मुख्य समाचार
अमेरिकी अन्तरिक्ष अध्ययन एजेन्सी (नासा) ले भर्खरै मात्र हाम्रो सौर्य मण्डलमा यात्रा गरिरहेको धुमकेतुका नयाँ तस्विर सार्वजनिक
अमेरिकी अन्तरिक्ष अध्ययन एजेन्सी (नासा) ले भर्खरै मात्र हाम्रो सौर्य मण्डलमा यात्रा गरिरहेको धुमकेतुका नयाँ तस्विर सार्वजनिक

— अमेरिकी अन्तरिक्ष अध्ययन एजेन्सी (नासा) ले भर्खरै मात्र हाम्रो सौर्य मण्डलमा यात्रा गरिरहेको धुमकेतुका नयाँ तस्विर सार्वजनिक गरेको छ ।


यसलाई ‘३आई/एट्लास’ नाम दिइएको छ । केही समयपछि फेरि अर्को सौर्य मण्डलमा जानेछ र कहिल्यै आउने छैन ।

अंग्रेजीमा यसलाई ‘कोमेट’ भनिन्छ । नासाका अनुसार चिसिएर बनेको ग्याँसको ढिक्का, चट्टान र धुलो मिलेर धुमकेतु बन्छ । ‘‘३आई/एट्लास’ को गति र दिशा हेर्दा यो सूर्यको गुरुत्वाकर्षणमा बाँधिएजस्तो देखिदैंन ।

अर्थात्, यो धुमकेतु अर्को कुनै सौर्य मण्डलमा उत्पन्न भएको थियो र घुम्दै–घुम्दै हाम्रो सौर्य मण्डल भए ठाउँ आइपुग्यो । यसको यात्राले अनुसन्धानकर्ताहरुलाई हाम्रो सौर्य मण्डलबाहिरको विषय अध्ययन गर्ने मौका दिएको छ ।

‘यसले धुमकेतुजस्तै व्यवहार गर्छ । सबै प्रमाणहरुले यसलाई धुमकेतु नै भएको देखाएका छन्, ’ नासाका एशोसियट प्रशासक अमित क्षत्रीयले यसको नयाँ तस्विरहरु सार्वजनिक गर्दै भनेका छन् , ‘तर यो हाम्रो सौर्य प्रणाली बाहिरबाट आएको छ । त्यहीकारण यो अनौठो र वैज्ञानिक रुपमा निकै महत्वपूर्ण छ । हो ।’


गत महिना मंगलग्रहमा तथा त्यसनजिक रहेका युरोपियन स्पेस एजेन्सी (इएसए) का दुई स्याटेलाइट र नासाका धेरै अन्तरिक्ष यानहरुले जुम गरेर यसको तस्विर लिएका थिए ।

त्यसबेला यो धुमकेतु मंगलग्रहभन्दा २९ मिलियन किलोमिटरमात्रै पर थियो । वैज्ञानिकहरुले अन्तरिक्षमा यसको गति ६१ किलोमिटर प्रतिसेकेन्डभन्दा छिटो रहेको बताएका थिए । र, सूर्यको नजिक पुग्दा यसको गति थप बढेको देखिन्छ ।



बिहान घाम उदाउनुभन्दा केही मिनेटमात्रै अघि (उषा) कालमा यसलाई आकाशमा देख्न सकिने पनि वैज्ञानिकहरुले बताएका छन् । तर, यसका लागि बाइनोकुलर्स वा टेलिस्कोपको सहारा लिनुपर्छ ।

मध्य डिसेम्बरमा यो धुमकेतु पृथ्वीको सबैभन्दा नजिक २६९ मिलियन किलोमिटर वर आउने वैज्ञानिकहरुले बताएका छन् ।

अहिलेसम्म यसको आकारबारे स्पष्ट भइसकेको छैन ।नासाले यो धुमकेतुको आकार ४ सय ४० मिटरदेखि ५.६ किलोमिटर डायमिटरसम्म हुनसक्ने अनुमान लगाएको छ ।

‘हामी यसबारे अझै स्पष्ट हुनेछौं,’ नासाका वैज्ञानिक थोमस स्टेटलरले भने ।

केही समयअघि मात्रै सामाजिक सञ्जाल एक्समार्फत नासाले यस धुमकेतुले पृथ्वीमा कुनै चुनौती खडा नगर्ने जनाएको छ । नासाका वैज्ञानिकहरुले यो धुमकेतु हाम्रो सौर्य प्रणालीभन्दा पनि पुरानो सौर्य प्रणालीबाट आएको हुनसक्ने अनुमान लगाएका छन् ।

‘यो केवल अर्को सौर्य मण्डलको झल्को मात्रै होइन गहिरो विगत बुझ्ने माध्यम पनि हो । यसले हाम्रो पृथ्वी र सूर्यको निर्माणभन्दा पनि पहिलेको समयको झल्को दिन्छ ।’

हाम्रो सौर्य मण्डलमा अन्यत्रबाट आएर यात्रा गरेका धुमकेतुमध्ये तीनवटालाई मात्रै वैज्ञानिकहरुले पहिचान गर्न सकेका छन् । यसअघि सन् २०१७ मा ओमुवामुवा र सन् २०१९ मा २आई/बोरिसोभलाई वैज्ञानिकहरुले रेकर्ड गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फिलीपिन्सको पालावान प्रान्तस्थित कोरोन क्षेत्र नजिकै समुद्रमा एक यात्रुवाहक फेरीमा भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ,भने ८७ जना यात्रु बेपत्ता भएका छन्। 'एमभी जुनियर एस्टर' नामको उक्त फेरी फिलिपिन्सको राजधानी मनिलाबाट पालावान प्रान्तको पर्यटकीय क्षेत्र कोरोनतर्फ जाँदै गर्दा अचानक आगलागी भएको हो। दुर्घटनाको खबर पाउनेबित्तिकै खटिएका कोस्ट गार्ड र उद्धारकर्ताहरूको टोलीले हालसम्म ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध आगामी नोभेम्बरमा हुने मध्यावधि (मिडटर्म) निर्वाचनलगत्तै समाप्त हुन सक्ने दाबी गरेका छन्। बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरान अब लामो समयसम्म युद्ध जारी राख्ने स्थितिमा नरहेको बताए। त्यसैगरी, निर्वाचन अघिसम्म इन्धनको मूल्य घट्ने सम्भावना नरहेको संकेत पनि उनले गरे। 'मलाई लाग्छ निर्वाचनको लगत्तै युद्ध सकिनेछ, किनभने उनीहरू ...
: पाकिस्तानले 'मक्का रक्षा सम्झौता' का तीन सदस्य राष्ट्रमध्ये कुनै एकमाथि आक्रमण भएमा त्यसलाई तीनै देशमाथिको संयुक्त आक्रमण मानिने स्पष्ट पारेको छ। उक्त प्रावधानका विषयमा कसैलाई पनि कुनै अन्योल नरहन पाकिस्तानले चेतावनी दिएको छ। बीबीसी फारसीलाई उद्धृत गर्दै पाकिस्तानी रक्षा मन्त्री ख्वाजा आसिफले साउदी अरबमाथि यमनका हुथी विद्रोहीहरूले शृङ्खलाबद्ध हमला गरेपछि यो सम्झौता लागू हुन सक्ने ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानेडियन मदिरा, केही दुग्धजन्य पदार्थ र ठूला मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। यस कदमले भन्सार महसुलबाट सुरु भएको व्यापार युद्धलाई अझ उग्र बनाएको छ। दशकौंदेखि आपसमा जोडिएको दुई देशको व्यापारिक सम्बन्धमा यस निर्णयले गम्भीर खटपट ल्याएको छ। यसले सीमाका दुवैतर्फका व्यवसायी तथा उपभोक्ताहरूलाई ठूलो असर पुर्याउने सम्भावना बढाएको छ। यो आयात ...
। इरानको रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) निकट समाचार एजेन्सीहरूले जोर्डनमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा मिसाइल आक्रमण भएको दाबी गरेका छन् । इरानी मिसाइलहरूले पूर्वी जोर्डनस्थित प्रिन्स हसन सैन्य आधार शिविरलाई निशाना बनाएको दाबी छ । इरानी स्रोतहरूले जोर्डनमा भएका मिसाइल आक्रमणको पहिलो चरणसँग सम्बन्धित धेरै भिडियो फुटेज प्रकाशित गरेका छन् । तीमध्ये केही भिडियोमा ‘इरानी मिसाइलहरू ...