मुख्य समाचार
अमेरिकी अन्तरिक्ष अध्ययन एजेन्सी (नासा) ले भर्खरै मात्र हाम्रो सौर्य मण्डलमा यात्रा गरिरहेको धुमकेतुका नयाँ तस्विर सार्वजनिक
अमेरिकी अन्तरिक्ष अध्ययन एजेन्सी (नासा) ले भर्खरै मात्र हाम्रो सौर्य मण्डलमा यात्रा गरिरहेको धुमकेतुका नयाँ तस्विर सार्वजनिक

— अमेरिकी अन्तरिक्ष अध्ययन एजेन्सी (नासा) ले भर्खरै मात्र हाम्रो सौर्य मण्डलमा यात्रा गरिरहेको धुमकेतुका नयाँ तस्विर सार्वजनिक गरेको छ ।


यसलाई ‘३आई/एट्लास’ नाम दिइएको छ । केही समयपछि फेरि अर्को सौर्य मण्डलमा जानेछ र कहिल्यै आउने छैन ।

अंग्रेजीमा यसलाई ‘कोमेट’ भनिन्छ । नासाका अनुसार चिसिएर बनेको ग्याँसको ढिक्का, चट्टान र धुलो मिलेर धुमकेतु बन्छ । ‘‘३आई/एट्लास’ को गति र दिशा हेर्दा यो सूर्यको गुरुत्वाकर्षणमा बाँधिएजस्तो देखिदैंन ।

अर्थात्, यो धुमकेतु अर्को कुनै सौर्य मण्डलमा उत्पन्न भएको थियो र घुम्दै–घुम्दै हाम्रो सौर्य मण्डल भए ठाउँ आइपुग्यो । यसको यात्राले अनुसन्धानकर्ताहरुलाई हाम्रो सौर्य मण्डलबाहिरको विषय अध्ययन गर्ने मौका दिएको छ ।

‘यसले धुमकेतुजस्तै व्यवहार गर्छ । सबै प्रमाणहरुले यसलाई धुमकेतु नै भएको देखाएका छन्, ’ नासाका एशोसियट प्रशासक अमित क्षत्रीयले यसको नयाँ तस्विरहरु सार्वजनिक गर्दै भनेका छन् , ‘तर यो हाम्रो सौर्य प्रणाली बाहिरबाट आएको छ । त्यहीकारण यो अनौठो र वैज्ञानिक रुपमा निकै महत्वपूर्ण छ । हो ।’


गत महिना मंगलग्रहमा तथा त्यसनजिक रहेका युरोपियन स्पेस एजेन्सी (इएसए) का दुई स्याटेलाइट र नासाका धेरै अन्तरिक्ष यानहरुले जुम गरेर यसको तस्विर लिएका थिए ।

त्यसबेला यो धुमकेतु मंगलग्रहभन्दा २९ मिलियन किलोमिटरमात्रै पर थियो । वैज्ञानिकहरुले अन्तरिक्षमा यसको गति ६१ किलोमिटर प्रतिसेकेन्डभन्दा छिटो रहेको बताएका थिए । र, सूर्यको नजिक पुग्दा यसको गति थप बढेको देखिन्छ ।



बिहान घाम उदाउनुभन्दा केही मिनेटमात्रै अघि (उषा) कालमा यसलाई आकाशमा देख्न सकिने पनि वैज्ञानिकहरुले बताएका छन् । तर, यसका लागि बाइनोकुलर्स वा टेलिस्कोपको सहारा लिनुपर्छ ।

मध्य डिसेम्बरमा यो धुमकेतु पृथ्वीको सबैभन्दा नजिक २६९ मिलियन किलोमिटर वर आउने वैज्ञानिकहरुले बताएका छन् ।

अहिलेसम्म यसको आकारबारे स्पष्ट भइसकेको छैन ।नासाले यो धुमकेतुको आकार ४ सय ४० मिटरदेखि ५.६ किलोमिटर डायमिटरसम्म हुनसक्ने अनुमान लगाएको छ ।

‘हामी यसबारे अझै स्पष्ट हुनेछौं,’ नासाका वैज्ञानिक थोमस स्टेटलरले भने ।

केही समयअघि मात्रै सामाजिक सञ्जाल एक्समार्फत नासाले यस धुमकेतुले पृथ्वीमा कुनै चुनौती खडा नगर्ने जनाएको छ । नासाका वैज्ञानिकहरुले यो धुमकेतु हाम्रो सौर्य प्रणालीभन्दा पनि पुरानो सौर्य प्रणालीबाट आएको हुनसक्ने अनुमान लगाएका छन् ।

‘यो केवल अर्को सौर्य मण्डलको झल्को मात्रै होइन गहिरो विगत बुझ्ने माध्यम पनि हो । यसले हाम्रो पृथ्वी र सूर्यको निर्माणभन्दा पनि पहिलेको समयको झल्को दिन्छ ।’

हाम्रो सौर्य मण्डलमा अन्यत्रबाट आएर यात्रा गरेका धुमकेतुमध्ये तीनवटालाई मात्रै वैज्ञानिकहरुले पहिचान गर्न सकेका छन् । यसअघि सन् २०१७ मा ओमुवामुवा र सन् २०१९ मा २आई/बोरिसोभलाई वैज्ञानिकहरुले रेकर्ड गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने ...
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...