मुख्य समाचार
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षालाई लक्षित गरी चारवटै निकायले मंसिर १० देखि देशभर सुरक्षाकर्मी परिचालन गर्ने
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षालाई लक्षित गरी चारवटै निकायले मंसिर १० देखि देशभर सुरक्षाकर्मी परिचालन गर्ने

— आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षालाई लक्षित गरी चारवटै निकायले मंसिर १० देखि देशभर सुरक्षाकर्मी परिचालन गर्ने भएका छन् ।


नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले निर्वाचन सुरक्षा योजनाअन्तर्गत अर्को सातादेखि देशभर आ–आफ्ना जनशक्ति परिचालन गर्न लागेका हुन् । केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय सुरक्षा समितिबाट स्वीकृत एकीकृत निर्वाचन सुरक्षा कार्ययोजना अनुसार चारवटै निकायबाट १० मंसिरदेखि देशभर सुरक्षाकर्मी परिचालन गर्न लागिएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए । यसका लागि एकल र संयुक्त सुरक्षा गस्ती तथा आवश्यकताअनुसार सादा पोसाकमा जनशक्ति तत्‌तत् ठाउँमा परिचालन हुने ती अधिकारीले बताए । २१ फागुनमा १६५ प्रत्यक्ष र १ सय १० समानुपातिक तर्फका प्रतिनिधि सभा सदस्य चयन गर्न निर्वाचन हुँदै छ ।

३० कात्तिकमा गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले २१ फागुनका लागि तय भएको निर्वाचन प्रयोजनार्थ ‘एकीकृत निर्वाचन सुरक्षा कार्ययोजना–२०८२’ स्वीकृत गरेको थियो । निर्वाचनमा सेना, प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान विभागसहित म्यादी प्रहरीलाई पनि एकीकृत सुरक्षा अवधारणाअनुसार खटाउने गरी कार्ययोजना बनेकामा यसलाई अनुमोदनका लागि बैठकले रक्षा मन्त्रालयमार्फत राष्ट्रिय सुरक्षा परिषद्‌मा पठाएको थियो । सुरक्षा समितिबाट स्वीकृत कार्ययोजनालाई बिहीबार प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद बैठकले अनुमोदन गर्दै निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्‌समक्ष सिफारिस गरेको थियो ।

परिषद्को सिफारिसअनुसार सेना परिचालनका लागि निर्णय गर्न शुक्रबार मन्त्रिपरिषद् बैठक बस्दै छ । सेना परिचालनका लागि मन्त्रिपरिषद्‌बाट निर्णय गरी राष्ट्रपतिबाट अनुमोदन हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

केन्द्रीय सुरक्षा समिति बैठकले आसन्न निर्वाचनमा सेनाका करिब ७९ हजार, प्रहरीका करिब ७२ हजार, सशस्त्र प्रहरीका ३३ हजार र म्यादी प्रहरी १ लाख ३० हजार हाराहारीमा परिचालन गर्न स्वीकृति दिएको छ । यसरी आसन्न निर्वाचन सुरक्षामा एकीकृत सुरक्षा कार्ययोजनाअन्तर्गत सवा ३ लाख जनशक्ति परिचालन गर्ने निर्णय भइसकेको छ । सोहीअनुसार सेना परिचालनका लागि निर्णय लिन शुक्रबार मन्त्रिपरिषद् बैठक राखिएको छ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले केन्द्रीय सुरक्षा समिति, राष्ट्रिय सुरक्षा परिषद् र नेपाल सरकार मन्त्रिपरिषद्‍बाट भएको निर्णयअनुसार नै आसन्न निर्वाचन सुरक्षामा सेना परिचालन हुने जानकारी दिए । संविधानको धारा २६७ को उपधारा ४ अनुसार सेना परिचालन गर्न सुरक्षा परिषद्‍बाट स्वीकृत भएको र सोहीअनुसार तयारी भएको उनको भनाइ छ । संविधानको उक्त प्रावधानमा ‘नेपाल सरकारले नेपाली सेनालाई संघीय कानुनबमोजिम विकास निर्माण र विपद् व्यवस्थापनलगायत अन्य कार्यमासमेत परिचालन गर्न सक्ने’ भनिएको छ ।



सेनाका प्रवक्ता बस्नेतले संविधानको यही प्रावधान र निर्वाचन आयोग ऐन–२०७३ अनुसार सेना निर्वाचन सुरक्षामा खटिने बताए ।

प्रहरी र सशस्त्रका अधिकारीहरुले पनि अर्को सातादेखि नियमित शान्तिसुरक्षाबाहेक निर्वाचनकेन्द्रित भएर जनशक्तिलाई परिचालन गर्न लागिएको जानकारी दिए । २३ र २४ भदौको जेन–जी आन्दोलनपछिको विषम परिस्थितिलाई सामान्यतर्फ लैजान सेना, प्रहरी र सशस्त्रले डेढ महिनाअघिबाटै संयुक्त सुरक्षा गस्ती गर्नुका साथै आन्दोलनका क्रममा लुटिएका हतियार, कारागारबाट भागेका कैदीबन्दी नियन्त्रण र उनीहरुका कारण समाजमा उत्पन्न सम्भावित त्रासलाई मध्यनजर गरेर विशेष अपरेसन पनि सुरु गरेका छन् ।

पछिल्लो पटक केन्द्रीय सुरक्षा समितिले अघिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचन–२०७९ लाई आधार मानेर सुरक्षा रणनीति तय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय र मौलिक रहेको बताएका छन् । विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरिएको दिन (५ मंसिर, २०६३) को सन्दर्भ पारेर त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायद्वारा शुक्रबार राजधानीमा आयोजित अन्तरक्रियामा वक्ता रहेका पुनले नेपालको शान्ति प्रक्रियाको अनुभव विश्वभर द्वन्द्व व्यवस्थापनका लागि काम लाग्ने बताए । द्वन्द्वको ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले दलहरुसँग वार्ता गर्ने नाममा सरकारले ‘तमासा’ गरेको आरोप लगएका छन् । एमाले युवाहरुको 'नेसनल भोलेन्टियर्स फोर्स' घोषणा गर्दै ओलीले मुलुकको समस्या समाधान गर्न मुलुकमा शान्ति सुरक्षा स्थापना गर्न उनले आग्रह गरे । ‘वार्तामा १२५ पार्टीहरुलाई बोलाएर कांग्रेस-एमालेलाई अपमान गरिएको छ । वार्ताका नाममा यो तमसा हो,' उनले भने, 'तर हामी ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीबाट आएका नेताहरु रामकुमारी झाँक्री र किसान श्रेष्ठलाई विशेष निर्णय गरी महाधिवेशन प्रतिनिधि बनाइएको बताएका छन् । नेसनल भोलेन्टियर्स फोर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेकपा एसबाट आएकालाई महाधिवेशन प्रतिनिधि बनाएकामा कोही नभड्किन पनि आग्रह गरे । ‘नेकपा एसबाट फर्केर आएका नेताहरुलाई महाधिवेशन प्रतिनिधि हुने विशेष निर्णय गरेका ...
— एमालेले युवाहरुको अर्को संगठन 'नेसनल भोलेन्टियर्स फोर्स' घोषणा गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गरेका छन् । शुक्रबार काठमाडौंको एक ब्यांक्वेटमा आयोजित कार्यक्रममा उनले मुलुकलाई अलोकतान्त्रिक बाटोतिर लान खोजे फोर्सले रोक्ने बताए । ‘देशलाई कसैले अलोकतान्त्रिक बाटोमा लान खोज्छ भने, अराजकता मच्याउन खोज्छ, आगजनी-तोडफोड-राक्षसी राज गर्न खोज्छ भने भोलेन्टियर्सले रोक्नेछ,’ ओलीले भने, ...
: दाङबाट विद्यार्थी लिएर शैक्षिक भ्रमण आएको बस तानसेनमा दुर्घटना भएको छ। दुर्घटनामा ११ जना विद्यार्थी घाइते भएका छन । शुक्रबार बिहान शुक्रबार दाङबाट आएको ना ५ ख १०८९ नम्बरको बस तानसेन नगरपालिका वडा नं. १३ बैकुण्ठे भिरनजिकै दुर्घटना भएको हो । साधारण नमुना मावि राजपुर दाङका विद्यार्थी पाल्पाको रानीमहल भ्रमणका ...