हस्ताक्षरकर्ता म यो प्रक्रियामा विभिन्न रूपमा योगदान पुर्‍याउनु हुने सबै व्यक्तित्वलाई सम्मान व्यक्त गर्दछु ।’ सन्देशमा भनिएको छ‘आज नयाँ एकीकरण र ध्रुवीकरणवाट बनेको नेपाली कम्युनिस्ट पार्टीले शान्ति सम्झौतामा आफ्नो राजनीतिक स्वामित्व र जिम्मेवारी वहन गर्दै बाँकी कार्यभार पूरा गर्न कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’


उनले न्याय, समानता र स्वतन्त्रताका पक्षमा बलिदानीपूर्ण योगदान गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। ‘नेपाली समाजमा युगौँदेखि विद्यमान वर्गीय, जातीय, लैङ्गिक, भाषिक, क्षेत्रीयलगायत सबै प्रकारका उत्पीडनको अन्त्य गर्ने उद्देश्यले अघि बढाइएको महान जनयुद्धलाई संस्थागत गर्ने क्रममा तत्कालिन नेकपा (माओवादी)का अध्यक्ष प्रचण्ड तथा नेपाल सरकारका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबीच वृहत् शान्ति सम्झौता भएको आज १९ वर्ष पुगेको छ ।’ उनले भने, ‘यस अवसरमा न्याय, समानता र स्वतन्त्रताका पक्षमा बलिदानीपूर्ण योगदान गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलीका साथै बेपत्ता योद्धा, घाइते, अपांग तथा वहाँहरुका परिवारप्रति उच्च सम्मान व्यक्त गर्दछु । शान्ति सम्झौताका प्रमुख हस्ताक्षरकर्तामध्ये एक आदरणीय गिरिजाप्रसाद कोइरालालाई विशेष स्मरण र सम्मान व्यक्त गर्दछु ।’


नेपालमा सामन्तवादको अन्त्य गर्दै सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षतासहितको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणमा शान्ति सम्झौताले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको दाबी छ। उनले शान्ति सम्झौताको आत्मा अनुरूप आवश्यक परिमार्जन गर्न सकेमात्र युवाहरूको आकांक्षाको सम्बोधन हुने बताएका छन्।

‘शान्ति सम्झौताको मूल मर्म समानतामूलक, लोककल्याणकारी र भ्रष्टाचारमुक्त समावेशी गणतन्त्रको स्थापना गर्नु हो । अहिले ‘जेन–जी’ युवा पुस्ताले समेत यही मूल्य, भावना र स्पिरिटका साथ आवाज उठाइरहेका छन् । शान्ति सम्झौताको आत्मा अनुरूप शासकीय प्रणाली, शासन सञ्चालन तथा संविधानको आवश्यक परिमार्जन गर्न सके मात्र युवाहरूको आकांक्षाको सम्बोधन हुन सक्छ भन्ने दृढ विश्वास छ ।’प्रचण्डले भने, ‘यस ऐतिहासिक दिनमा, विगतको गम्भीर समीक्षा गर्दै वर्तमान नेपाली समाजमा देखा परेका समस्याहरू समाधान गर्न सबै पक्षको एकताबद्ध प्रयासका लागि म विशेष अपील गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एमाले अध्यक्ष केपी शर्मा ओलीले दलहरुसँग वार्ता गर्ने नाममा सरकारले ‘तमासा’ गरेको आरोप लगएका छन् । एमाले युवाहरुको 'नेसनल भोलेन्टियर्स फोर्स' घोषणा गर्दै ओलीले मुलुकको समस्या समाधान गर्न मुलुकमा शान्ति सुरक्षा स्थापना गर्न उनले आग्रह गरे । ‘वार्तामा १२५ पार्टीहरुलाई बोलाएर कांग्रेस-एमालेलाई अपमान गरिएको छ । वार्ताका नाममा यो तमसा हो,' उनले भने, 'तर हामी ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीबाट आएका नेताहरु रामकुमारी झाँक्री र किसान श्रेष्ठलाई विशेष निर्णय गरी महाधिवेशन प्रतिनिधि बनाइएको बताएका छन् । नेसनल भोलेन्टियर्स फोर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेकपा एसबाट आएकालाई महाधिवेशन प्रतिनिधि बनाएकामा कोही नभड्किन पनि आग्रह गरे । ‘नेकपा एसबाट फर्केर आएका नेताहरुलाई महाधिवेशन प्रतिनिधि हुने विशेष निर्णय गरेका ...
— एमालेले युवाहरुको अर्को संगठन 'नेसनल भोलेन्टियर्स फोर्स' घोषणा गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गरेका छन् । शुक्रबार काठमाडौंको एक ब्यांक्वेटमा आयोजित कार्यक्रममा उनले मुलुकलाई अलोकतान्त्रिक बाटोतिर लान खोजे फोर्सले रोक्ने बताए । ‘देशलाई कसैले अलोकतान्त्रिक बाटोमा लान खोज्छ भने, अराजकता मच्याउन खोज्छ, आगजनी-तोडफोड-राक्षसी राज गर्न खोज्छ भने भोलेन्टियर्सले रोक्नेछ,’ ओलीले भने, ...
: दाङबाट विद्यार्थी लिएर शैक्षिक भ्रमण आएको बस तानसेनमा दुर्घटना भएको छ। दुर्घटनामा ११ जना विद्यार्थी घाइते भएका छन । शुक्रबार बिहान शुक्रबार दाङबाट आएको ना ५ ख १०८९ नम्बरको बस तानसेन नगरपालिका वडा नं. १३ बैकुण्ठे भिरनजिकै दुर्घटना भएको हो । साधारण नमुना मावि राजपुर दाङका विद्यार्थी पाल्पाको रानीमहल भ्रमणका ...
— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्च शिक्षासम्बन्धी कानुन परिवर्तन गर्न विधेयकको मस्यौदा तयार पार्ने काम अघि बढाएको छ । शिक्षामन्त्री महावीर पुनले विधेयक तयार पार्न विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको नेतृत्वमा कार्यदल गठन गरेका छन् । कार्यदलमा पूर्वउपकुलपति केदारभक्त माथेमालगायत विभिन्न विश्वविद्यालयका उपकुलपति सदस्य छन् । सरकारले २०८० पुसमा उच्च शिक्षा विधेयकको एकीकृत विधेयक अघि ...